कोरोना खोप एक दिन एक उमेर समूहलाई मात्र
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_q7JcPhruJc.jpeg
)
नेपालबहस संवाददाता
जेठ २५, २०७८ मंगलबार १६:१०:१७
![](https://nepalbahas.prixacdn.net/media/albums/corona-khop-1_R6TN63TeZG.jpg)
२५ जेठ,काठमाडौं । काठमाडौँ महानगरपालिकाले एक दिन एक उमेर समूहलाई मात्र खोप दिने भएको छ । महानगरपालिकाले कोरोना महामारीलाई ध्यान दिदै एक दिन एक उमेर समूहलाई मात्र खोप दिन लागेको हो ।
महानगरपालिकाले आज ६४ वर्ष उमेरका व्यक्तिलाई कोभिड –१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा दिने तयारी गरेको छ । खोप लगाउने कार्य बिहान १० बजेदेखि कामपाका ३२ वटै वडामा केन्द्र तयार गरिएको छ । चौँसठ्ठी वर्ष उमेर पुगेका नागरिकले आफूलाई पायक पर्ने केन्द्रमा पुगी खोप लगाउन सकिने बताइएको छ । खोप लगाउन जाँदा उमेर खुलेको फोटो भएको सरकारी कागज लिएर जानु पर्नेछ । यदि यसप्रकारको कागज नभए वडासँग सम्पर्क गरेर सिफारिस लिएर जानुपर्नेछ ।
कामपाले खोप कार्यक्रममा भीड कम गराउन एउटा उमेर समूहका व्यक्तिलाई एक दिन खोप दिने कार्यक्रम तय गरेको हो । सहरी स्वास्थ्य विभागले सार्वजनिक सूचना प्रकाशन गर्दै आज ६४ वर्ष उमेर समूहलाई, जेठ २६ गते ६३ वर्षका लागि, जेठ २७ गते ६२ वर्षका लागि, जेठ २८ गते ६१ वर्षका लागि र जेठ २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप लगाउन तालिका सार्वजनिक गरेको छ ।
यसअघि कोभिडको संक्रमण भइसकेको भए एक महिना पूरा भए मात्र खोप लगाउन, तोकेका दिनमा मात्र खोप लगाउन र पहिलो मात्राका लागि मात्र खोप केन्द्रमा जान सूचनामा भनिएको छ ।
सरकारले कोभिड विरुद्धको खोप कार्यक्रमअन्तर्गत पहिलो पटक महामारी नियन्त्रणका लागि अग्रपङ्क्तिमा खटिने पेशाकर्मी, दीर्घरोगी आदिलाई प्राथमिकताका आधारमा समूह विभाजन गरेर खोप दिँदै आएको छ । यसक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, शिक्षक, प्राध्यापक, सार्वजनिक सवारी चालक र सहचालकसहित ६५ वर्षदेखि माथिल्लो उमेर समूहका र १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका नागरिकलाई खोप दिएको थियो ।
यसअघि यही जेठ २ गतेदेखि चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाइएको थियो । जेठ ११ गतेसम्म वडास्तरमा केन्द्र स्थापना गरेर चलाइएको खोप कार्यक्रमबाट करिब एक लाख नागरिक लाभान्वित भएका थिए ।
प्रत्येक वडामा एउटा खोप केन्द्रको व्यवस्था गरिएको छ । वडा नं १ मा नन्दी रात्रि स्कुल नक्साल, २ मा वडा कार्यालय लाजिम्पाट, ३ मा वडा कार्यालय महाराजगञ्ज कान्ति सांस्कृतिक केन्द्र, ४ मा वडा कार्यालय बालुवाटार, ५ मा वडा कार्यालय हाँडीगाउँ, ६ मा महेन्द्र बौद्ध उच्च माध्यमिक विद्यालय बौद्ध, ७ मा वडा कार्यालय मित्रपार्क चावहिल, ८ मा गोल्डेन लाइट पार्टी प्यालेस जय बागेश्वरी, ९ मा अनुपम फुडल्याण्ड बत्तीस पुतली, १० मा म्याक डोनाल्ड पार्टी प्यालेस मध्यबानेश्वर, ११ मा विश्व निकेतन उच्च माध्यमिक विद्यालय त्रिपुरेश्वर, १२ मा बुद्ध माई अस्पताल टेकु रहेका छन् ।
त्यसैगरी वडा नं १३ मा जनप्रभात माध्यमिक विद्यालय कालीमाटी, १४ मा वडा कार्यालय भुवनेश्वरी कलङ्की, १५ मा भुइँखेल चौर स्वयम्भू, १६ मा बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र, १७ मा पब्लिक युथ क्याम्पस धोवीचौर, १८ मा पुष्पलाल पार्क, १९ मा वडा कार्यालय परिसर, २० मा शान्ति निकुञ्ज माध्यमिक विद्यालय, २१ मा सामुदायिक शहरी स्वास्थ्य क्लिनिक, २२ मा वडा कार्यालय टेवहाल, २३ मा नव आदर्श विद्यालय वसन्तपुर, २४ मा इतुमबहाल, तारणीबहाल, २५ मा कन्या मन्दिर माध्यमिक विद्यालय छत्रपाटी, २६ मा वडा कार्यालय परिसर २७ मा महाबौद्ध चोक, २८ मा कार्यालय परिसर, २९ मा विजय स्मारक माध्यमिक विद्यालय, ३० मा सामुदायिक शहरी स्वास्थ्य क्लिनिक, ३१ मा इपियस स्कूल, मीनभवन, र वडा नं ३२ मा वडा कार्यालय परिसर तयार गरिएको छ । तोकिएका खोप केन्द्रबारे थप जानकारी आवश्यक परे कामपाको हटलाइन नम्बर ११८० मा फोन गर्न पनि आग्रह गरिएको छ । खोप कार्यक्रम आगामी २९ गतेसम्म सञ्चालन हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशसभाः विधेयक छलफलका लागि समितिमा पठाइयो
माघ २६, २०८१ शनिबार
बागमती प्रदेशसभा : अत्यावश्यक योजना समयमै निर्माण गर्न माग
माघ २४, २०८१ बिहिबार
बागमती प्रदेशसभाको बैठक : चार विधेयक प्रस्तुत
माघ २३, २०८१ बुधबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार