स्वास्थ्यकर्मीमाथि हुने आक्रमण रोक्न पूर्वसावधानी अपनाइँदै
नेपालबहस संवाददाता
जेठ २८, २०७८ शनिबार ०:८:५१
२८ जेठ,काभ्रेपलाञ्चोक । कोरोना संक्रमितको उपचारमा संलग्न जिल्लाका स्वास्थ्यकर्मीमाथि हुनसक्ने गैरकानुनी क्रियाकलाप नियन्त्रण गर्न पूर्वसावधानी अपनाइने भएको छ । अन्य जिल्लामा कोरोनाका बिरामीको उपचारमा सम्लग्न स्वास्थ्यकर्मीमाथि आक्रमण हुन थालेपछि काभ्रेपलाञ्चोकस्थित कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीसीएमसी)को आजको बैठकले उक्त निर्णय गरेको हो ।
कोरोनाका बिरामीको उपचारमा सम्लग्न स्वास्थ्यकर्मीमाथि हुनसक्ने गैरकानुनी क्रियाकलाप नियन्त्रण गर्न पूर्वसावधानी अपनाउन जरुरी देखिएकाले निर्णय गरी सुरक्षा योजना बनाउन थालिने केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए । उनका अनुसार जिल्लास्थित स्वास्थ्य तथा सुरक्षा निकायका प्रमुखको छलफलमा स्वास्थ्यकर्मी–सुरक्षा योजना बनाइनेछ ।
सुरक्षायोजनाअन्तर्गत फ्रन्टलाईनमा खट्ने सबै स्वास्थ्यकर्मीलाई पूर्व–साबधानीका उपायबारे जानकारी दिइनेछ । “फ्रन्टलाईनमा खट्ने स्वास्थ्यकर्मीको सुरक्षा पनि प्रमुख विषय रहेकाले सुरक्षा योजना बनाउन आवश्यक देखियो” उनले भने । यसैबीच आगामी केही महिनामा कोरोनाको संक्रमणदर बालबालिकामा उच्च हुने प्रक्षपण गरिएअनुसार जिल्लास्थित अस्पताललाई २०५ श्यया छुट्याउन लगाइने भएको छ । धुलिखेल अस्पताल, मेथिनकोट अस्पताल, बनेपास्थित शिरमेमोरियल र भोमी अस्पताललगायतलाई प्रारिम्भक चरणका २०५ श्यया छुट्याउन अनुरोध गरिने केन्द्र सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालयप्रमुख डा नरेन्द्र झाले जानकारी दिए ।
साथै केन्द्रले कोरोनाका बिरामीको जीवन रक्षाको लागि साउदी अरबस्थित काभ्रे सेवा समाजबाट प्राप्त १२ अक्सिजन कन्र्सटे«टर, दक्षिण कोरियास्थित काभ्रे सम्पर्क समितिबाट प्राप्त २६ थान अक्सिजन सिलिण्डरर २६ थान पिपिईसेट यहाँका स्थानीय तहमा सञ्चालित ११ स्वास्थ्य संस्थामा आवश्यकता अनुसार पठाइने निर्णयसमेत गरेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार