आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन हुने

नेपालबहस संवाददाता
जेठ २८, २०७८ शनिबार २:३६:२०

२८ जेठ, कञ्चनपुर । कञ्चनपुरका सामुदायिक र संस्थागत विद्यालयमा आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गरिने भएको छ । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको दोस्रो लहर तीव्ररूपमा फैलिरहेको अवस्थामा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न नसकिने भएपछि आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गर्न लागिएको हो । आन्तरिक मूल्याङ्कनका आधारमा विद्यालयले नतिजा तयार गर्ने कार्य अगाडि बढाएका छन ।
जिल्लाका नौ वटै स्थानीय तहमा रहेका विद्यालय आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशनको तयारीमा जुटेका हुन् । “आधारभूत तहको कक्षा १ देखि ३ मा उदार कक्षा उन्नतिको आधारमा नतिजा प्रकाशनको तयारी गरिएको छ”, शुक्लाफाँटा शिक्षा शाखाका प्रमुख टिकेन्द्रप्रसाद भट्टले भने, “कक्षा ४ देखि ५ मा शैक्षिक सत्र २०७७ मा लिइएको पहिलो र दोस्रो त्रैमासिक परीक्षाका आधारमा ५० प्रतिशत र निरन्तर विद्यार्थी मूल्याङ्कनका आधारमा ५० प्रतिशतलाई आधार बनाई नतिजा प्रकाशन गरिने छ ।”
उनका अनुसार कक्षा ६ देखि ७ मा शैक्षिक सत्र २०७७ मा लिइएको पहिलो र दोस्रो त्रैमासिक परीक्षाका आधारमा ६० प्रतिशत र निरन्तर विद्यार्थी मूल्याङ्कनका आधारमा ४० प्रतिशतका आधारमा नतिजा तयार गरिने छ । कक्षा ८ मा शैक्षिक सत्र २०७७ मा विद्यालयले सञ्चालन गरेको पहिलो र दोस्रो त्रैमासिक परीक्षाको सैद्धान्तिकतर्फ ८० प्रतिशत मूल्याङ्कन र विषय शिक्षकको २० प्रतिशत आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा तयार गरिने छ ।
कक्षा ८ को प्रयोगात्मक परीक्षाको प्राप्ताङ्क सम्बन्धित विद्यालयको एक्सल वेस्ट एचिभमेन्ट फाइलमा प्रविष्ट गरी २०७८ जेठ मसान्तसम्म अपलोड गर्नका लागि सम्बन्धित शिक्षा शाखाका प्रमुखले विद्यालयलाई जानकारी गराएका छन् ।
कक्षा ९ को परीक्षाको सैद्धान्तिकतर्फ ८० प्रतिशत मूल्याङ्कन र विषयगत शिक्षकको २० प्रतिशत आन्तरिक मूल्याङ्कनका आधारमा जेठ मसान्तसम्म नतिजा प्रकाशन गर्ने समय सीमा निर्धारण गरिएको छ । आन्तरिक मूल्याङ्कन विद्यार्थीको अनुशासन, उपस्थिति र सिर्जनात्मक कार्यलाई आधार बनाइने छ ।
आन्तरिक मूल्याङ्कन र नतिजा प्रकाशनका लागि सम्बन्धित विद्यालयको प्रधानाध्यापकको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । समितिमा विद्यालयमा कार्यरत एक जना वरिष्ठ शिक्षक र एक जना कक्षा शिक्षक सदस्य रहेका छन् ।
विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा गर्न नसकिने भएकाले आन्तरिक मूल्याङ्कनका आधारमा विद्यालयले नतिजा प्रकाशन गर्न लागेकोे भीमदत्त नगरपालिका शिक्षा शाखाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीले बताए। “विद्यार्थीको आन्तरिक मूल्याङ्कनका विधि र प्रक्रियाहरु स्पष्ट छन । सोहीअनुसार विद्यालयलाई नतिजा सार्वजनिक गर्न भनिएको छ”, उनले भने, “नतिजा प्रकाशन पनि अनलाइनबाट हुन्छ ।” बाँकी सबै प्रक्रिया गत वर्ष जस्तै हुने उनले बताए ।
कक्षा १ देखि ७ र कक्षा ९ को नतिजा सम्बन्धित विद्यालयले प्रकाशित गर्ने छन् भने कक्षा ८ को नतिजा नगरपालिकाले प्रमाणित गरेपछि मात्र प्रकाशन हुनेछ । गत वर्षसमेत कोरोना महामारीकै कारण आन्तरिक मूल्याङ्कन गरी नतिजा प्रकाशित गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामुदायिक विद्यालयका शिक्षकलाई प्रविधिमा दक्ष बनाइँदै
फागुन ७, २०८१ बुधबार
यस वर्षको कक्षा १२ को परीक्षा वैशाख ११ देखि सुरु हुने
फागुन १, २०८१ बिहिबार
विद्यालय शिक्षा ऐन जारी गर्न मागगर्दै नेपाल शिक्षक महासंघले गर्यो आन्दोलन घोषणा
माघ १७, २०८१ बिहिबार
राजा ज्ञानेन्द्रको अभिव्यक्तिले राप्रपामा उत्साहः दलहरुमा अघोषित एकता
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
शुक्रबार बिहानै काठमाडौंमा ६.१ म्याग्निच्यूडको भूकम्प
नेपालबहस संवाददाता
फागुन १५, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा भूकम्पमा भाग्दा एक कैदी घाइते
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
रुपन्देहीको मायादेवीमा गोली प्रहार गरी युवाको हत्या
फागुन १७, २०८१ शनिबार
बालेनले ओलीलाई भने– प्रधानमन्त्रीज्यू, मलाई हराउने ताकमा देशलाई चै नडुबाउनु होला !
फागुन १६, २०८१ शुक्रबार
विधानले तोकेको समयभित्रै पार्टीको महाधिवेशन सम्पन्न गर्नुपर्छ : नेता कोइराला
फागुन १७, २०८१ शनिबार
हावाहुरी र वर्षाले खेती नष्ट गरेपछि सप्तरीका किसान चिन्तित
फागुन १७, २०८१ शनिबार
कैलाश र वैकुण्ठ जोड्ने गरी जिपलाइन निर्माण
फागुन १७, २०८१ शनिबार
ट्रम्पसँगको चर्काचर्की बहसपछि बेलायत पुगे जेलेन्स्की
फागुन १७, २०८१ शनिबार
गाजामा युद्धविरामको म्याद शनिबार सकिँदै, दोस्रो चरणको वार्ताको तयारी
फागुन १७, २०८१ शनिबार
आगामी आर्थिक वर्ष २०८२-८३ को तयार भयो ‘बजेट क्यालेण्डर : करिब १९ खर्बको बजेट लेखिँदै
फागुन १७, २०८१ शनिबार