गण्डकी प्रदेशले आज दोस्रो मुख्यमन्त्री पाउँदै, को हुन कृष्णचन्द्र नेपाली पोख्रेल ?
नेपालबहस संवाददाता
जेठ २९, २०७८ शनिबार १६:१८:२२
२९ जेठ, काठमाडौं । संघीय राजनीति कारण प्रतिनिधिसभाले भोगेको नियति गण्डकी प्रदेशसभामा दोहोरिएन भने संभवत आज वेलुकासम्म उक्त प्रदेशले दोस्रो मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका नेता कृष्ण चन्द्र नेपाली पोख्रेललाई पाउने निश्चित छ ।
गाण्डकी प्रदेश कांग्रेस संसदीय दलका नेता रहेका पोख्रलले हिजो नै प्रदेशका बहुमत सांसदको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउँदै आफुलाई मुख्यमन्त्तीमा नियुक्ति गर्ने दावी प्रस्तुत गरिसकेका छन् ।
दावी प्रस्तुत गर्न आज तीन बजेसम्मको समयसीमा दिएको हुनाले आज तीन बजेपछि मात्र उनलाई नियुक्ती गर्ने वा नगर्ने विषयमा प्रदेश प्रमुखले निर्णय दिने बताइएको छ । अहिलेसम्म पोख्रेलको बहेक अर्को कुनै सदस्यको दावी पनि नपरेको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । आज बेलुका सम्म नेपाली गण्डकी प्रदेशको दोस्रो मुख्यमन्त्री बन्ने देखिन्छ ।
मुख्यमन्त्रीको रुपमा अघि आएका कृष्णचन्द्र नेपालीको चिनारी
२००६ साल मंसिर १३ गते जन्मिएका कृ्ष्ण चन्द्र नेपाली पोख्रेल उमेरले ७१ बर्ष नघि सकेका नेपाली कांग्रेसका पुराना नेताको रुपमा चिनिन्छन् । राजनीतिमा लाग्न पिताबाट प्रेरणा पाएका भएका नेपाली का पिता राणा विरुद्ध कांग्रेसले संचालन गरेको आन्दोलनमा प्रजातन्त्रका सेनानी थिए ।
नेपालीले २०२८ सालबाट कांग्रेस राजनीतिमा प्रवेश गरेका हुन् । नवलपरासीलाई कांग्रेस राजनीति मुख्य थलो बनाएका पोख्रेल २०४८ सालपछि उनी लगातार चार कार्यकाल नवलपरासीको कांग्रेस सभापति भएका थिए । कांग्रेसको १२ औं महाधिवेशनबाट उनी केन्द्रीय सदस्य बने । २०७४ सालको प्रदेश सभा निर्वाचनमा एमाले-माओवादी गठवन्धनका उम्मेदवार सूर्यप्रसाद न्यौपानेलाई ३ सय ८२ मतल पराजित भई पोखरेल गण्डकी प्रदेशसभा सदस्या निर्वाचित भए । त्यसअघि दोस्रो संविधान सभा निर्वाचनमा छिनोमतान्तरले पोख्रेल पराजित भएका थिए ।
नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलमा पोख्रेल सर्वसम्मत चयन भएका नेता हुन । पार्टीमा रामचन्द्र पौडेल निकट भनिएपनि पार्टी सभापति देउवाले पनि उत्तिकै सम्मान गर्ने नेताको रुपमा पोख्रेल रहेका छन् । पोख्रेल प्रजातन्त्रका लागि भएका विभिन्न आन्दोलनमा ५-६ पटक जेल परेका छन् । उनले मानविकी र त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार