उपत्यकामा पानीको अभाव हुन नदिन तयारी सुरू
नेपालबहस संवाददाता
जेठ ३०, २०७८ आइतबार १३:३:२
३० जेठ, काठमाडौं । काठमाडौं उपत्यकावासीले असार र साउन महिनामा मेलम्चीको पानी नपाउने भएका छन् । मेलम्ची खानेपानी विकास समितिद्वारा असार १ गतेदेखि मेलम्चीको सुरुङ निरीक्षण थालिने भएकाले मेलम्चीको पानी आपूर्ति बन्द हुने भएको हो ।
सुरुङमा तीन महिना पानी बगिसकेपछि पुनः परीक्षण गर्नुपर्ने भएकाले पानी बन्द गरिने भएको हो । सुरुङमा पानी सुकाएपछि विज्ञहरूले सुरुङको निरीक्षण र परीक्षण गर्नेछन् । विज्ञहरूको निरीक्षण प्रतिवेदनका आधारमा थप काम गर्नुपर्ने पनि हुनसक्ने समितिका सूचना अधिकृत राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । उनले भने, “असार १ गतेदेखि सुरुङमा पानी सुकाएर सबै निरीक्षण गर्दैछौँ । यो पूर्वकार्यतालिका बमोजिम नै हो।”
उनका अनुसार सुरुङ परीक्षण गर्न करिब १५ दिन लाग्ने छ । निरीक्षणपछि सबै कुरा ठीक रहे फेरि सुरुङमा पानी भर्न १५ दिन लाग्ने छ । सामान्य अवस्थामा ४५ दिनमा सबै काम पूरा हुनेछ । विज्ञहरूले समस्या देखे भने वा थप सुझाव दिए भने अरू काम गर्नुपर्ने पनि हुन सक्छ नत्र सामान्य अवस्थामा करिब ४५ दिनमा सकिने छ ।
वर्षात्मा पानीको अभाव कम हुने भएकाले असार र साउनमा सुरुङ परीक्षणका लागि कार्यतालिका बनाइएको पन्तले जानकारी दिए। मेलम्चीको पानी नआएको यो अवधिमा काठमाडौं उपत्यकामा पानीको अभाव हुन नदिन बागमती नदीको पानी प्रशोधन गरेर दैनिक चार करोड लिटर उत्पादन गर्ने तयारी भइरहेको समितिले जनाएको छ।
दोस्रो आयोजनाअन्तर्गत याङ्री र लार्के खोलाको पानी पनि मेलम्चीकै सुरुङबाट काठमाडौं उपत्यका भिœयाउन थप पूर्वाधार निर्माणका काम भइरहेका छन् । हाल मेलम्चीदेखि याङ्री खोलाको हेडवक्र्स निर्माण स्थलसम्मको सडक निर्माण भइरहेको छ । २५ किलोमिटर यो सडकमध्ये १५ किलोमिटर पहिल्यै ट्र्याक खोलिएको थियो भने अन्य काम अहिले भइरहेको पन्तले जानकारी दिए ।
आर्थिक वर्ष २०७७/७८ मा याङ्री र लार्के खोला आयोजनाका लागि तीन अर्ब ८१ करोड रुपियाँ विनियोजन गरिएको थियो । पहुँचमार्ग निर्माणमा ढिलाइ भएकाले टेन्डर प्रक्रियामा समेत जान नसकेपछि सो रकम खर्च भएको छैन । आगामी आर्थिक वर्षमा यसका लागि दुई अर्ब ९७ करोड रुपियाँ विनियोजन भएको छ ।
करिब २५ अर्ब रुपियाँ लागत अनुमान गरिएको याङ्री र लार्के खोला आयोजनाका लागि लगानीकर्ताको पहिचान हुन नसक्दा पनि ढिलाइ भएको समितिले जनाएको छ । पहुँचमार्ग आगामी वर्षसम्म सम्पन्न भए अर्को वर्ष खरिद प्रक्रियामा जान सकिने समितिको दाबी छ । मुआब्जा वितरणको काम पनि अन्तिम चरणमा पुगेकाले पहुँचमार्ग सम्पन्न हुनासाथ काम सुरु गर्न सकिने छ । कुन प्रविधिबाट सुरुङ खन्ने भन्ने कुराले पनि समयको निर्धारण गर्ने छ । गाेरखापत्रबाट
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबर्दियामा हावा हुरीले एफएमको टावर ढल्यो, दर्जनौं घरको छाना उडायो
असार ७, २०८१ शुक्रबार
सरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार