कोरोनाबाट कञ्चनपुरमा १७६ को मृत्यु
नेपालबहस संवाददाता
जेठ २६, २०७८ बुधबार १६:५८:५३
२६ जेठ,कञ्चनपुर । दोस्रो चरणको कोरोना भाइरसको संक्रमणबाट कञ्चनपुरमा हालसम्म डेढ सय बढी जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार जेठ अन्तिम सातासम्म १७६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा महिलाभन्दा पुरुष दोब्बर छन् । मृत्यु हुनेमा पुरुष १२२ र महिला ५४ छन् ।
स्थानीय तहअनुसार भीमदत्त नगरपालिकामा सबैभन्दा बढी ९७ र लालझाडी गाउँपालिकामा सबैभन्दा कम एक जनाको मात्रै मृत्यु भएको छ । भीमदत्तपछि वेदकोट नगरपालिकामा १६, दोधारा चाँदनीमा १४, बेलौरीमा १३, कृष्णपुरमा ११, शुक्लाफाँटामा १०, पुनर्वासमा सात र बेलडाँडी गाउँपालिकामा चार जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालयका अधिकारीहरुका अनुसार ज्यान गुमाउने सबैभन्दा बढी बाह्मण थरका व्यक्ति छन् । मृत्यु हुनेमा अन्यको तुलनामा जनजाति र दलित समुदायका कम छन् । अधिकांश जनजाति समुदाय बस्ने लालझाडीमा एक जनाको मात्रै मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार पिसिआर परीक्षणबाट पाँच हजार ११ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये तीन हजार ३५९ पुरुष र एक हजार ६५२ महिला छन् । पीसीआरबाट कोरोना देखिएकामध्ये हाल ३८५ सक्रिय संक्रमित छन् । अन्य सबै उपचारपछि घर फर्किएका छन् ।
स्थानीय तहअनुसार पीसीआर परीक्षणबाट भीमदत्तमा सबैभन्दा बढी दुई हजार २८८ जनामा कोरोना देखिएको छ । त्यसपछि वेदकोटमा ५६१, शुक्लाफाँटामा ४४८, बेलौरीमा ४३९, कृष्णपुरमा ४३५, पुनर्वासमा ३२९, दोधारा चाँदनीमा १४९, बेलडाँडीमा ९५ र लालझाडीमा ६७ जनामा सङ्क्रमण देखिएको छ । एन्टिजेन परीक्षणबाट दुई हजार २२० जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये हाल २२६ सक्रिय संक्रमित छन् ।
एन्टिजेन परीक्षणबाट भीमदत्तमा ५८३, दोधारा चाँदनीमा ३५७, वेदकोटमा १०६, शुक्लाफाँटामा ५४, कृष्णपुरमा ८७, पुनर्वासमा ३०३, बेलौरीमा ९६ र बेलडाँडीमा ४६ जनामा संक्रमण देखिएको छ । पश्चिमी सीमानाका गड्डाचौकीमा गरिएको परीक्षणमा ५४० जनामा कोरोनाको संक्रमण देखिएको छ । गड्डाचौकीमा भारतबाट फर्किने व्यक्तिको एन्टिजेन परीक्षण गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार