बागलुङ नगरभित्रका ग्रामीण सडक धमाधम कालोपत्र हुँदै
नेपालबहस संवाददाता
जेठ २५, २०७८ मंगलबार १६:२४:५१
२५ जेठ,गलकोट । बागलुङ नगरपालिका भित्रका ग्रामीण सडक धमाधम कालोपत्र र मर्मत भईरहेका छन् । कोरोना कहर साथै निषेधाज्ञाको समयमा पनि नगरपालिकाले सडक कालोपत्र गरिरहेको छ ।
असार मसान्तभित्र नगरपालिकाको झण्डै १० किलोमिटर जीर्ण सडक कालोपत्र तथा मर्मत गर्ने नगरपालिकाले जनाएको छ । बागलुङ बजारलाई खाल्डाखुल्डीमुक्त गराउने अभियानअन्तर्गत अहिले पुराना तथा कालोपत्र उप्किएका, खाल्डाखुल्डी परेका तथा बाढीपहिराले बिगारेको सडक कालोपत्रको योजना छ । अहिले बागलुङ बजारको पुरानो अदालत रोडबाट कृषि विकास बैंक हुँदै गोदाम घरसम्मको सडक कालोपत्र सम्पन्न भइसकेको छ । कोरोना कहरमा मजदुरलाई एकै स्थानमा राखी स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सडक कालोपत्र गरिरहेको नगरपालिकाका इञ्जीनियर गौरव शर्माले बताए ।
अहिले एक किलोमिटरभन्दा बढी सडक कालोपत्र भइरहको र जेठ मसान्तभित्र पाँच किलोमिटर र असार मसान्तभित्र १० किलोमिटर सडक कालोपत्र गरिने इञ्जीनियर शर्माको भनाइ छ । बागलुङ नगरभित्रको जीर्ण सडक कालोपत्र तथा मर्मत शीर्षकमा सडक बोर्ड तथा बागलुङ नगरपालिकाको साझेदारीमा सडक कालोपत्रको काम भइरहेको छ । चार वर्षअघि बागलुङ नगर खानेपानीको आयोजना विस्तारका क्रममा बनेका खाल्डाखुल्डीले बजार कुरुप बन्दै आएको थियो । असार मसान्तसम्म मुख्य सडकका खाल्डाखुल्डी मर्मत भइसक्ने नगरपालिकाको भनाइ छ । रु एक करोड ३८ लाखको लागतमा ९।२५ किलोमिटर सडक कालोपत्र, खालटाखुल्डी मर्मत गर्ने योजना छ ।
आरएस निर्माण सेवाले सडक बोर्डको रु ९२ लाख र बागलुङ नगरपालिकाको रु ४६ लाख लागतमा कालोपत्रको काम गरिरहेको छ । उक्त रकमबाट बागलुङ बजारको देउराली चोक, तीनतलेबाट धारपानीसम्म, पुरानो वन कार्यालयबाट बुद्धचोक हुँदै पेन्सन क्याम्पसम्म, कुडुँलेको तिरुपती चोक हुँदै ठुलस्वारासम्मको सडक र पुरानो वन कार्यालयबाट बागलुङ एफएमसम्मको सडक कालोपत्र हुनेछ ।
यस योजना कार्यान्वयन भए बागलुङ बजारका सबै मुख्य सडक असार मसान्तभित्र कालोपत्र भइसक्नेछन् । बागलुङ बजारको हुलाकचोकबाट जिल्ला अदालत हुँदै रुद्रेपिपलसम्मको सडक भने सघन शहरी पूर्वाधार विकास आयोजनाले सडक कालोपत्र गर्न पूर्वाधार निर्माण गरे पनि सडक कालोपत्र भएको छैन । नगरपालिकामा धेरै पहिले कालोपत्र भएका तर अहिले निकै जीर्ण भएको सडक अहिलेको प्राथमिकतामा परेको र १० किलोमिटर सडक कालोपत्र र मर्मत हुनासाथ अधिकांश बागलुङ बजारका सडक कालोपत्र र खाल्डाखुल्डीमुक्त भइसक्ने नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए ।
“गत वर्ष कोरोनामा धेरै विकासे आयोजना प्रभावित बने तर अहिले सरकारले निर्माणको काम नरोक्ने भनेका कारण स्वास्थ्य सुरक्षा अपनाएर विकास निर्माण भइरहेको छ” नगरप्रमुख पौडेलले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार
एनपीएल उद्घाटन खेल जारी, बलिङ गर्दै जनकपुर
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार