निषेधाज्ञाका कारण लक्ष्य अनुसार गहुँ खरीद हुन सकेन
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_q7JcPhruJc.jpeg
)
नेपालबहस संवाददाता
जेठ ३०, २०७८ आइतबार १८:४१:३६
![](https://nepalbahas.prixacdn.net/media/albums/gahu_ml3yh6eMZw.jpeg)
३० जेठ,वीरगञ्ज । सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले लामो समयदेखि लागेको निषेधाज्ञाका कारण गहुँ खरीद गर्न नसक्दा सङ्घीय सरकारले तोकेको लक्ष्य प्राप्ति हुन सकेको छैन ।
सङ्घीय सरकारले सो कार्यालयलाई किसानबाट समर्थन मूल्यमा प्रतिक्विन्टल रु तीन हजार १११ का दरले तीन हजार क्विन्टल गहुँ खरीद गर्ने लक्ष्य दिएकामा गत वैशाख १६ गतेदेखि जारी रहेको निषेधाज्ञाका कारण हालसम्म २१६ क्विन्टल गहुँमात्र खरीद गर्न सकिएको कार्यालय प्रमुख विकास कटुवालले बताए ।
एक त लामो समयदेखि जारी रहेको निषेधाज्ञाका कारण किसान गहुा बेच्न कार्यालयमा आउन नसकेको तथा दोस्रो मैदा मिलले ग्रामीण क्षेत्रका किसानको घरमै गएर गहुँ खरीद गर्न थालेपछि सङ्घीय सरकारले तोकेको लक्ष्य प्राप्ति हुन नसकेको सूचना अधिकारी मुनिलाल कुशवाहाले बताए । सरकारले गहुँ खरीदको समर्थन मूल्य तोके पनि निजीस्तरका मैदा मिलले सोही मूल्यमा गहुँ खरीद शुरु गरेकाले पनि लक्ष्य प्रभावित भएको सो कार्यालयले जनाएको छ ।
गत वर्षको तुलनामा पर्सामा यस वर्ष रु १६ करोड २० लाख ८३ हजार १०० मूल्य बराबर पाँच हजार २१० मेट्रिक टनभन्दा बढी गहुँ उत्पादन भए पनि कार्यालयले लक्ष्य प्राप्ति गर्न नसक्नुको प्रमुख कारण लामो समयदेखि लागेको निषेधाज्ञाले किसान बजारसम्म आउन नसक्नु नै भएको बताइन्छ ।
यस वर्ष जिल्लामा किसानले २६ हजार ५०० हेक्टर क्षेत्रफलमा गहुँ खेती गरेकामा ८५ हजार ९६५ मेट्रिक टन गहुँ उत्पादन गरेको छ । यस वर्ष प्रतिहेक्टर तीन दशमलव तीन मेट्रिक टन उत्पादन भएको बताइएको छ ।
किसानले गहुँ खेती गर्दा उन्नत जातको बीउ प्रयोग गरेको, समयमै सिँचाइ सुविधा उपलब्ध भएको र समयमै मल खाद्य उपलब्ध भएकाले गत वर्षभन्दा यस वर्ष पाँच हजार २१० मेट्रिक टनभन्दा बढी गहुँ उत्पादन भएको बाली विकास अधिकृत सुरेशकुमार चौरसियाले बताए ।
अघिल्लो आवमा पर्साका किसानले २६ हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती गरेकामा ८० हजार ६०० मेट्रिक टन गहुँ उत्पादन गरेको थियो । धान खेतीभन्दा बढी आम्दानी गहुँ खेती गरेर लिने गरेकाले पर्सामा ८५ प्रतिशत किसान गहुँ खेतीमा संलग्न भई आर्थिक लाभ लिन थालेका छन् ।
किसानले यस वर्ष विजय एनएल ९७१ र श्रीराम ३०३ जस्ता उन्नत जातका गहुँ खेती गरेको थियो । किसानले उत्पादन गरेको गहुँमध्ये ५० प्रतिशत बिक्री गर्ने गरेको र बाँकी गहुँ वर्षभरि आफैं खानका लागि राख्ने गरेका छन् ।
पर्साका किसानले यस वर्ष दलहन बालीतर्फ तीन हजार ६१० हेक्टरमा मुसुरो खेती गरी पाँच हजार ७७६ मेट्रिक टन उत्पादन गरेको छ भने ९० हेक्टर क्षेत्रफलमा खेसारीको खेती गरी १६२ मेट्रिक टन उत्पादन गरेको छ । यसैगरी राजमा पाँच हेक्टर क्षेत्रफमा खेती गरी १४ मेट्रिक टन उत्पादन गरेको छ । त्यस्तै किसानले रहर १५ हेक्टर क्षेत्रफलमा खेती गरी १५ मेट्रिक टन उत्पादन गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचितवनको गाजर र चुकन्दर जर्मनी निर्यात
फागुन ४, २०८१ आइतबार
तोरीखेतीतर्फ आकर्षित हुँदै भद्रपुरका किसान
फागुन ३, २०८१ शनिबार
प्रणय दिवसका अवसरमा टीकापुरलाई गुलाबको सहर बनाउन अभियान सुरु
फागुन २, २०८१ शुक्रबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
काठमाडौं बन्यो विश्वकै चौथो प्रदूषित शहर, दिल्ली शीर्ष स्थानमा
फागुन ५, २०८१ सोमबार
विपन्न महिलालाई अनुदानमा सिलाइ मेसिन वितरण
फागुन ५, २०८१ सोमबार
बारामा सुधार केन्द्रभित्रै कुटपिट गरी एक युवाको हत्या
फागुन ५, २०८१ सोमबार
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताः नेपाल र किर्गिस्तान खेल्दै
फागुन ५, २०८१ सोमबार
वित्तीय सुशासन जोखिम मूल्यांकन : दोधारा चाँदनी नगरपालिका नतिजाविहीन
फागुन ५, २०८१ सोमबार
आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
फागुन ५, २०८१ सोमबार