धवलागिरि अस्पतालमा घटे कोरोना संक्रमित
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_q7JcPhruJc.jpeg
)
नेपालबहस संवाददाता
जेठ २७, २०७८ बिहिबार १८:९:३
![](https://nepalbahas.prixacdn.net/media/albums/dhaulagiri-hospital-nepalbahas_iQaegoJbSj.jpg)
२७ जेठ,बागलुङ । महिना दिनअघि धवलागिरि अस्पतालको अवस्था अत्यासपूर्ण थियो । कोरोना संक्रमितले भरिभराउ आइसोलेशन शय्या । अक्सिजनको चरम अभाव । ‘आइसीयू’मा गम्भीर बिरामीको चाप । दैनिकजसो संक्रमितको मृत्यु ।
अस्पतालको दृश्य देख्दा लाग्थ्यो जिल्लामा कोरोना संक्रमणको अवस्था भयावहउन्मुख छ । अहिले स्थितिमा क्रमिक सुधार आएको देखिन्छ । संक्रमणपछि अस्पताल आउनेको सङ्ख्या घटेको छ । गम्भीर बिरामी पनि कम छन् । “पछिल्लो एक सातायता अस्पतालमा आधा संक्रमित घटेका छन्”, प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले भने, “दैनिक ३५/४० जनासम्मलाई आइसोलेशनमा राखेर उपचार गर्नुपथ्र्यो, अहिलेको सङ्ख्या १५/२० को हारीहारी छ ।”
बुधबार भने जम्मा १३ संक्रमित अस्पतालमा उपचाररत छन् । तीमध्ये ‘आइसीयू’मा दुई जना छन् । गम्भीर बिरामी घटेपछि उक्त कक्षमा पनि चाप कम छ । तीन ‘आइसीयू’ शय्या अहिले खाली छन् । “वैशाख अन्तिमदेखि जेठ दोस्रो सातासम्म कठिन अवस्था झेल्यौँ”, प्रमुख चिकित्सक पोखरेलले भने, “अहिले केही सहज छ, संक्रमण र मृत्युदर पनि घट्दो क्रममा छ ।”
रोकथाम तथा नियन्त्रणका उपाय नअपनाउने र जनसाधारणले पनि स्वास्थ्य मापदण्ड पालना नगर्ने हो भने पुनः संक्रमण बढ्न गई अवस्था बिग्रने उनको भनाइ छ । अस्पतालले सम्भावित तेस्रो संक्रमणलाई ध्यानमा राखेर पूर्वाधार र व्यवस्थापकीय तयारीका कामलाई अघि बढाएको छ । बालबालिकाका लागि छुट्टै आइसोलेशनकक्ष बनाउन गण्डकी प्रदेश सरकारलगायत सरोकार भएका पक्षसँग समन्वय गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगरले बताए । अस्पताललाई थप मानव संशाधन, चिकित्सा उपकरण÷सामग्रीसहित भौतिक संरचनाको खाँचो रहेको उनको भनाइ छ ।
न्यून चिकित्सक, स्वास्थ्यकर्मी र प्राविधिकका भरमा अस्पताल महामारीसँग सङ्घर्षरत छ । उपप्रादेशिक तहको अस्पताल भएर पनि स्रोत साधनको कमी छ । कोरोनाको दोस्रो लहरयता अक्सिजनको अभाव व्यहोरेको यस अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि प्रक्रिया थालिएको छ ।
सङ्घ सरकारको लगानीमा बन्ने प्लान्टका लागि बोलपत्र टुङ्गिइसकेकाले अब सम्झौता हुन मात्र बाँकी छ । डेढ सय जति अक्सिजन सिलिण्डर पनि जोहो गरिएको अध्यक्ष रानामगरले बताए । आउने जुनसुकै अवस्थाका लागि अस्पताललाई तयारी हालतमा राख्नुपर्ने उनको भनाइ छ ।
संक्रमणको चक्र तोड्न अहिले गाउँगाउँमा एन्टिजेन परीक्षण भइरहेको छ । जसका कारण परीक्षणको दायरा पनि बढेको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या झण्डै एक हजार छ । नौ सय बढी संक्रमित होम आइसोलेशनमा छन् । लक्षणले च्याप्दै गएर स्वास्थ्यमा समस्या देखिएका संक्रमित मात्र अस्पताल आउने गरेका छन् । अस्पताल आएकामध्ये पनि अधिकांश सामान्य उपचारबाट निको हुन्छन् । श्वासप्रश्वासमा समस्या आइ बिरामीको अवस्था गम्भीर बनेमा ‘आइसीयू’ र भेण्टिलेटरमा राखेर उपचार गरिन्छ । हालसम्म यहाँका चार हजार बढीमा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । यहाँ कोरोनाका कारण ४६ जनाले ज्यान गुमाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगोको ज्वालाले बेलुन फुट्दा अर्थमन्त्री पौडेल र महानगर प्रमुख आचार्य घाइते
फागुन ३, २०८१ शनिबार
तनहुँ जलविद्युत् आयोजनाले माछा संरक्षण गर्दै
माघ ३०, २०८१ बुधबार
क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौं लाभान्वित
माघ ३०, २०८१ बुधबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार