जुरीफुरीका तर्फबाट २५ परिवारलाई राहत
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
जेठ २८, २०७८ शुक्रबार २०:६:३६
![](https://nepalbahas.prixacdn.net/media/albums/churufuriko-rahat_qNSw9iiMgj.jpg)
२७ जेठ, काठमाडौं । चलचित्र “चुरीफुरी“ परिवारले कोरोना महामारीले गरिएको लकडाउनले गर्दा काम गरेर खान नपाएका परिवारहरुलाई काठमाडौको बसुन्धरामा रहेका केही पिडितहरुलाई खाद्यान्न तथा मास्क प्रदान गरेको छ ।
गत १६ बैशाखदेखि जारी लकडाउनका कारण छाक टार्न गाह्रो भएका केही एकल महिला, अपांग तथा मृगौलाको बिरामी र ज्यालामजदुरहरुलाई चामल, तेल,नुन, बिस्कुट ,मास्क जस्ता सामग्री करिब २० देखि एक महिनालाई पुग्ने गरी प्रदान गरिएको छ । सो क्षेत्रका २५ परिवारलाई २५ बोरा चामल सहित विभिन्न खाद्य सामग्री प्रदान गरिएको चुरीफुरीका निर्माता निर्देशक ऋषीराज आचार्यले बताएका छन् ।
चलचित्र चुरीफुरीको तर्फबाट गरिएको राहत बितरन चलचित्र निर्देशक तथा निर्माता ऋषिराज आचार्य र सह निर्माता बिमला भुसालले राहत बितरन गरेका हुन । महामारीमा थोरै भएपनी राहत होस भनेर केही पीडितहरुलाई राहत बाडेर सेवा गर्न पाएकोमा निर्देशक आचार्यलाई खुशी लागेको बताउछ्न।
चलचित्र चुरीफुरी आगामी १ असोजमा रिलिज गरिने निर्माण पक्षले जनाएको छ । यो फिल्ममा रबिन्द्र झा,अभिषेक श्रेष्ठ,राजिब जङ्ग बस्नेत,पुजा पन्त,सोना बज्राचार्य ,रिन्जिन गुरुङ ,शिशिर भण्डारी,दिपक आचार्य (काकु), सुबोध गौतम (एदुमे) , पवन खतिवडा (म्याकुरी ),सुरबिर पन्डित, सुनिता श्रेष्ठ , ऋतु आचार्य ,राजेन्द्र खाती,लक्ष्मी ढकाल(जोया),महेश्वर आचार्य ,कमल सिंह ,अस्मिता बस्नेत ,सरिस्मा मगर ,तुलसी प्रशाद श्रेष्ठ ,रश्मि आचार्य ,लक्ष्मण अधिकारी ,दिल गोदार,जि.पि.पाठक,मनिल तामाङ आदि कलाकार छन् ।
यो फिल्मको सह निर्मातामा बिमला भुसाल ,राजेन्द्र खाती, शिव थापा, निर्मातामा ऋषिराज आचार्य, रिना ढकाल भण्डारी र लेखक निर्देशकमा आचार्य आफैं छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचलचित्र लाज शरणममाथि किन लगाइयो बन्देज ?
फागुन ७, २०८१ बुधबार
‘लाज शरणम्’ले फेरि नेपाली चलचित्रको बजार तताउने विश्वास
फागुन ६, २०८१ मंगलबार
नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा नेपालका ३० चलचित्र
फागुन ५, २०८१ सोमबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ पाउने प्रतिभालाई प्रधानमन्त्रीको बधाई
फागुन ७, २०८१ बुधबार
व्यास नगरपालिकामा सांस्कृतिक महोत्सव सुरु
फागुन ७, २०८१ बुधबार
सामाजिक न्यायसहितको आर्थिक रुपान्तरण आवश्यकः पूर्वप्रधानमन्त्री खनाल
फागुन ७, २०८१ बुधबार
बागमती गोल्डकप : संकटालाई हराउँदै एपिएफ सेमिफाइनलमा
फागुन ७, २०८१ बुधबार
१४ लाख किशोरीले क्यान्सरविरूद्धको खोप लगाए
फागुन ७, २०८१ बुधबार
नेकपा एसको नीतिः स्थानीय तहमा छायाँ सरकार, जिल्लामा कम्तीमा एक पालिका जित्ने
फागुन ७, २०८१ बुधबार