भित्र सम्बन्धनका लागि आयोगको बैठक, बाहिर नागरिक अगुवामाथि धरपकड
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_HgwwVYKEck.jpeg
)
नेपालबहस संवाददाता
जेठ २८, २०७८ शुक्रबार १८:३७:७
![](https://nepalbahas.prixacdn.net/media/albums/dharpakad_GibT5mUxPP.png)
२८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री निवास बालुवाटार भित्र बीएन्डसी प्रस्तावित मेडिकल कलेजलाई सम्बन्धन प्रक्रिया अघि बढाउनका लागि चिकित्सा शिक्षा आयोगको बैठक चलाइरहँदा उनको निवास बहिर सरकारको उक्त तयारी विरुद्ध प्रदर्शनमा उत्रिएका नागरिक अभियान्ता पक्राउ परेका छन् ।
अवैध ढंगले निजी मेडिकल कलेजलाई सम्बन्धन बाँड्ने सरकारको योजना विरुद्ध चिकित्सा शिक्षा सुधारको माग गर्दै उनीहरु प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रर्दशनमा उत्रिएका थिए । पक्राउपछि अभियन्तालाई मालीगाउँ प्रहरी कार्यालयमा राखिएको छ ।
प्रधानमन्त्रीले बोलाएको उक्त बैठकमा अरू एजेन्डा नभएका कारण बीएन्डसी प्रस्तावित मेडिकल कलेजको सम्बन्धन प्रक्रिया अघि बढाउने बुझिएको छ ।
आज बस्ने आयोगको बैठकले सम्बन्धन अघि बढाउने सूचना आएपछि आज बिहान मात्र विवेकशील साझा पार्टीले त्यसको विरोध गरेको छ ।
हाल यमनमा रहेका चिकित्सा शिक्षा अभियन्ता वरिष्ठ चिकित्सक गोविन्द केसीले यमनबाटै एक विज्ञाप्ति जारी गर्दै बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन नदिन प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेका छन् । उनले बीएन्डसीले सम्बन्धन पाएको खण्डमा नेपाल फर्किने वित्तिकै सत्याग्रह सुरू गर्ने चेतावनी समेत दिएका छन् ।
आयोगका अनुसार बीएन्डसीले सम्बन्धनका लागि निवेदन दिएपछि यसअघि काठमाडौं विश्वविद्यालयको टोलीले चार सदस्यीय अनुगमन समिति पठाएको थियो । उक्त समितिले बीएन्डसीको भौतिक पूर्वाधारको अवस्था बुझेर प्रारम्भिक रिपोर्ट पेश गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार