चितवनमा जारी निषेधाज्ञा खुकुलो
नेपालबहस संवाददाता
जेठ २६, २०७८ बुधबार २२:०:१५
२६ जेठ, चितवन । चितवनमा कोरोना भाइरस नियन्त्रणका लागी जारी निषेधाज्ञालाई खुकुलो बनाएको छ । जिल्लामा यो सातादेखि निषेधाज्ञामा केही खुकुलो बनाइएको हो ।
यसअघि खाद्य सामग्री पसल विहान ९ बजेसम्म खुलेकामा १० बजेसम्म पुर्याइएको छ । निषेधाज्ञा खुकुलो भएसँगै पाठ्यपुस्तकका पसल र कृषि, मल बीऊसम्बन्धी पसल पनि विहान १० बजेसम्म खोल्न पाइने भएको छ ।
असार पहिलो हप्तादेखि शैक्षिक सत्र सुरु हुने भएकाले विद्यालयसम्म पुस्तक ढुवानीका लागि पुस्तक पसल पनि खोल्ने निर्णय समेत भएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
चितवनमा यसअघि जेठ १५ देखि जारी गरिएको निषेधाज्ञा बिहीबार सकिँदैछ । खुकुलो निषेधाज्ञाको व्यवस्था बिहीबारदेखि असार ३ गते राति १२ बजेसम्म लागू हुनेछ ।
चितवनमा अब निषेधाज्ञाको समयमा वर्कसपहरु पनि खुल्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
युक्रेनमा पुनः रूसी हमला एक जना बालकसहित सात जनाको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
कर बक्यौतामा चुक्यो आन्तरिक राजश्व, विवादित रकम १ खर्ब २३ अर्ब ८० करोडमाथि
मंसिर ४, २०८१ मंगलबार
राष्ट्र बैंकको दावीः औसत मूल्यवृद्धि ४.८२ प्रतिशत, तलब र ज्याला ३.३६ प्रतिशतले बढ्यो
मंसिर ४, २०८१ मंगलबार
एक महिनाभित्रै औषधिको मूल्य समायोजन गर्छौँः मन्त्री पौडेल
मंसिर ४, २०८१ मंगलबार
तीन महिनाको रेमिट्यान्स ४ खर्ब ७ अर्ब, असोजमा मात्रै आयो १ खर्ब ४४ अर्ब
मंसिर ४, २०८१ मंगलबार