वृद्धभत्ता बुझ्न बैंक खाता अनिवार्य, खातामार्फत मात्रै वितरण गर्न निर्देशन !
नेपालबहस संवाददाता
जेठ ३०, २०७८ आइतबार १८:११:१३
३० जेठ, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सामाजिक सुरक्षा भत्ता बैंकिङ्ग प्रणालीबाट मात्र वितरण गर्न, गराउन सबै स्थानीय तहलाई निर्देशन दिएको छ । मन्त्रालयको यो निर्देशन सँगै अब वृद्ध भत्ता लगायतका सबै प्रकारका सामाजिक सुरक्षा भत्ता बुझ्न लाभग्राहीले अनिवार्य बैंकमा खाता खोल्नु पर्ने भएको छ ।
मन्त्रालयले एक परिपत्र जारी गर्दै सबै स्थानीय निकायहरुलाई सम्वन्धित लाभग्राहीको बैंक खातामार्फत मात्रै सामाजिक सुरक्षा भत्ता वितरण गर्न गराउन निर्देशन दिएको हो ।
यसअघि नै सामाजिक सुरक्षा भत्ता बैंकिङ्ग प्रणालीबाट वितरण गर्ने सम्वन्धी ब्यवस्था भएपनि केही स्थानीय तहबाट नगद रकम निकाली लाभग्राहीहरु नगद नै वितरण गर्ने गरेको र नगद रकम वितरण गर्ने कर्मचारीबाट आर्थिक अनियमितता र दुरुपयोग र हिनामिना समेत हुने गरेको विषय विगतका लेखापरिक्षण प्रतिवेदनबाट देखिन आएकोले अब लाभग्राहीको बैंक खातामार्फत मात्र उक्त भत्ता वितरणको ब्यवस्था मिलाउन मन्त्रालयद्वारा जारी परिपत्रमा निर्देशन दिइएको छ ।
कतिपय स्थानीय तहले भने मन्त्रालयको यो निर्देशन अव्यवहारिक रहको भन्दै विरोध गरेका छन् । सबैं स्थानीयत तहमा सहज रुपमा बैंकिङ्ग सुविधा वा पहुँच नभएको भन्दै कोभिडको जोखिममा वृद्धवृद्धा लागि बैंक खाता खोल्न जाउँ भन्न सकिने अवस्था नरहेको मन्त्रालयको निर्देशन ब्यवहारिक कार्यान्वयनका लागि सहज नभएको यसले कोभिड १९ महामारीको जोखिम थप बढाउन सक्ने जनप्रतिनिधिहरुले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअब हिंसाका तथ्याङ्क र घटना कम गर्न आवश्यक छ : महानगर प्रमुख महर्जन
मंसिर १०, २०८१ सोमबार
लोप हुन थालेको ‘बुट्टेनली’ संरक्षणको प्रयास
मंसिर १०, २०८१ सोमबार
मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने शहरबीच भगिनी सम्बन्ध
मंसिर ९, २०८१ आइतबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
पुल नबन्दा स्थानीयलाई सास्ती
मंसिर १०, २०८१ सोमबार
पाँचखालमा ‘सेज’ निर्माण सुस्त
मंसिर १०, २०८१ सोमबार
आज पनि हेर्न नभ्याइनेमा पर्यो जग्गादानविरुद्धको रिट
मंसिर १०, २०८१ सोमबार
अफगानिस्तानमा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
बारुती सुरुङ खतराका लागि सबैभन्दा जोखिम युक्त देश म्यानमा : राष्ट्रसंघ
मंसिर १०, २०८१ सोमबार