आइसियू र भेन्टिलेटर नहुँदा ज्यान गुमाउदै कोरोना संक्रमित
नेपालबहस संवाददाता
जेठ ३१, २०७८ सोमबार १९:५:३१
३१ जेठ,सर्लाही । आइसियू र भेन्टिलेटरको व्यवस्था नहुँदा जिल्लाका कोरोना संक्रमितले उपचार अभावमा ज्यान गुमाउनु परेको छ । कोरोना संक्रमण देखिएर उपचारका लागि अस्पताल भर्ना भएका बिरामीले उपचार अभावमा ज्यान गुमाउनुपरेको छ ।
कोरोना संक्रमण र कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामी उपचारका लागि अस्पतालमा भर्ना भएका भए पनि आवश्यक भौतिक संरचना र भौतिक साधनको अभावमा उपचार नपाएका हुन् । स्वास्थ्य अवस्था खराब हुन थालेपछि अस्पतालले भेन्टिलेटर भएको अस्पतालमा लैजान सुझाव दिने गरेको छ ।
जिल्लामा कोरोना संक्रमणको लक्षण देखिएका र संक्रमणको आशङ्का गरिएका पनि होम आइसोलेशनमा रहेका छन् । आइसियु र भेन्टिलेटरको व्यवस्थापन भए गम्भीर बिरामीलाई जोगाउन सकिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सञ्जीव सिंहले बताए । उनले संक्रमित अन्तिम अवस्थामा अस्पताल आउने गरेका सुनाए ।
जिल्ला अस्पतालमा ५० श्ययाको कोरोना अस्पताल निर्माण गरिए पनि कोरोना संक्रमित जाँदैनन् । जिल्लाका अधिकांश कोरोना संक्रमित होम आइसोलेशनमा बसिरहेका बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार