म्याग्दीमा बाढीले ७ आवास भवन र २ नर्सरीमा क्षति
नेपालबहस संवाददाता
जेठ २९, २०७८ शनिबार १७:२९:२८
२९ जेठ,म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीको मङ्गलाघाट स्थित सरकारी कर्मचारी आवास क्षेत्रमा शनिबार बिहान बाढी पसेको छ । शुक्रबार साँझदेखि परेको बर्षापछि पाखोबाट आएको बाढी पसेर सात वटा आवास भवन, दुई वटा नर्सरीमा क्षति पुगेको छ । बेनी–अर्थुङ्गे सडकको भल नाली बाहिर बगेर बाढी आउन थालेपछि मंगलाघाट क्षेत्रमा रहेको आठ वटा कार्यालयका भवन र मुस्लिम समुदायको सुकुम्बासी बस्ती जोखिममा परेको छ ।
भु–तथा जलाधार संरक्षण, वन डिभिजन र कृषि ज्ञान केन्द्रका कर्मचारी बस्ने दुई÷दुई वटा आवास भवन, भू–संरक्षण र वन डिभिजन कार्यालयको नर्सरी तथा सँगै रहेको नर्सरीको भण्डारण भवनमा बाढी पसेको छ । सहायक वन अधिकृत नबिन बिश्वकर्माले सात वटा भवनको भुई तलामा बाढी पसेर हिलाम्मे भएको बताए । “राति दुई बजे बाढी आएपछि भागाभाग भयो”, उनले भने “तर्काउने प्रयास गर्दा गर्दै कोठा भित्रै पसेर हिलाम्मे बनायो ।”
वन डिभिजनको बहुबर्षे र भू–तथा जलाधार संरक्षण कार्यालयको नर्सरीका बिरुवा बाढीले पुरेर नष्ट गरेको छ । रोप्नका लागी तयार भएका दुई वटा नर्सरीका एक लाख ५० हजार बिरुवा नष्ट भएका छन् । सो ठाउँमा गत वर्षको भदौमासमेत बाढी पसेको थियो । भू–तथा जलाधार संरक्षण कार्यालय म्याग्दी एकाइका प्रमुख शम्भुकुमार मिश्रले गत वर्षको बाढीले थुपारेको माटो ब्यवस्थापन गरेको तीन दिन नबित्दै पुनः बाढी आएको बताए । “बेनी–महारानी थान खण्डको सडक सुधारका लागि निकालिएको माटो पाखोबाट आएको बाढीले बगाउँदा नयाँ ठाउँबाट बाढी बनेर आवास क्षेत्रमा पसेको छ”, उनले भने, “बाढीको पूर्ण निणयन्त्र नहुँदासम्म जोखिम हुने भएकाले आवास स्थानान्तरण गर्नुपर्ने देखियो ।”
सोही ठाउँमा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको आवास भवन जोखिममा परेपनि क्षति पुगेको छैन् । कृषि ज्ञान केन्द्रको आवास भवन वरपर निर्माण भएको पर्खालले छेकेकाले तुलनात्मक रुपमा कम बाढी पसेको छ । निर्वाचन कार्यालय जाने सडक भत्किएको छ । सरकारी भवन भन्दा पछाडी करिब दश परिवार बसोबास गर्ने मुस्लिम समुदायको सुकुम्बासी बस्ती छ । पाखो र सडकबाट आउने सुरक्षित र व्यवस्थित निकास नगर्ने हो बाढीले क्षति पु¥याउने देखिएको कोष तथा लेखा नियन्त्रक युक्तप्रसाद शर्माले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
लगानीको सुरक्षा गर्न गण्डकी प्रदेश सरकार तयार: मुख्यमन्त्री पाण्डे
कात्तिक २६, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
काठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार