मुख्यमन्त्री राउतले गरे कांग्रेसलाई समेटेर मन्त्रिपरिषद विस्तार
नेपालबहस संवाददाता
जेठ २६, २०७८ बिहिबार ५:११:४२
२६ जेठ, काठमााडाैं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद विस्तार गरेका छन्। उनले नेपाली कांग्रेसलाई सरकारमा सहभागी गराएर बुधबार साँझ मन्त्रिपरिषद विस्तार गरेका हुन्।
राउतले कांग्रेसबाट सरकारमा सहभागी संसदीय दलका नेता रामसरोज यादव भौतिक पूर्वाधार विकास, ओमप्रकाश शर्मा खानेपानी तथा उर्जा विकास र वीरेन्द्र सिंहलाई महिला बालबालिका, युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका छन्।
तीनजना मन्त्रीले बुधबार राति ९ः ४५ बजे पद तथा गोपनीयताको शपथ लिएका छन्। मधेश भवन परिसरमा उनीहरुलाई प्रदेश प्रमुख राजेश झा अहिराजले पद तथा गोपनीयताको शपथ गराएका हुन्।
अब योसँगै लालबाबु सरकारमा एक मुख्यमन्त्री, ८ मन्त्री र तीन राज्यमन्त्रीसहित मन्त्रिमण्डलको संख्या १२ पुगेको छ। कांग्रेसलाई दिएको तीन मन्त्रालयमा राज्यमन्त्री खाली छ भने अन्य दुई मन्त्रालयमा मन्त्री र राज्यमन्त्री खाली छ। सबै पदपुर्ति भएको खण्डमा मन्त्रिमण्डलको संख्या २१ पुग्ने छ।
प्रदेश सरकारले कांग्रेस र माओवादीलाई सरकारमा सहभागी गराउन ६ वटा मन्त्रालय टुक्र्याएर १० वटा बनाएको छ। भौतिक पूर्वाधार, सामाजिक विकास, आन्तरिक मामिला तथा कानुन र वन, उद्योग, पर्यटन र वातावरण मन्त्रालय फुटाएको छ। माओवादीलाई एक मात्र मन्त्रालय दिने भनेपछि सरकारमा जान अस्वीकर गरेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
उपत्यकामा १२ महिना नै शुद्ध खानेपानी उपलब्ध गराउने तयारीमा मन्त्रालय
पुष १०, २०८१ बुधबार
असार १७ को सहमति भन्दै भित्रभित्रै संविधान संशोधनको गृहकार्य, बेखबर छ माओवादी
पुष १०, २०८१ बुधबार
‘क्रिसमस डे’मा सभामुख घिमिरेको शुभकामना
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
२० वर्ष पछि 'नो इन्ट्री' को सिक्वेल, पुराना कलाकार कोही नहुने
पुष १०, २०८१ बुधबार
म्यानमारको अराकान आर्मीले महत्त्वपूर्ण सीमा क्षेत्र कब्जा गर्दा बंगलादेशमा असर
पुष १०, २०८१ बुधबार