निषेधाज्ञा सकिएपछि जोर–विजोर लागु गर्ने सरकारको तयारी
नेपालबहस संवाददाता
जेठ २६, २०७८ बुधबार १८:२२:१६
२६ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण घट्न थालेपछि निषेधाज्ञा खुकुलो बनाउने गरी गृह मन्त्रालयले छलफल सुरु गरेको छ । मंगलबार काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीसँग छलफल गर्दै मन्त्रालयले निषेधाज्ञा खुकुलो बनाउने गृहकार्य थालेको हो ।
जेठ मसान्तमा निषेधाज्ञा सकिएपछि जोर–विजोर लगाउनेबारे पनि छलफल भएको छ । सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाउने तर निजीको हकमा भने जोर विजोर गराउनेबारे पनि परामर्श भइरहेको छ ।
यद्यपि तत्काल सार्वजनिक सवारी चाहिँ चल्न दिनु नहुने तीनै जिल्लाका प्रमुखको निष्कर्ष छ । निषेधाज्ञाको मोडालिटीको विषयमा २९ जेठमा निर्णय हुने समेत बताइएको छ । निषेधाज्ञा उलङ्घन गर्दै यही २० गतेदेखि भने मुलुकभर नै मानिसको चहलपहल बढेको पाइएको छ । यातायातका साधनसमेत बाक्लिएका छन् ।
जनस्वास्थ्यविद्हरुले भने अहिले नै लपरवाही नगर्न चेतावनी दिँदै आएका छन् । जोखिम कायमै रहेकाले अझै एक महिना विशेष ध्यान दिनुपर्ने स्वास्थ्य तथा जनङ्ख्या मन्त्रालकले जनाएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
राष्ट्र बैंकको दावीः औसत मूल्यवृद्धि ४.८२ प्रतिशत, तलब र ज्याला ३.३६ प्रतिशतले बढ्यो
मंसिर ४, २०८१ मंगलबार
एक महिनाभित्रै औषधिको मूल्य समायोजन गर्छौँः मन्त्री पौडेल
मंसिर ४, २०८१ मंगलबार
तीन महिनाको रेमिट्यान्स ४ खर्ब ७ अर्ब, असोजमा मात्रै आयो १ खर्ब ४४ अर्ब
मंसिर ४, २०८१ मंगलबार
पर्यटकीय गन्तव्य बन्दै दाङको धारापानी
मंसिर ४, २०८१ मंगलबार
दुर्गा प्रसाईंलाई साइबर क्राइम, कागजात किर्ते र मानहानी कसुरमा मुद्दा चलाइने
मंसिर ४, २०८१ मंगलबार