वाल्मीकि विद्यापीठमा स्मार्ट कक्षा शुरु हुँदै
नेपालबहस संवाददाता
जेठ ३०, २०७८ आइतबार १९:५४:४९
३० जेठ,काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमणबाट बच्न जारी निषेधाज्ञाका बेला विद्युतीय कक्षामा सहभागी हुन नसक्ने प्राध्यापक एवं विद्यार्थीका लागि वाल्मीकि विद्यापीठले स्मार्ट कक्षा निर्माण शुरु गरेको छ ।
पहिलो चरणको कोरोनाबाट बच्न २०७६ साल चैत ११ गते बन्दाबन्दी जारी गरिएदेखि नै विद्यापीठले विद्युतीय कक्षा शुरु गरेको थियो । विद्युतीय कक्षामा भौतिक कक्षामा भन्दा ४० प्रतिशत कम विद्यार्थी सहभागी भएपछि विद्यापीठमा स्मार्ट कक्षा निर्माण शुरु गरिएको प्राचार्य भागवत ढकालले जानकारी दिए । विद्यापीठका ६० प्रतिशत विद्यार्थीले भने नियमितरुपमा विद्युतीय माध्यमबाट कक्षा लिइरहेका छन् ।
घरमा इन्टरनेट सुविधा नहुने प्राध्यापक एवं विद्यार्थीका लागि क्याम्पसमा उपकरणसहित स्मार्ट कक्षाको व्यवस्थाले सहयोग पुग्ने विश्वास गरिएको छ । विद्यापीठमा हाल शास्त्री र आचार्यको पठनपाठन हुन्छ । शास्त्रीमा १३ आधुनिक विषयसहित १७ संस्कृतका शास्त्रीय विषयमा पठनपाठन गरिन्छ । हाल विश्वविद्यालयले चारवर्षे शास्त्री कक्षा सञ्चालन गरिरहेको छ । आचार्यमा भने संस्कृतका १७ वटा शास्त्रीय विषयमा अध्यापन भइरहेको छ ।
संस्कृतमा शास्त्री ९स्नातक० पढ्न चाहनेका लागि संस्कृत भाषा प्रशिक्षण प्राक्– शास्त्रीको समेत व्यवस्था गरिएको छ । हाल प्राक् शास्त्रीमा ४०० विद्यार्थी अध्ययन गरिरहेका छन् । यसैगरी विद्यापीठले कर्मकाण्ड प्रशिक्षण पनि दिइरहेको छ । कर्मकाण्ड प्रशिक्षणमा हाल ८६ विद्यार्थी रहेको प्राचार्य ढकालले जानकारी दिए । यसैगरी विद्यापीठले योग तथा प्राकृतिक चिकित्सा विषयका कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । सबै तहमा गरी एक हजार विद्यार्थी विद्यापीठमा अध्ययन गरिरहेका छन् ।
विद्यापीठले सोमबार ७०औँ वार्षिकोत्सव जुम प्रविधिबाट नै मनाउन निर्णय गरेको छ । पूर्वसभामुख एवं नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सोमबार अपराह्न ४ः०० बजे जुम प्रविधिबाट वार्षिकोत्सव मनाउने तयारी गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार