टोखाका दुई अस्पतालमा भेरोसेल खोप उपलब्ध हुने
नेपालबहस संवाददाता
जेठ २५, २०७८ मंगलबार १७:४१:१९
२५ जेठ,काठमाडौं । टोखा नगरपालिकाले दुई अस्पतालबाट कोभिड–१९ विरुद्धको चिनियाँ भेरोसेल खोप उपलब्ध गराउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष पहलमा चीन सरकारले उपलब्ध गराएको १० लाख डोज कोरोना खोप ६० वर्षदेखि ६४ वर्ष उमेर समूहलाई लगाउने सरकारले घोषणा गरेसँगै टोखाले पनि दुई अस्पतालबाट खोप उपलब्ध गराउन लागेको हो ।
नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले आजदेखि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी र अल नेपाल अस्पताल सामाखुशीबाट बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप उपलब्ध गराउन लागेको जानकारी दिए ।
टोखाले कोरोना खोपका लागि अनलाइन फारम भरेका नागरिकलाई मोबाइलबाट म्यासेज पठाउने र खोपका लागि उपस्थित हुनका लागि सूचना दिने तथा फारम नभरेका नागरिकलाई नागरिकतासहित दिउँसो २ बजे नजिकको खोप केन्द्रमा उपस्थित हुन आग्रहसमेत गरेको छ ।
टोखाले ६० वर्ष उमेर समूहलाई जेठ २५, ६१ वर्ष उमेर समूहलाई जेठ २६, ६२ वर्ष उमेर समूहलाई जेठ २७, ६३ वर्ष उमेर समूहलाई जेठ २८ र ६४ वर्ष उमेर समूहलाई जेठ २९ गते खोप उपलब्ध गराउने जनाएको छ । विसं २०१३ असार १ देखि २०१८ असार मसान्तभित्र जन्मिएका जो कोहीलाई खोप उपलब्ध गराउने उपप्रमुख डङ्गोलले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
शे–फोक्सुण्डो तालमा पर्यटकको आगमन जारी
मंसिर १२, २०८१ बुधबार
विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
दुर्गा प्रसाईंको मुद्दामा आज बयान र बहस हुने
मंसिर १२, २०८१ बुधबार
गुल्मीमा धान उत्पादन बढ्यो
मंसिर १२, २०८१ बुधबार
रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी
मंसिर १२, २०८१ बुधबार
एआर रहमानको सम्बन्धविच्छेदमा मोहिनीको हात, यसबारे के भन्छिन् उनी ?
मंसिर १२, २०८१ बुधबार