भक्तपुरका अस्पताललाई मास्क हस्तान्तरण
नेपालबहस संवाददाता
जेठ २४, २०७८ मंगलबार १:३५:४३
२४ जेठ,मध्यपुरथिमि । नेपाल मजदूर किसान पार्टीका सचिव प्रेम सुवाल र केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईँले चिनियाँ कम्युनिष्ट पार्टीबाट सहयोग प्राप्त स्वास्थ्य सामग्री भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालका लागि आज हस्तान्तरण गरेका छन् । नगर प्रमुख सुनिल प्रजापतिलाई हस्तान्तरित सामग्रीमा १५ हजार थान एन ९५ मास्क र रु एक करोड १५ लाख बराबरको पाँच थान हाइड्रोजन अक्सिजन जेनेरेटर छन् ।
सो अवसरमा पूर्वसांसद सुवालले चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको १०० वर्ष पुगेका अवसरमा चीनले नेपालका राजनीतिक दलसँग कोभिड रोकथाममा सहकार्य गर्ने विषयमा अनलाइन छलफल भएको अवगत गराउँदै ती सामग्री नेपालका विभिन्न जिल्लाका सरकारी तथा सामुदायिक अस्पतालमा पु¥याइने जानकारी दिए ।
चिनियाँ कम्युनिष्ट पार्टीबाट प्राप्त एन ९५ मास्क भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, शहीद धर्मभक्त मानव अङ्ग अस्पताल र धुलिखेल अस्पताललाई पाँचपाँच हजार तथा चाँगुनारायण नगर अस्पताल, मध्यपुरथिमिको नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल र सूर्यविनायक नगर अस्पताललाई दुईदुई हजार थान वितरण गरिने वाग्मती प्रदेशसभा सदस्य सदस्य गोसाईँले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
गढीमाई मेला भब्य र सभ्य बनाउन मास्टर प्लान बनाईएको छ: नगरप्रमुख उपेन्द्र यादव
मंसिर १२, २०८१ बुधबार
एलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
पूर्वराजा शाह अर्को साता नेपालगञ्ज भ्रमणमा
मंसिर १२, २०८१ बुधबार
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
मंसिर १२, २०८१ बुधबार
काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो
मंसिर १२, २०८१ बुधबार