गण्डकी प्रदेश सरकारको प्राथमिकतामा पूर्व मुख्यमन्त्रीलाई सेवा सुविधा ? [ भिडियाेसहित ]
नेपालबहस संवाददाता
जेठ ३०, २०७८ आइतबार १९:४८:३७
३० जेठ, काठमाडौं । लामो रस्साकस्सीपछि फेरिएको गण्डकी प्रदेश सरकारको प्राथमिकता के होला ? हिजै मात्र मुख्यमन्त्री बनेका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली भन्छन्– कोरोना नियन्त्रण ।
कोरोना नियन्त्रणको नारा यसअघिको पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारले पनि दिएको हो । तर नियन्त्रणका लागि ठोस काम गर्न सकेन । यद्यपि यो समस्या एउटा प्रदेश सरकारको एकल पहलले मात्र सम्भव पनि छैन ।
आज नयाँ मन्त्रिपरिषदको पहिलो बैठक बस्यो । निर्णय भने पूर्वमुख्यमन्त्रीहरुलाई सेवा सुविधा दिनेबारे गरियो । सरकारले गरेको यो निर्णयलाई पहिलो गाँसमै ढुँगो भने के होला ? भूतपूर्व मुख्यमन्त्रीको सेवासुविधा निर्धारण गरिनु गलत होइन । तर पहिलो क्याबिनेटले नै यस्तो निर्णय गर्नु कति जायज हो ? प्रश्न यो मात्रै हो ।
प्रदेश सरकारले असार १ गते प्रदेशसभामा वार्षिक बजेट पेश गर्नैपर्ने व्यबस्था छ । त्यसका लागि पनि नयाँ सरकारले ध्यान दिनुपर्ने हो ।किनभने अबको दुई दिनमै यो जिम्मेवारी सरकारले पूरा गर्नुपर्ने छ । अर्थ मन्त्रालयको जिम्मेवारी पनि अहिले मुख्यमन्त्री नेपालीकै जिम्मा छ । उनले नै प्रदेशसभामा बजेट भाषण गर्नुपर्ने अवस्था रहेको छ । पहिलो क्याबिनेट बैठकले यस्ता विषयमा ध्यान केन्द्रित गरेको भए राम्रो हुने थियो ।
राजमो सरकारमा नजाने
नयाँ सरकार बनाउन निर्णायक भूमिका खेलेको राष्ट्रिय जनमोर्चा नेपाल सत्तामा नजाने भएको छ । आज मात्रै पार्टी अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गर्दै आफ्नो पार्टी सरकारमा नजाने प्रष्ट पारेका छन् । तर सरकारलाई समर्थन भने दिने उनको भनाई छ । सरकारले निकट भविष्यमा लिने विश्वासको मत दिने उनले जनाएका छन् ।
सरकारलाई सधैं समर्थन दिनेबारे भने राजमोले शर्त तेस्र्याएको छ । गुण र दोषका आधारमा सरकारलाई समर्थन वा विरोध गरिने छ – अध्यक्ष केसीले उल्लेख गरेका छन् । तर प्रतिगमनका मतियारहरुलाई भने सत्ताबाट बढारिएको भन्दै उनले प्रसन्नता प्रकट गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार