चितवन निकुञ्जको पश्चिमी क्षेत्रमा सबैभन्दा बढी १५४ गैँडा भेटिए
नेपालबहस संवाददाता
जेठ २७, २०७८ बिहिबार १५:४९:१७
२७ जेठ,चितवन । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा धेरै गैँडा रहेको पाइएको छ । हालै सम्पन्न राष्ट्रिय गैँडा गणनाको तथ्याङ्कअनुसार पश्चिमी क्षेत्रमा धेरै गैँडा भेटिएका हुन् । गैँडा गणनाका क्रममा निकुञ्ज र आसपासका क्षेत्रलाई १८ भागमा विभाजन गरिएको थियो । सो क्रममा आएको तथ्याङ्कअनुसार निकुञ्जको मुख्य कार्यालय कसरादेखि पश्चिमतर्फ ४२९ गैँडा भेटिएका हुन् । पूर्वतर्फ यो सङ्ख्या २६५ मात्रै रहेको छ ।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार मुख्य कार्यालय कसराबाट पश्चिमतर्फ पर्ने सुखीभार क्षेत्रमा सबैभन्दा बढी १५४ वटा गैँडा भेटिएका छन् । यो क्षेत्र कसरासँगै जोडिएको क्षेत्र हो । यसलाई मध्यभाग मान्दा पूर्व र पश्चिम उस्तै उस्तै सङ्ख्यामा रहेका छन् । पूर्वमा २६५ र पश्चिममा २७५ रहेका छन् ।
यस वर्षको गणनामा निकुञ्जमा ६९४ गैँडा भेटिएका थिए । पूर्वमा सौराहा आसपासका क्षेत्रमा गैँडाको राम्रो बसोबास रहेको पाइएको छ । यहाँ ९५ वटा गैँडा रहेका छन् । निकुञ्जको पुरानो पदमपुर आसपासका क्षेत्रमा ती गैँडा गणनाका क्रममा भेटिएका हुन् । त्यसैगरी सोही क्षेत्रको नजिक बहपुर खोला आसपासमा ६३ वटा गैँडा भेटिएको तथ्याङ्कमा उल्लेख छ । सबैभन्दा कम मकवानपुर जिल्लाको प्रतापपुर क्षेत्रमा एउटा मात्रै गैँडा भेटिएको अधिकारीले जानकारी दिए । त्यस्तै त्रिवेणीको कानामाना क्षेत्रमा तीन वटा मात्रै गैँडा भेटिएका छन् ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले घाँसे मैदान र पानीको स्रोतहरु पूर्वमा बढी व्यवस्थित भए पनि पश्चिममा गैँडाको सङ्ख्या बढी भएको बताए । भारततर्फ जानसक्ने टेम्पल टाइगर, भेलौजी, सेरी, धजाहा, बगुवनलगायतका क्षेत्रमा १०० भन्दा बढी गैँडा रहेको तथ्याङ्कमा देखिएको छ । ती क्षेत्रमा धेरै गैँडा हुनु जोखिमपूर्ण रहेको बरालको भनाइ छ ।
त्यहाँबाट भारततर्फ गैँडा जान सक्ने भएकाले ती गैँडालाई आन्तरिक स्थानान्तरण गरी पूर्व क्षेत्रमा लैजानुपर्ने बरालले बताए । गणनाअघि नै निकुञ्जका अधिकारीहरुले पश्चिम क्षेत्रका गैँडालाई पूर्वमा ल्याउनुपर्ने बताउँदै आएका थिए । केही वर्षअघि राप्ती र नारायणीमा आएको ठूलो बाढीले धेरै गैँडा बगाएर भारत पु¥याएको थियो । केहीलाई उद्धार गरी ल्याइएको भए पनि अझै केही भारतीय क्षेत्रमा रहेको अनुमान छ । गणनाका क्रममा ४७४ वटा वयस्क, ९५ अर्धवयस्क र १२५ बच्चा गैँडा भेटिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक
मंसिर ८, २०८१ शनिबार
पाँच युवतीलाई अवैधरुपमा भारत लैजान खोज्ने व्यक्ति पक्राउ
मंसिर ८, २०८१ शनिबार
सुर्खेतबाट चिसापानी आउँदै गरेको जिप दुर्घटना हुदाँ १४ जना घाइते
मंसिर ८, २०८१ शनिबार
चार महिनामा साढे चार खर्बभन्दा बढीको व्यापार घाटा
मंसिर ८, २०८१ शनिबार
चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि !!!
मंसिर ८, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार