मंगल ग्रहमा चिनियाँ रोभरले खिचेका तस्बिरहरु सार्वजनिक
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
जेठ २९, २०७८ शनिबार २३:६:३५
![](https://nepalbahas.prixacdn.net/media/albums/marspicchina1_qSxY6VNzAQ.jpg)
२९ जेठ, काठमाडौं । अमेरिका पछि मंगल ग्रहको सतहमा रोभर अवतरण गराउने दोस्रो मुलुक बनेको चीनले त्यहाँका तस्बिरहरु सार्वजनिक गरेको छ । चिनियाँ झन्डा अंकित मंगल ग्रहको सतहमा गुडिरहेको चुरोङ रोभरले खिचेका तस्बिरहरु चाइना नेसनल स्पेस एड्मिनिस्ट्रेसन ‘सीएनएसए’ले ले सार्वजनिक गरेको हो ।
मंगल ग्रहको सतहका साथै मार्सियन सतहमा रोभरले सेल्फी लिएको तस्बिर समेत सीएनएसएले एक कार्यक्रमका बीच सार्वजनिक गरेको हो । एउटा तस्बिरमा रोभरले सेल्फी लिएको, अर्को तस्बिरमा अवतरण गर्ने बेलामा रोभरको प्लेटफर्मलगायतका तस्बिरहरु छन् ।
गत बिहीबार अमेरिकाको एरिजोना विश्वविद्यालयले मंगल ग्रहको सतहमा रहेको चीनको चुरोङ रोभरको स्याटेलाइट तस्बिर सार्वजनिक गरेको थियो । करिब सात महिनाको अन्तरिक्ष यात्रापछि रोभर गत मेमा मंगल ग्रह पुगेको थियो ।
मंगल ग्रहको कक्षमा तीन महिनासम्म परिक्रमा गरेर चुरोङ रोभर त्यहाँ पुगेको थियो । चिनियाँ भाषामा चुरोङको अर्थ पौराणिक अग्नि र युद्धको देवताको रुप हो । रोभरले ९० मार्सियन दिनसम्म काम गर्ने अपेक्षा लिइएको छ ।
सन् २०२०को जुलाईमा चीनले मंगल ग्रह तियान्वेन-१ मिसन सञ्चालन गरेको थियो । चीनको यो सफलतालाई अन्तरिक्ष खोजमा ठूलो सफलताको रुपमा लिइएको छ । चीनले तियान्वेन मिसनबारे थोरै जानकारी मात्र सार्वजनिक गरेको छ । तर यो रोभरले मंगल ग्रहको सतहको नक्सांकन र त्यहाँ जीवको अस्तित्वको खोज गर्नेछ । तियान्वेन(१ यानमा एउटा अर्बिटर, ल्यान्डर र रोभर छ । अघिल्लो वर्ष प्रक्षेपण भएपछि तियान्वेन(१ले धेरै मात्रामा वैज्ञानिक तथ्यांक संकलन गरिरहेको चीनले जनाएको छ ।
चीनको यो रोभर मंगल ग्रहको उत्तरी गोलार्धस्थित युटोपिया प्लेनेसिया भू-भागमा अवतरण गरेको थियो । त्यहाँबाट पृथ्वीमा रेडियो सन्देश पुर्याउन करिब १८ मिनेट लाग्छ । पृथ्वी र मंगल ग्रहबीचको दूरी ३२ करोड किलोमिटर छ ।
चिनियाँ मंगल मिसनलाई अन्तरिक्ष अन्वेषणको एक महत्वपूर्ण हिस्साको रुपमा लिइएको छ । सन् २०२० मा चिनियाँ यानले चन्द्रमामा अवतरण गरेर केही नमुना लिएर पृथ्वीमा फर्किएको थियो । उक्त मिसनपछि अमेरिका र सोभियत युनियनपछि चन्द्रमाबाट लुनर नमुना लिएर फर्कने तेस्रो मुलुक बनेको थियो ।
चीनको चुरोङ रोभरका अलावम यो वर्ष मंगल ग्रहमा नासाको पर्सिभरेन्स रोभर पनि अवतरण गरेको थियो । गत फेब्रुअरी १८मा पर्सिभरेन्स रोभरले मंगल ग्रहको सतहलाई छोएको थियो । हाल उक्त रोभरले मंगल ग्रहमा खोज तथा अनुसन्धान गरिरहेको छ । पर्सिभरेन्स रोभर मंगल ग्रहमा रहेको सय दिनको अवसर पारेर नासाले तस्बिरहरु समेत सार्वजनिक गरेको थियो । उक्त रोभरसँगै मंगल ग्रहमा पठाइएको इन्जिन्युटी हेलिकप्टरको पनि सफल परीक्षण भएको
