कामपामा भोलि र पर्सि भेरोसेल खोप लगाइदै
नेपालबहस संवाददाता
जेठ ३०, २०७८ सोमबार ०:३६:४२
३० जेठ, काठमाडाैं । काठमाडौं महानगरपालिकामा भोलि र पर्सि भेरोसेल खोप लगाइने भएको छ । काठमाडौं महानगरपालिकामा ६०-६१ वर्ष उमेर समूह लगायतका व्यक्तिहरुलाई कोभिड-१९ विरूद्धको चाइनिज भेरोसेल खोपको पहिलो मात्रा लगाउने भएको हो ।
आज महानगरपालिकाले सूचना जारी गर्दै सोमवार र मंगलवार विभिन्न अस्पतालमा खोप कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएको छ। महानगरपालिकाले रत्नपार्कस्थित वीर अस्पताल, महाराजगंजस्थित शिक्षण अस्पताल, छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल र नयाँ बानेश्वरस्थित निजामति कर्मचारी अस्पतालमा खोप कार्यक्रम सञ्चालन गर्ने भएको हो।
खोप कार्यक्रम बिहान १० वजेदेखि बेलुका ४ वजेसम्म सञ्चालन हुनेछ। सो खोप कार्यक्रममा महानगरपालिकाभित्रका ६०-६१ वर्ष उमेर समूहका, यसअघि भेरोसेल खोपको पहिलो मात्रा लगाएका व्यक्ति, स्वास्थ्यकर्मी, कोभिडका बिरामीको प्रत्यक्ष जाँच, उपचार र हेरचाहमा संलग्न चिकित्सा, नर्सिङ र पारामेडिक विद्यार्थी स्वास्थ्यकर्मी सहभागी हुन पाउने छन्।
यसअघि भेरोसेल खोपको पहिलो मात्रा जेठ २८ र २९ गते लगाउने कार्यक्रम रहेकोमा विशेष कारणले स्थगित गरिएको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारी थप ५ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति
मंसिर ४, २०८१ मंगलबार
विद्युत् वितरण सुदृढीकरण परियोजनाको विकासका लागि जर्मनीले १ अर्ब ४६ करोड अनुदान दिने
मंसिर ४, २०८१ मंगलबार
धनकुटाको महालक्ष्मीमा रुखले किच्दा एक जनाको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीसँग अस्ट्रेलियाकी राजदूत जोनटनको भेटवार्ता
मंसिर ४, २०८१ मंगलबार
ऊर्जामन्त्री खड्का र विश्व खाद्य संगठनका प्रतिनिधिबीच भेटवार्ता
मंसिर ४, २०८१ मंगलबार
विदेशीले नेपाल आएर १७ अर्ब ७२ करोड खर्च गर्दा नेपालीले विदेशमा सके ५५ अर्ब ७८ करोड
मंसिर ४, २०८१ मंगलबार