सिम्रिक सहकारीद्वारा शेयर सदस्यहरुको परिवारमा औषधोपचारमा सहयोग
नेपालबहस संवाददाता
जेठ २७, २०७८ शुक्रबार ५:९:४०
२७ जेठ, काठमाडाैं । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोड ४ झापाले आफ्ना शेयर सदस्यहरुको परिवारमा औषधोपचारमा आर्थिक सहयोग गरेकाे छ । सहकारीले संस्था लि.मा आबद्ध भई नियमित रुपमा बचत तथा कर्जामा कारोबार गरिरहेका शेयर सदस्यहरुलाई परेका बिभिन्न समस्याहरुमा आर्थिक सहयोग गरेकाे हाे ।
बिभाग प्रमूख याम बिष्टका अनुसार दानाबारी सेवा केन्द्रमा आबद्ध आफ्ना सदस्यहरु सुस्मिता चापागाँईलाई पाठेघरको समस्या भई पाठेघरको अप्रेसन गर्नु परेपछि परेको संस्थाले घरमै गएर अप्रेसन बापतको रकम ९ हजार उपलब्ध गराएको छ ।
सदस्यको परिवारमा घटने दैबी घटनामा समेत सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. झापाले नगदै आर्थिक सहयोग गर्नाले सदस्यहरुमा संस्थाप्रति आकर्षण बढन थालेको छ । यस महिनामा संस्थाका शेयर सदस्य धनमायाँ राईको श्रीमानको मृत्यू भएकोमा राहत स्वरुप रु. ५ हजार र शेयर सदस्य रिता राईको श्रीमान् बिरामी हुँदा औषधि उपचार गर्नका लागि समेत नगदै ७ हजार ४ सय ५० प्रदान गरिएको संस्थाले जनाएकाे छ ।
यस्तै संस्थाले दमक सेवा केन्द्रमा सदस्य रहि बचत कारोबार गरिरहेकी बिद्या प्याकुरेललाई सुत्केरी भई अप्रेशन गर्नु पर्ने भएकोले निजको अप्रेशन खर्च बापत रु. ११ हजार उपलब्ध गराएकाे छ ।
दानाबारी सेवा केन्द्र अन्तर्गतनै धनराज विश्वकर्माकाे बुहारीको पाठेघरको अप्रेशन गर्न रु. ५ हजार ६ सय ९५ , शुकमायाँ राईलाई सुत्केरी सुबिधा बापत रु. ५ हजार, रामचन्द्र खनाललाई बुहारी सुत्केरी सुबिधा बापत ५ हजार घरमै गएर नगदै उपलब्ध गराउनुका साथै संस्थाबाट आफ्ना सदस्य बिरामीहरुलाई भेटी निरन्तर संस्था साथमा रहेको जानकारी गराउँदै हौसला प्रदान गर्ने गरिएको आई.टी प्रमूख याम बिष्टले बताए ।
नाफा कमाउने भन्दा पनि सदस्यहरुको सेवालाई आफ्नाे पहिलो कर्तब्य र जिम्मेबारी रहेको बताउने सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोड ४ झापाको सदस्य सेव कार्यक्रमबाट प्रभावित भई अन्य सहकारी संस्था छोडि सिम्रिक सहकारीमा सदस्यहरुको आउने क्रम बढदै जान थालेको देखिन्छ । अहिलेसम्म ३७ हजार भन्दा बढी सदस्यहरु आवद्ध रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि.ले हाल झापा, मोरङ्ग र ईलाममा ३० वटा सेवा केन्द्र मार्फत सदस्यहरुलाई सेवा प्रदान गरिरहेको संस्थाका मानव संशाधन बिभागिय प्रमूख मिन बहादुर अधिकारीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमन्त्री लामिछानेको राजीनामा माग्दै पोखरामा सहकारी पीडितको प्रदर्शन
जेठ १३, २०८१ आइतबार
पोखराको चक्रदेवी सहकारी संस्थामा तोडफोड, ९ जना पक्राउ
जेठ ९, २०८१ बुधबार
नेता हो ! ०८४ मा भोट माग्न आउला: सहकारी पीडित
जेठ ९, २०८१ बुधबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
आईपीएलमा कुन-कुन खेलाडीले के-के अवार्ड पाए ?
जेठ १४, २०८१ सोमबार
मंगलबार सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?
जेठ १५, २०८१ मंगलबार
वर्षाले अवरुद्ध भएको पूर्वपश्चिम राजमार्गको नवलपुर खण्ड एकतर्फी सञ्चालनमा
जेठ १५, २०८१ मंगलबार
तनहुँमा विकास बजेटको खर्च अवस्था निराशाजनक
जेठ १५, २०८१ मंगलबार
गोरखाको साम्दोमा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट 'बिओपी' स्थापना
जेठ १५, २०८१ मंगलबार
क्षमता अभिवृद्धि गरेर सेवा प्रवाह गर्न बीमा अभिकर्ताहरूलाई निर्देशन
जेठ १५, २०८१ मंगलबार
एक मुरी मकै फल्ने बारीमा ५० हजारभन्दा बढीको तरकारी उत्पादन
जेठ १५, २०८१ मंगलबार