भर्खरै मुटुको अपरेशन गरेका युवा नेता शाही जोखिम मोलेर सामाजिक कार्यमा सक्रिय

नेपालबहस संवाददाता
जेठ २६, २०७८ बुधबार १८:४९:५२

२६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरुले निषेधाज्ञाको कारण समस्यामा परेका नागरिकहरुलाई भोकै पर्न नदिन काठमाडौं नयाँ बसपार्क, माछापोखरीमा निःशुल्क रुपमा बिहान र साँझको खाना वितरण अभियान सुरु गरेका छन् ।
भर्खरै मात्रै हृदयघातको अपरेशनपछि स्वास्थ्य सुधारउन्मुख रहेका नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाही तथा ऋषि कोइराला, सुमन गिरि, सुवास कट्टेल लगायतका युवा नेताहरुको सक्रियतामा निःशुल्क खाना वितरण गरिएको छ।
पहिलो लहरको कोभिड रोकथाम तथा नियन्त्रणका लागी गरिएको लकडाउनका बेलामा पनि काठमाडौं, कर्णाली र देशका विभिन्न क्षेत्रमा समस्यामा परेका नागरिकलाई राहत तथा उद्धारमा लागेका नेता शाहीलाई गत फागुन महिनामा हृदयघात भएपछि अस्पतालमा भर्ना गरी केही महिना उपचार गरिएको थियो ।
केही महिना हिँडडुल नगरी आराम गर्ने डाक्टरको सल्लाह भएपनि आफ्नो स्वास्थ्यको प्रवाह नगरि नेता शाही अहिले काठमाडौं अलपत्र तथा समस्यामा परेका नागरिकको उद्धार तथा राहतमा व्यस्त भएका छन् ।
काठमाडौं बसोबास गर्ने तर लकडाउनका कारण समस्या परेका नागरिकहरुलाई निःशुल्क खाना अभियानको आज छैटौं दिन पुगेको छ । कांग्रेस युवा नेता शाहीले भने, “सेवा नै धर्म हो ।” मानवियता, सामाजिक उत्तरदायित्व र सहयोगी भावना राखेर हामी केही युवा साथीहरुको पहलमा यही जेठ २१ गतेबाट सुरु गरिएको यो अभियान अन्तर्गत आजसम्म बिहान र साँझ गरि २५ सय भन्दा बढी ब्यक्तिहरुलाई निःशुल्क रुपमा खाना वितरण गरिएको शाहीले नेपालबहस डटकमलाई जानकारी दिएका छन् । निषेधाज्ञाको कारण समस्यामा पर्नु भएका महानुभावहरुलाई भोकै पर्न नदिन काठमाडौं नयाँ बसपार्क, माछापोखरीमा निःशुल्क रुपमा बिहान र साँझ खान वितरण सुरु गरिएको नेता शाहीले बताए।
नेपाल तरुण दलका महासचिव समेत रहेका यूवा नेता शाहीले भने, “राष्ट्रिय संकट र महामारीमा राजनीतिक दलहरु र सामाजिक अगुवाहरु घरमा सुतेर बस्नु दुःखद बिषय हो ।” वास्तवमा सरकार, राज्य, पार्टीहरु, नेताहरु, नागरिक अगुवाहरु चाहिने भनेकै जनतालाई दुख, पीडा र अप्ठ्यारो पर्दा नै हो तर अहिले कोरोना महामारीमा नेपाली नागरिकहरु हस्पिटलमा छटपटाई रहँदा जिम्मेवार पक्षहरु रमिता हेरेर बस्नु दुर्भग्य भएको उनले बताए ।
बीपी स्टडी युथ सर्कल बागमती प्रदेश अध्यक्ष सुमन गिरि र नुवाकोट अध्यक्ष सुवास पुरीको विशेष संयोजनमा नेपाली कांग्रेसका प्रभावशाली युवा नेता शाही अनि बीपी युथ सर्कलका केन्द्रीय अध्यक्ष ऋषि कोइरला लगायतले सुरु गरेको यो निःशुल्क खाना वितरण अभियान निषेधाज्ञा अवधिभर जारी रहने जनाइएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशिक्षामन्त्री भट्टराई चार दिनदेखि अस्पतालमा भर्ना, क्षयरोगको आशंका
फागुन १३, २०८१ मंगलबार
पूर्व राजा ज्ञानेन्द्र शाह स्याङ्जामा
फागुन १३, २०८१ मंगलबार
महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा प्रभातफेरी
फागुन १२, २०८१ सोमबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
आन्दोलनको कार्ययोजना बनाउन एकीकृत समाजवादीले बनायो कार्यदल
फागुन १४, २०८१ बुधबार
नेपालविरुद्ध म्यानमारले लियो २–० गोलको अग्रता
फागुन १४, २०८१ बुधबार
भारतीय केरा आयातले नेपालमा उत्पादित केराको बजार प्रभावित
फागुन १४, २०८१ बुधबार
भद्रपुर झापा गोल्डकप : झापा–११ फाइनलमा प्रवेश
फागुन १४, २०८१ बुधबार
राजदूत नेपालद्वारा स्पेनका राजासमक्ष ओहदाको प्रमाणपत्र पेस
फागुन १४, २०८१ बुधबार
पाल्पामा जन्मिएका मगर बेलायत ननिटनको मेयरमा मनोनीत
फागुन १४, २०८१ बुधबार