वर्षाका कारण अवरुद्ध हुने सडक तुरुन्त खुलाउन विभागको तयारी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_q7JcPhruJc.jpeg
)
नेपालबहस संवाददाता
जेठ २६, २०७८ बुधबार २०:३९:४२
![](https://nepalbahas.prixacdn.net/media/albums/sadak-pahiro-1_ZxDIma8Non.jpg)
२६ जेठ,काठमाडौं । वर्षाका कारण बाढी र पहिराले अवरोध पु¥याउँदा सडक तुरुन्त खुलाउन सडक विभागले तयारी शुरु गरेको छ । कोभिड–१९ विरुद्धको खोप, औषधि, अक्सिजनलगायतका स्वास्थ्य सामग्री आउने सडकलाई लामो समय अवरुद्ध हुन नदिने गरी तयारी गरिएको विभागले जनाएको छ । यस वर्ष विगत वर्षभन्दा भारी वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागले अनुमान गरेको छ । त्यस कारण सडकमा बढी क्षति पुग्नसक्ने विभागको सम्भार महाशाखाका उपमहानिर्देशक भीमार्जुन अधिकारीले बताए ।
सडक विभागले पहिरो र बाढीको जोखिम भएका सडकको पहिचान गरी त्यसका आधारमा तयारी अघि बढाएको हो । जोखिम भएका कुनकुन ठाउँमा कति उपकरण आवश्यक छन् त्यहीअनुसार हेभी इक्युपमेन्ट कार्यालयहरुमा पत्राचार भइसकेको छ । विभागअन्तर्गत सात हेभी इक्युपमेन्ट डिभिजन छन् । उनले भने, “डिभिजन वा हेभी इक्युपमेन्ट कार्यालयको समन्वयमा आवश्यक तयारी गरिरहेका छन् ।”
अहिले कुनै पनि सडक पहिरो वा बाढीकै कारण अवरुद्ध नरहेको विभागले जनाएको छ । केही दिनपहिले बुटवल–पाल्पा सडक पहिराका कारण अवरुद्ध बनेको थियो । अहिले डिभिजन सडक कार्यालय पाल्पाले खुलाइसकेको छ । उनले भने, “सबै ठाउँमा उपकरण तयारी अवस्थामा नै हुन्छ वर्षा कम हुनासाथ सडक खुलाइन्छ ।”
देशभरमा डिभिजन सडक कार्यालय र हेभी इक्युपमेन्ट कार्यालयमार्फत उपकरण तथा जनशक्ति तयारी अवस्थामा राखिएको हो । गत आवमा वर्षाको समयमा सडक नै भासिएर लामो समय अवरुद्ध बनेको अरनिको राजमार्ग यस वर्ष लामो समय अवरुद्ध हुने अवस्था नआओस् भनेर तयारी भइरहेको उपमहानिर्देशक अधिकारीले बताए । सामान्य पहिरो तुरुन्त सफा गर्न सकिने भए पनि सडक नै भासिँदा वा ठूलो पहिरो जाँदा तत्काल हटाउन गाह्रो हुन्छ । राजमार्गमा बाह्रबिसे माथितिर अप्ठेरो ‘एलाइनमेन्ट’ रहेको छ ।
उक्त सडकबाट मेडिकल सामान ल्याउनुपर्ने हुँदा पहिराले लामो समय नरोकियोस् भन्नेमा ध्यान दिइएको अधिकारीले बताए । विभागले पहिरो हटाउन आवश्यक उपकरण तयारीमा राखिसकेको छ । बढी बिग्रने सडक खण्डमा मर्मत भइरहेको उनले बताए । उनले भने, “अहिले निषेधाज्ञाले मजदूर नपाएर काम गर्न गाह्रो भएको छ ।”
विभागले सामान्य पहिरो भएमा तुरुन्त खुलाउन सकिने भए पनि पूरै हटाउन नसक्ने अवस्थामा एकतर्फको पहिरो हटाएर पनि सडक पुनः सञ्चालन गर्दै आएको छ । सडकको एक छेउबाट सवारीसाधन आवतजावत गर्नसक्ने गरी खुलाइने गरिएको छ । सडक पूरै भासिएर एकतर्फसमेत खुलाउन नसकिने भएमा अर्को कुनै वैकल्पिक सडकको खोजी गरिन्छ । विभिन्न विकल्पमध्ये सडकको अवस्था हेरेर उपयुक्त विकल्प खोजिने उनले बताए ।
डिभिजन सडक कार्यालय दमौलीका प्रमुख अमितकुमार श्रेष्ठले यही जेठ १५ गतेदेखि नै सम्भावित ठाउँमा आवश्यक उपकरण राखिएको बताए । उनका अनुसार पहिराको जोखिम भएका ठाउँमा स्काभेटर राखिएको छ । डिभिजनले अहिले भएका उपकरण पर्याप्त नभएको भन्दै विभागसँग थप चार उपकरण माग गरेको छ । केही दिनपहिले बुटवाल–पाल्पा सडक पहिराका कारण दुई दिनसम्म अवरुद्ध बनेको थियो । उनले भने, “सडक खुलाउनका लागि हामीलाई थप उपकरण र प्राविधिक जनशक्ति आवश्यक छ ।”
गत वर्ष पनि वर्षाका कारण धेरै सडक क्षतिग्रस्त बनेका थिए । निर्माण सम्पन्न भइसकेकाभन्दा निर्माणाधीन सडकमा बाढी र पहिराको बढी समस्या आउने गरेको छ । अरनिको राजमार्ग, कर्णाली राजमार्ग, विपी राजमार्ग, महेन्द्र राजमार्ग, सिद्धार्थ राजमार्गलगायत सडक अवरुद्ध बनेका थिए । अरनिको राजमार्गमा लामोसाँघु बाह्रबिसे सडकमा करीब १०० मिटर सडक पूरै सुनकोशी खोलाले बगाएको थियो ।
त्यस्तै खग्दोलस्थित १८० मिटर सडक भोटेकोशी खोलाले बगाएको थियो । बेनी जोमसोम कोरोला सडकका विभिन्न खण्ड पहिराले पुरिएकन थिए भने सो सडकमा माथिबाट आएको पहिराले बेलिब्रिज बगाउँदा सडक अवरुद्ध भएको थियो । साँफेबगर–मार्तडी सडक पनि लामो समयसम्म अवरुद्ध थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने
फागुन ४, २०८१ आइतबार
बेलुन विस्फोट घटनाको छानबिन गर्न आठ सदस्यीय समिति गठन
फागुन ४, २०८१ आइतबार
‘हाम्रो माया घर’ को निर्माणले गति लिँदै
फागुन ४, २०८१ आइतबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
नेपालले पायो बालबालिकाको क्यान्सर उपचारमा प्रयोग हुने औषधिको पहिलो खेप
फागुन ५, २०८१ सोमबार
कञ्चनजङ्घा आधार शिविरमा साहसिक हाफ म्याराथन हुने
फागुन ५, २०८१ सोमबार
सुनको मूल्य तोलामा एक हजार दुई सय बढ्यो
फागुन ५, २०८१ सोमबार
ब्राजिलका दम्पतीले बनाए विश्वको सबैभन्दा लामो वैवाहिक सम्बन्धको कीर्तिमान
फागुन ५, २०८१ सोमबार
रिलिज भएको तीन दिनमा विक्की कौशलको ‘छावा’ले कमायो ११० करोड
फागुन ५, २०८१ सोमबार
विश्वकै पहिलो ‘समलिङ्गी इमाम’ मुहसिनको गोली हानी हत्या
फागुन ५, २०८१ सोमबार