सन् २०२१को फेब्रुअरीमै यूएईको होप यान मंगल ग्रहको कक्षमा प्रवेश गरेर नयाँ कीर्तिमान कायम गरेको थियो । यूएई मंगल ग्रहको कक्षमा आफ्नो यान पुर्याउने यूएई संसारको पाचौं मुलुक बनेको छ । उक्त यान मंगल ग्रहलाई परिक्रमा गरेर त्यसको वायुमण्डल अध्ययन गर्नका लागि तयार गरिएको थियो ।
यसैबीच चीनले अन्तरिक्षमा निर्माण गरेको आफ्नै नयाँ अन्तरिक्ष केन्द्रमा अन्तरिक्ष यात्रीहरु पठाउन रकेट तयार भएको जनाएको छ । यो रकेट अर्को साता अन्तरिक्षतर्फ पठाइने तयारी चीनले गरेको छ ।
चीनले पहिलो पटक तीन जना अन्तरिक्ष यात्रीलाई नयाँ अन्तरिक्ष केन्द्रमा पठाउँदैछ । उनीहरु तीन महिना अन्तरिक्षमा रहने छन् । उनीहरुले त्यहाँ रहँदा अन्तरिक्ष केन्द्र बाहिर हिँड्ने ‘स्पेसवाक’०, निर्माण र मर्मतका साथै वैज्ञानिक अनुसन्धान गर्नेछन् ।
तियान्हे नाम दिइएको नयाँ अन्तरिक्ष केन्द्रको मुख्य खण्ड गत अप्रिल २९ मा अन्तरिक्षमा पठाइएको थियो भने गत महिना अन्तरिक्ष यात्रीका लागि आवश्यक इन्धन, खाद्यान्न र उपकरण बोकेको कार्गो रकेट पठाइएको थियो ।
लङ मार्च–२एफ वाई१२ रकेटलाई बुधबार चीनको उत्तरपश्चिम स्थित जिक्वान स्याटेलाइट लन्च सेन्टरमा पठाइएको छ । यो रकेटले सम्भवतः आगामी बुधबार अन्तरिक्ष यात्रीहरुलाई अन्तरिक्षमा पठाउने बताइएको छ ।
चिनियाँ अन्तरिक्ष इन्जिनियरिङ कार्यालयले अर्को वर्षको अन्त्यसम्ममा ११ वटा रकेट प्रक्षेपण गर्नेछ जसले दुई वटा प्रयोगशाला मोड्युलहरु अन्तरिक्षमा पठाउने छ । हाल तियान्हेको वजन करिब ७० टन छ । चीनले चार पटक अन्तरिक्ष यात्रीहरु अन्तरिक्षमा पठाउने योजना बनाएको छ ।
चीनले पठाउन लागेका अन्तरिक्ष यात्रीहरुमा वरिष्ट अन्तरिक्ष यात्रीहरु, नयाँ व्यक्तिहरु र महिलाहरु पनि रहेका छन् । चीनले यसअघि ११ जना यात्रीलाई अन्तरिक्षमा पठाइसकेको छ जसमा सबैजसो चीनको सेनाका पाइलटहरु रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वको सबैभन्दा शक्तिशाली अन्तरिक्ष स्टारशिपको चौथो परीक्षण सफल
जेठ २६, २०८१ शनिबार
पर्वतका विद्यार्थी ड्रोन बनाएर आकाशमा उडाउन सफल
जेठ १७, २०८१ बिहिबार
जापानका अनुसन्धानकर्ताद्वारा विश्वको पहिलो काठको उपग्रह निर्माण
जेठ १६, २०८१ बुधबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
कोशी प्रदेशमा दश वर्षमा चट्याङ लागेर दुई सय ५४ जनाले ज्यान गुमाए
असार ३, २०८१ सोमबार
साउदी अरबमा अत्यधिक गर्मीका कारण १४ हजयात्रीको मृत्यु
असार ३, २०८१ सोमबार
'माया बस्यो' भन्दै आए सुरेश र डा.एलिया
असार ३, २०८१ सोमबार
ग्लोबल आइएमई बैंकका ग्राहकलाई होटेल आइकावाका विभिन्न सेवामा विशेष छुट
असार ३, २०८१ सोमबार
भारतमा रेल दुर्घटनामा परी पाँच जनाको मृत्यु
असार ३, २०८१ सोमबार