संरक्षण अभावमा जीर्ण बन्दै राजरङ्गशाला
नेपालबहस संवाददाता
जेठ २८, २०७८ शुक्रबार २०:३८:१७
२८ जेठ,राजविराज । सप्तरीको राजविराजस्थित राजरङ्गशाला संरक्षणको अभावमा जीर्ण बन्दै गइरहेको छ । पछिल्लो समय रङ्गशालाको पर्खाल ठाउँ–ठाउँमा भत्किएको छ भने प्रवेशद्वारसमेत खुला रहेकाले रङ्गशाला बटुवाहरुको खुला शौच गर्नेस्थल बनेको छ । भएका संरचना समेत जीर्ण हुँदै गएपछि अहिले रङशाला गौचरणमा परिणत भएको छ । रङ्गशालाको पूर्वी भागको प्याराफिटमुनि करिब २० विपन्न परिवारले बारेर कोठा बनाई प्रयोग गर्दै आएका छन् ।
स्थानीय स्तरका विभिन्न खेलकूद प्रतियोगिताको आयोजना हुँदै आएको यो रङ्गशाला औद्योगिक मेला र राजनीतिक दलको सभा गर्ने स्थलको रुपमा समेत विकास हुन थालेको छ । तर यसको मर्मत, सम्भार र सुरक्षातर्फ सम्बन्धीत निकायले चासो देखाउन सकेको छैन् । सात हजार दर्शक अटाउने क्षमता भएको प्याराफिटसमेत जीर्ण हुँदा कसैको ध्यान नगएको सप्तरी क्रिकेट सङ्घका अध्यक्ष आयुष श्रेष्ठले बताए ।
राजरंगशालाको जिर्ण प्याराफिटको तलो भागमा करिब दुई दर्जन परिवार बसोबास गरेको हुनाले राष्ट्रिय स्तरको खेलकुद गर्न पनि समस्या हुने गरेको सप्तरी क्रिकेट संघका अध्यक्ष श्रेष्ठको भनाई छ । अहिले रङ्शाला खेलाडीले खेल खेल्ने नभई गाई बस्तु चराउने र घाँस काट्ने स्थानका रुपमा परिणत भएको उनको भनाइ छ । राजविराज नगरपालिकाले २१ वर्ष अघि नै जिल्ला खेलकूद विकास समितिलाई यसको स्वामित्व हस्तान्तरण गरिसकेको भएपनि समितिले यसको मर्मतसम्भार र संरक्षण गर्न नसकेको आरोप नगरवासीको छ । रङ्शालाको अतिक्रमित स्थान पनि समितिले खाली गराउन कुनै पहल नगरेको बताइएको छ ।
समितिका कार्यालय प्रमुख दिनेश भुजेलले रङ्शालाको अतिक्रमित स्थान र प्याराफिटमुनी बस्दै आएकाहरुलाई खाली गराउन पटक पटक सूचना जारी गरेपनि नटेरेको बताए । जीर्ण अवस्थामा पुगेको प्याराफिट भत्केर कुनै बेलापनि ठूलो दुर्घटना हुन सक्ने भन्दै पटक पटक त्यहाँको बस्ती खाली गराउन जादाँ दुर्घटना भए हामी आफैं जिम्मेवार हुनेछौं भनेर त्यहाँका बासिन्दाले जबाव फर्काउने गरेको उनको भनाइ छ ।
२०३६ सालमा तत्कालीन अञ्चलाधीश लक्ष्यबहादुर गुरुङको पालामा निर्माण भएको राजरङ्गशाला मुलुककै पुराना रंगशालामध्ये मानिन्छ । दुई विगहा ७ कठ्ठा १३ धुर क्षेत्रफलमा रहेको रङ्गशालामा कूल ७ हजार दर्शकको क्षमता भएको प्याराफिटसमेत रहेको छ । आवश्यक रेखदेख र संरक्षण नहुँदा वर्षायाममा रङ्गशाला जलमग्न हुने गरेका छन् । स्थानीयवासी रामकुमार यादवले भने, “ढल व्यवस्थापन र पानीको निकास नहुँदा वर्षायाममा खेलमैदान पानी नै पानीले भरिएको हुन्छ । तर यसप्रति कसैको ध्यान जानसकेको छैन् ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमण तय नगरी भारतबाट फर्किइन आरजु
पुष ९, २०८१ मंगलबार
नासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो
पुष ९, २०८१ मंगलबार
मृत्युदण्डमा सजाय माफी दिएपछि ट्रम्पले गरे बाइडेनको आलोचना
पुष ९, २०८१ मंगलबार
सूर्यदर्शन सहकारी ठगीमा पूर्वसांसद मीना गुरुङसहित २ जना पक्राउ
पुष ९, २०८१ मंगलबार
सशस्त्र प्रहरी मोरङका एसपी तानिए, डीआईजी सुवेदी कहिले ?
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपातले हवाई सेवा अवरूद्ध, जनजीवन कष्टकर
पुष ९, २०८१ मंगलबार
मौसम बदली: बादलले ढाके पनि वर्षा कम, बुधबारदेखि सुधार हुने
पुष ९, २०८१ मंगलबार