टेली मेडिसिन सेन्टरबाट कोभिड तथा नन-कोभिड बिरामीहरुलाइ दैनिक परामर्श सेवा
नेपालबहस संवाददाता
जेठ २४, २०७८ मंगलबार ३:४६:४१
२४ जेठ, काठमाडौं । कोरोना महामारीमा टेली मेडिसिन सेन्टरबाट कोभिड तथा ननकोभिड बिरामीहरुलाइ दैनिक परामर्श सेवा प्रदान गरिएको छ ।हाल नयां भेरियण्टको कोभिड-१९ महामारीको संक्रमण तीव्र रुपमा वढि रहेको सन्दर्भमा उक्त संक्रमण रोकथाम तथा नियन्त्रणका लागि “सम्पूर्ण नेपालीको जीवन रक्षाको लागि हामी एक हौं” भन्ने अभियानमा नेपाल चेम्वर अफ कमर्स तथा नेपाल चिकित्सक संघबाट २०७८-२-१६ देखि टेली मेडिसिन सेन्टर बाट परामर्श सेवाको शुभारम्भ गरिएको हो ।
यस सेवाबाट स्वदेश तथा बिदेशका गरी कोभिड तथा ननकोभिड बिरामीहरुले दैनिक रुपमा ३०० जनाले परामर्श सेवा प्राप्त गरेका छन् । टेलिमेडिसिन सेन्टरको लागि नेपाल चेम्वर अफ कमर्सले मुख्य प्रायोजन गरेको छ ।
नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले दैनिक रुपमा ३०० जनाले सेवा प्राप्त गरेको बताउनु हुंदै आगामी दिनमा अन्य बिरामीहरुले पनि यस सेवा बाट परामर्श प्राप्त गर्न सक्ने र अस्पतालमा जान असमर्थ बिरामीहरुले यस सेवाबाट लाभान्वित हुने बताए ।
यस केन्द्र संचालनका लागि साल्ट टे«डिङ्ग कर्पोरेशन तथा ईश्वरलाल प्रतिष्ठानको पनि सह प्रायोजन रहेको छ । यस केन्द्रबाट सेवा लिन इच्छुक व्यक्तीहरुले “Mero Doctor” App down load गर्न सकिने र उक्त एप कसरी प्रयोग गर्ने सम्वन्धमा www.merodoctor.com/help मा गई यस वारे आवश्यक जानकारी प्राप्त गर्ने व्यवस्था रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
मंसिर ४, २०८१ मंगलबार
नेपाली यू-१९ टिम कर्नाटकासँग पराजित, सिरिज २-२ को बराबरी
मंसिर ४, २०८१ मंगलबार
करिब १७ सय १७ किलो गाँजासहित एक जना पक्राउ
मंसिर ४, २०८१ मंगलबार
युक्रेनमा पुनः रूसी हमला एक जना बालकसहित सात जनाको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
कर बक्यौतामा चुक्यो आन्तरिक राजश्व, विवादित रकम १ खर्ब २३ अर्ब ८० करोडमाथि
मंसिर ४, २०८१ मंगलबार
राष्ट्र बैंकको दावीः औसत मूल्यवृद्धि ४.८२ प्रतिशत, तलब र ज्याला ३.३६ प्रतिशतले बढ्यो
मंसिर ४, २०८१ मंगलबार