कोरोनाले फेरेको सोच
नेपालबहस संवाददाता
जेठ ३०, २०७८ आइतबार २१:१०:३९
कोरोना कहरको दोस्रो लहर जारी छ । यो लहरले नेपालमा धेरै नै क्षति पु¥यायो । संक्रमित हुने मात्र नभई ज्यान गुमाउनेको संख्या पनि ह्वात्तै बढ्यो । पहिलो लहरका बेला खासै क्षति नपुगेको भन्दै गरिएको लापरबाहीकै परिणाम हो यो खति । खासगरी युवा पुस्तामा संक्रमण र मृत्यु बढी भयो । त्यसैले यसबाट नेपालीले ठूलो पाठ पढेका छन् ।
कोरोनाको नकारात्मक पक्ष धेरै देखिए । यस्तो रोग पनि आउला भन्ने धेरैले अनुमान नै गरेका थिएनन् । मान्छेदेखि मान्छे नै डराउनुपर्ने, विचित्रको रोग । स्वास्थ्य क्षेत्रमा मात्र होइन कोभिडले आर्थिक र सामाजिक सम्बन्धलाई समेत हायलकायल बनायो । तर कतिपय पक्ष भने यसबाट नेपाली समाजले सिक्ने मौका पनि पायो ।
संसारमा सबै पक्षको दुई पाटा हुन्छन् – सकारात्मक र नकारात्मक । रातपछि दिन आए जस्तै नराम्रोसँगै राम्रा पक्षसमेत रहेका हुन्छन् ।कोभिडका नराम्रा पक्षको बारेमा सबैले धेरै चर्चा परिचर्चा गरेका छन् । तर यसका केही सकारात्मक पक्ष पनि छन्, जसका बारे खासै बहस गरिंदैन । तर आज म भने कोभिडका केही सकारात्मक पक्ष केलाउने प्रयास गर्दैछु । कोभिडले सताउँदा मात्रै कतिपय कुरा हाम्रो समाजले स्मरण गरेको छ ।
कोरानाले फर्काएको चेत भन्ने शिर्षकमा मैले लेखेको लेखमार्फत यसका बारेमा उल्लेख गरी सकेको थिए । खासगरी पूर्वीय संस्कृति र संस्कारका कुरा । हाम्रा पुर्खाले सधैं नमस्कार गरे । आदरभाव झल्काउन यो भन्दा उपयुक्त र सुरक्षित तरिका अरु रहेनछ । कोरोना कहरले त्यो प्रष्ट पारिदियो । हस्तमिलन र अंकमाल हाम्रो संस्कार होइन । किनभने यो नै रोगको मूल जड हो भन्ने पुरानो पुस्ताले सायद अनुभूति गरिसकेको थियो ।
हामी भने पश्चिमा संस्कार र संस्कृतिबाट बढी अनुप्राणित देखियौं । त्यसैले नमस्कार भन्दा हस्तमिलन र अंकमाललाई नै जीवनको अभिन्न अंग बनाउन खोज्यौं । तर अहिले कोरोनासँग बच्न आखिर यही नै अचुक ओखती देखियो । आज संसारभरि नै नमस्कार संस्कृतिको विकास भइरहेको छ । यसबाट हामीले त आफ्नोपनको स्मरण मात्र गरेका छौं भने पश्चिमाहरुले चाहिं हाम्रो संस्कृति अनुसरण गर्न बाध्य भएको देखिन्छ । डोनाल्ड ट्रम्प जस्तो अहंकारी अमेरिकी राष्ट्रपतिले समेत नमस्कार नै गर्नुपर्ने अवस्था बन्यो । संसारभरिका ठूला भनाउँदाको दैनिकी अब नमस्कारबाटै अगाडि बढ्न थालेको छ ।
अर्काे महत्वपूर्ण कुरा विदेश मोह । नेपालमा पछिल्लो समय बालबच्चालाई विदेश पठाउने होडबाजी नै चलेको छ । आज कुनै यस्तो घर छैन होला, जसका बच्चा विदेशमा नपुगेका हुन् । हुनेखानेका बच्चा युरोप अमेरिकामा छन् भने हुँदाखानेका बालबच्चा चाहिं खाडी र मलेसियामा । अझ हुनेखानेका लागि आफ्नो बच्चा विदेशमा छ भन्दा सामाजिक प्रतिष्ठा नै चुलिएको जस्तो भान हुने गरी घिरौंला जत्रो नाक फुलाउने प्रचलन छ । तर कोरोनाको दोस्रो लहरले धेरैको मनोभाव परिवर्तित गरिदिएको छ । धेरै अभिभावकलाई आफ्ना बच्चा विदेश पठाएकोमा पश्चाताप परेको पनि छ । आफू संक्रमित हुँदा एक गिलास पानी तताएर दिने मानिससमेत पाएनन् धेरैले ।
कोरोना भन्ने वित्तिकै छरछिमेकसमेत तर्सने अवस्था देखियो । आफ्नै परिवारका सदस्यबाहेक अरुले खासै ध्यानसमेत दिएनन् । संकटका बेला आफन्त नै चाहिने अझ छोराछोरी नै भन्ने चेत धेरैमा खुलेको छ । छोराछोरी सँगै हुँदा मानिस मनोवैज्ञानिक रुपले समेत बलियो हुने रहेछ । अहिले धेरै अभिभावकले यस्तो अनुभूति गरे । एउटा उदाहरण दिउँ–मेरा एकजना छिमेकीका एक छोरा अमेरिका अनि छोरी अष्ट्रेलिया बस्छन् । बिहान मोर्निङ वाक गर्दा उनी सधैं फूर्ति गर्ने ।
बर्सेनि अमेरिका र अष्ट्रेलिया जाने उनको रुटिन नै बनिसकेको । त्यसैले वाक गर्दा सधैं अमेरिका र अष्ट्र्ेलिया बस्ने छोरा र छोरीको बखान गर्ने । कतिपय बेला त दिक्कै लाग्ने गरी कथा हाल्थे बूढा । तर यस बीच उनी सपत्नी कोरोनाको चपेटामा परे । घरमा बस्ने भाडावालसमेत बाहिर गएको अवस्था । कोरोनाले थलिएका बेला उनीहरुलाई सहयोग गर्ने मान्छे नै भएन । अवस्था कतिसम्म भने भान्छासम्म पुगेर तातोपानी उमाल्न सक्ने हूति पनि थिएन रे बूढाबूढीको ।
अहिले त उनी निको भइसके । तर हिजो आज भने उनका कुरा फेरिएका छन् । कोरोनाले उनको सोच खोल्यो रे । भन्न थालेका छन्– बेकार रहेछ विदेश पठाउनु । कम्तिमा मर्ने बेला त छोराछोरीको मुख हेर्न पाइयोस् । अब भने उनी छोरा र छोरीलाई नेपालमै बोलाउने पक्षमा छन् । त्यस्तै कतिको परीवारका सदस्यहरु सबै बिदेश आफु नेपालमा बिरामी परे रेखदेख गर्ने कोही भएन्न कारण मृत्ववरण गर्नु पर्यो उनका ती सपना आफ्ना छोरा छोरीले आफु अशक्त भएका बेला सेवा गर्ने छन र मृत्यू पश्चात मुखमा जल हालिदेलान भन्ने थियो तर छोरा छोरीलाई सात समून्द्र पारी पठाएर त्यो आशा गर्नु वेकार थियो तिनले । यी त एउटा प्रतिनिधि घटना मात्रै हून । यस्ता अनगिन्ती घटना छन् हाम्रो समाजमा ।
नेपालमा गर्दा के हुँदैन । नेपालको प्राकृतिक सौन्दर्य हेर्न लाखौं विदेशी पर्यटक आउँछन् । हावापानी भनौं वा उर्वर भूमि अब्बल छ । गर्दा सबै हुन्छ । आफ्ना खेतबारी बाँझै राखेर हाम्रा बालबच्चा खाडीमा खेती गर्न अभिशप्त छन् । त्यहाँ गर्ने मेहनत नेपालमै गर्ने हो भने अझै बढी फाइदा उठाउन सकिन्छ । तर हामी त्यसका लागि तयार छैनौं । जापान होस् वा युरोप अमेरिका गएर बरु भाँडा नै माझ्ने तर नेपाल बसेरै उद्यम नगर्ने हाम्रो संस्कार हो ।
अब भने यो पुरातनवादी सोचमा थोरै बदलाव आएको छ । यही मौका हो सरकारले विचार पु¥याउने । साँच्चै नै नेपाललाई समृद्ध बनाउने हो भने श्रम हैन उत्पादन बेच्ने योजना बनाउनु आवश्यक छ । विदेशमा श्रम बेचेर जति कमाइन्छ, स्वदेशमै उद्यम गर्दा उत्पादन बढाएर त्यो भन्दा बढी लाभ उठाउन सकिन्छ । यसो हुनुमा नेपालमा स्थिर सरकार नहुनुलाई कारण मान्ने गरिएको छ तर कोभिडले दिएको सकारात्मक सन्देश र पढाएको पाठले तपाई हाम्रो चेत फर्काइसकेको हुँदा अब हाम्रो सोच बदलीनु जरुरी छ । अस्तु ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछैटौँ एशियाली जनसङ्ख्या सम्मेलनः जनसङ्ख्या र विकासका सवाल
मंसिर ९, २०८१ आइतबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
कानुन पर्खिरहेको ‘मोटरबोट’ व्यवसाय
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार