निषेधाज्ञाका कारण समस्यामा परेका विपन्न घरपरिवारलाई राहत वितरण
नेपालबहस संवाददाता
जेठ २९, २०७८ शनिबार १८:१९:१४
२९ जेठ, डोटी । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञाका कारण समस्यामा परेका यहाँका २७ विपन्न घरपरिवारलाई राहतका लागि खाद्यान्न वितरण गरेको छ । दिपायल सिलगढी नगरपालिकाको समन्वयमा गैरसरकारी संस्था प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले निषेधाज्ञाका समयमा हातमुख जोर्न समस्यामा परेका घरपरिवारलाई खाद्यान्नलगायतका स्वास्थ्य सामग्री वितरण गरेको हो ।
उनीहरुलाई प्रतिपरिवार एक बोरा चामल, दुई किलो दाल, दुई किलो नुन, साबुन, स्यानिटाइजर, दुई लिटर खानेतेल, मास्कलगायतका सामग्री वितरण गरिएको प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपालका राष्ट्रिय स्रोत व्यक्ति लोकबहादुर थापाले जानकारी दिए ।
यसैगरी उक्त संस्थाले जिल्ला अस्पताललाई समेत कोरोना महामारीबाट बच्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । जिल्ला अस्पताललाई पाँचवटा पल्स अक्सोमिटर, २० पिपिई सेट, १० डिजिटल थर्मोमिटर, एक थान थर्मलगन, पाँचवटा स्टिमर, पाँच जोर गमबुट, ५० वटा फेसशिल्ड, १० बोतल स्यानिटाइजर, दुई हजार सर्जिकल मास्कलगायतका सामग्री हस्तान्तरण गरिएको अस्पतालले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
कोशी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष ६, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ६, २०८१ शनिबार
बाजुरामा बिहानै ५ रेक्टरको भूकम्पको धक्का
पुष ६, २०८१ शनिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार