समय नपुग्दै ब्याडमै फुल्यो काउली,किसान चिन्तित
नेपालबहस संवाददाता
जेठ २७, २०७८ बिहिबार २१:५:१२
२७ जेठ,टिस्टुङ । बेमौसमी तरकारी उत्पादनमा प्रसिद्ध मकवानपुरको थाहा नगरपालिकामा किसानहरुले व्यावसायिक खेतीका लागि काउलीको ब्याड राखेकोमा ब्याडमै फुलेको छ । ब्याडमा नफुलेका काउली रोपिएको केही दिनमै फुलेका छन् । यसले कृषकहरुमा चिन्ता थपिएको छ ।
थाहा नगरपालिका वडा नम्बर ३ की मीना पाख्रिनले अन्दाजी २ रोपनी जग्गा भाडामा लिएर काउली खेती गरेकी थिइन् । रोपेको दुई सातामै काउली फुल्यो । तर निकै सानो फुलेर बिक्रीका लागि योग्य नभएपछि उनले काउली फालेर उक्त जग्गामा मकै रोपीन । पाख्रिनजस्तै थाहा नगरपालिका– १का सुदिप थोकर र वडा नम्बर २ का श्रीकृष्ण श्रेष्ठको पनि उस्तै हालत भयो । एक महिनाअघि असिनाले आलु खेती सखाप पारेर आक्रान्त बनेका कृषकहरु व्याडबाट रोप्न तयार भएको काउली ब्याडमै फुलेपछि थप चिन्तित बनेका छन् ।
अहिले थाहा नगरका झण्डै सय बढी किसानहरुले खेतबारीमा लगाएको काउली समय नपुग्दै फुलेको छ । फुलेको काउलीको वजन १०० ग्रामसम्म पनि नभएको पीडित कृषक श्रीकृष्ण श्रेष्ठले जानकारी दिए । अघिल्ला वर्षहरुमा राम्रोसँग फुल्दा एउटै बोटबाट दुई किलोग्रामसम्म फुल्ने गरेको उनको भनाइ रहेको छ ।
थाहा नगरपालिकामा जापानीज कम्पनीको ह्वाइट टप र सुपर ह्वाइट टप जातको काउली व्याडमै फुलेका हुन् । यी जातका काउलीलाई पानी धेरै चाहिने भएकोले अहिले सुख्खा समयमा रोपिएकोले समय नपुग्दै फुलेको थाहा नगरपालिका कृषि शाखाका प्रमुख सञ्जय तिवारी बताउछन् । खडेरी, छिप्पिएको बेर्ना वा नाइट्रोजनको कमीले समय नपुग्दै फुल्न सक्ने उनको भनाइ छ ।
नगर कृषि शाखा प्रमुख तिवारीले पहिलो चरणमा लगाइएका काउली समय नपुग्दै फुलेको कृषकहरुबाट गुनासो आएको बताए । ह्वाइट टप र सुपर ह्वाइट टप जातका काउली वर्षा याममा लगाउन उपयुक्त हुने कृषि प्रमुख तिवारीले बताए । बीउको गुणस्तरीयतामै समस्याका कारण ब्याडमै वा समय नपुग्दै काउली फुलेको हुन सक्ने आँकलन भइरहेको बेला उनले बीउमा भने समस्या नदेखिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो
मंसिर १२, २०८१ बुधबार
जासुसीको आरोप लगाउँदै रूसले बेलायती कुटनीतिज्ञलाइ दियो देश छाडने आदेश
मंसिर १२, २०८१ बुधबार
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १२, २०८१ बुधबार
एनपीएलः वेष्ट इन्डिजका चाडविक वाल्टन नेपाल आइपुगे
मंसिर १२, २०८१ बुधबार
हिजो सम्भवः नभए पछि रवि लामिछानेलाई आज साँझसम्म काठमाडौं ल्याइने
मंसिर १२, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १२, २०८१ बुधबार