मनसुन शुरु भएसँगै विपद व्यवस्थापनको पूर्वतयारी
नेपालबहस संवाददाता
जेठ २७, २०७८ बिहिबार १३:४४:२९
२७ जेठ, मनाङ । बङ्गालको खाडीमा विकसित भएको जलवायुको प्रभाव र शक्तिशाली चक्रवात पश्चात् अहिले मनसुन पनि शुरु भइसकेको छ । मनसुन शुरु भएसँगै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षामा हुनसक्ने सम्भाव्यताको न्यूनीकरणमा जुटेको छ ।
जिल्लावासीलाई सुरक्षित र विपद् न्यूनीकरणका लागि मनाङ जिल्ला विपद् व्यवस्थापन समितिले पनि पूर्वतयारी थालेको छ । वर्षाको समयमा बाढी पहिरो जस्ता प्राकृतिक विपद आइपर्ने हुँदा जोखिम न्यूनीकरणको पूर्वतयारी थालिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले बताए ।
“प्राकृतिक विपद्बाट जिल्लामा धेरै क्षति हुनबाट जोगाउनका लागि पूर्वतयारी थालिसकेका छौँ’, लामिछानेले भने । उनका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष वर्षायाममा बढी जोखिम हुनसक्ने पूर्वानुमान गरिसकेकोले सचेत हुनुपर्ने भन्दै तयारी थालेको हो ।
प्राधिकरणको निर्देशनअनुरूप यसपालि यस अवधिमा बढी वर्षा हुनसक्ने भएकाले बाढी, पहिरोको घटनाको प्रतिकार्यका लागि जिल्लाभित्रका चार वटै गाउँपालिकासँग समन्वय गरेर तयारी थालिएको उनले बताए। “विपद्को अवस्थामा उद्धारमा खट्ने जनशक्ति तयार भइसकेको छ, वर्षायाम शुरु भइसकेको छ, उद्धारमा खटिने जनशक्तिलाई विश्वव्यापी फैलिएको कोभिड–१९ बाट जोगाउनुपर्ने अवस्था छ, उनीहरुलाई स्वस्थ कसरी राख्ने भन्ने चुनौती थपिएको छ”, उनले भने ।
विगतमा भन्दा हाल स्थानीय सरकारलाई बढी स्वामित्व हस्तान्तरण भएकाले पालिकाहरु सचेत हुन आवश्यक रहेको उनको भनाइ छ । त्यसका लागि स्थानीय तहसँग समन्वय, सहकार्यका लागि अद्यावधिक भएको उनले बताए । अहिले विपद् व्यवस्थापन गर्ने पहिलो पक्ष स्थानीय सरकार भएकोले पालिकाहरुले विपद्को पूर्वतयारीका काम गरिरहेको उनले बताए ।
विपद्मा उद्धारमा खटिने जनशक्तिका लागि कोरोना विरुद्धको खोपको व्यवस्थापन गर्नेबारे सम्बन्धित स्थानीय तहमा छलफल भइरहेको पनि उनले जानकारी दिए । प्राधिकरणले यसपालिको वर्षायाममा धेरै पानी पर्ने पूर्वानुमान गरिसकेकाले हिमाली जिल्लाहरुमा बढी क्षति हुनसक्ने भन्दै सबै स्थानीय तहले सतर्कता अपानएका छन ।
यस्तै जिल्लाका चार वटै स्थानीय तहले जोखिमयुक्त क्षेत्रको पहिचान गरी व्यवस्थापनमा लागिपरेको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताए । “आमनागरिकको जीवन रक्षाका लागि गाउँपालिका सचेत छ”, घलेले भने । बङ्गालको खाडीमा विकसित भएको जलवायुको प्रभाव र शक्तिशाली चक्रवातले यही जेठ १४ गते आएको बाढीले एक पालिका र अर्को पालिका बीचको आवतजावतमा समेत समस्या सिर्जना गरिसकेको उनले बताए ।
त्यस्ता समस्या दोहोरिन नदिनेतर्फ पनि पालिकाहरु सचेत भएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए । “औषधिलगायत अत्यावश्यक सामग्री ढुवानीका लागि समस्या भइरहेकाले पालिकाहरु बीच छलफल गरी दबाब दिइरहेका छौँ, तर काम पूरा भएको छैन”, उनले भने।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
१३ अंकले घटेर २६६७ अंकमा रोकियो नेप्से, ७ अर्ब ७२ करोड ८८ लाखको शेयर किनबेच
मंसिर ९, २०८१ आइतबार
लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति
मंसिर ९, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई सर्वोच्चले दिएन अन्तरिम आदेश, अदालत उपस्थित गराउन निर्देशन
मंसिर ९, २०८१ आइतबार
मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने शहरबीच भगिनी सम्बन्ध
मंसिर ९, २०८१ आइतबार
देउवाले उमेश श्रेष्ठलाई बनाए कांग्रेसको कोषाध्यक्ष
मंसिर ९, २०८१ आइतबार