यूरोकपका नाममा बीरगञ्जमा करोडौंको सट्टेबाजी, पर्सा प्रहरीकाे रहस्यमय उदासिनता !
नेपालबहस संवाददाता
जेठ ३१, २०७८ मंगलबार ०:५०:५३
३१ जेठ, बीरगन्ज । यूरोकप २०२० को चलिरहेका बेला त्यसकै नाममा बीरगञ्जमा करोडौंको सट्टेवाज “जुवा” चलिरहेको छ । यूरोकपको सट्टाबाजीमा बीरगञ्जमा मात्रै दैनिक न्यूनतम एक करोड रुपैयाँसम्मको हारजीतको बाजी लाग्ने गरेको छ ।
यूरोकप शुरु भएदेखि नै हारजीतको बाजी लगाउनेमा बीरगञ्जका फूटबल प्रेमी युवा मात्र नभई औद्योगिक घरानाका व्यापारी, राजश्व छलेर सामान भित्रयाउने तस्कर, नेता र ठेकेदारसमेत छन् । तर पनि पर्सा प्रहरी आँखा चिम्लेर बसेको छ ।
बीरगञ्जको आदर्शनगर, मुर्ली, श्रीपुर र घण्टाघर क्षेत्रमा कोठा भाडामा लिएर सट्टेबाज सञ्चालकहरुले सट्टाबाजीको कार्यालय जस्तै सञ्चालन गर्दा पनि प्रहरी मौन बसेको बताइएको छ । बीरगञ्जको सट्टेबाजीमा काठमाडौं कनेक्सन जोडिने गरेको छ । विगतमा आईपीएल (इण्डियन प्रिमियर लिग) मा सट्टावाजी गर्नेहरुले नै अहिले यहाँ सट्टेवाज चलाएका छन् ।
आईजीपी नियुक्तिको तत्कालिन समयमा नवराज सिलवाललाई पक्राउ गरेर मुद्धा चलाउने प्रतिबद्धता गरेर महानगरीय प्रहरी परिसर काठमाडौंको मुद्धा शाखाका रहेका एसपी बेलबहादुर पाण्डले पर्सा जिल्लाको कमाण्ड सम्हालेपछि अहिले सट्टेवाज “बुकी” ले प्रश्रय पाएको त्यहाँका एक प्रहरी अधिकृतले नाम नबताउने शर्तमा नेपालबहस डटकमलाई बताएका छन् ।
‘हामीले आर्दशनगरमा यूरोकप २०२० को सट्ट्वाज चलिरहेको सूचना दिएका थियौं तर माथिबाट कुनै आदेश आएको छैन् । उनीहरुले शुरुवाती दिनदेखिनै गेममा बाजी लगाइरहेका छन्’, जिल्ला प्रहरी कार्यालय पर्साका एक जुनियर अधिकृतले नेपालबहससँग भने । उनका अनुसार सट्टाबाज र हारजीतको रकम बाजी लगाउने व्यक्तिबीच मध्यस्थकर्ता गर्ने स्थानीय दलाल र त्यसको काठमाडौं कनेक्सन पनि रहेको छ ।
तर जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी डीएसपी ओमप्रकाश खनाल भने सो कुरा ठाडै अस्वीकार गर्छन ।बीरगञ्जमा त अहिले व्यापक सट्टेबाजी मौलदाएको छ रे नि, प्रहरीले वास्तै गरेन भन्ने जनगुनासो छ भन्ने नेपालबहसको जिज्ञासामा उनले भने, “ हामीलाई त कतैबाट पनि खबर आएको छैन्, हाम्रो नम्बारमा, सञ्चार सेटमा वा १०० मा कसैले खबर गरेको छैन्, कसले कसलाई गर्यो त्यो थाहै भएन । यदि खबर आयो भने त हेरिहालिन्छ तर जानकारी नै आएको छैन् । ”
प्रहरी प्रवक्ताले कुनै जानकारी नै नआएको बताएपनि हाम्रो समाचार स्रोतका अनुसार सट्टेबाजहरुले हरेक व्यक्तिबाट १० हजार धरौटी लिने र त्यसपछि खेल शुरु गर्दा एकै रातमा करोडको कारोवार हुने गरेको छ । लकडाउनका कारण देशैभर मानिसहरु हिडडुल गर्न अप्ठ्यारो भैरहेको बेला बीरगञ्जमा भने प्रहरीकै उदासिनताका कारण सट्टेबाज चलिरहेको दावी समाचार स्रोतले गरेको छ । ‘एसपी साबले त्यस बारेमा कुनै आदेश नगर्दासम्म उनीहरुले जुवा खेलाइरहन्छन्, हामीले सूचना दिएका छौं, तर आदेश आउँदैन त !’, ती जुनियर अधिकृतको दावी थियो ।
यता पर्सा प्रहरीका प्रवक्ता डीएसपी खनाल भने कुनैपनि जुनियर प्रहरी अधिकृतले आफूहरुलाई त्यसबारे केही नभनेको दावी गर्छन । उनले भने, कसैलाई भनेको भए हामीलाई रिर्पोट गर्छन, कसैले सुनेन भने हामीलाई भन्दा भैहाल्छ अर्कोतर्फ १०० त सबैका लागि खुल्ला नै छ । लकडाउनका कारण सट्टेबाजी हुने गरि भेला हुन नदिएको दावी गर्दै डीएसपी खनालले भने, बीरगञ्जबासीले अन्य घटनाहरुमा त खबर गरेकै छन् ।
विगतमा सट्टेबाजी लगाएको आरोपमा फूटबल खेलाडी अञ्जन केसी र भूपेन्द्र शमशेर कुँवर पक्राउ परेका थिए । त्यसबेला काठमाडौंको मुद्धा शाखामा रहेका हालका एसपी पाण्डेले नै सो मुद्धा हेरेका थिए । सोही बेलाको सम्पर्क अहिले उनले उपयोग गरेको आशंका प्रहरी वृत्तमा गरिएको छ । एसपी पाण्डेले आफू निकटका १० जना भन्दा बढी प्रहरीलाई घुमुवा राखेका छन् । प्रहरी नीति विपरित घुमुवा राखेर पाण्डेले त्यहाँका डीआईजी धीरजप्रताप सिंहलाई समेत चुनौति दिएका छन् । डीआईजी सिंहले डिउटी कडा गर्नु भनेपनि पाण्डेले उनलाई खासै नटेरेको प्रहरी स्रोतले दावी गरेको छ ।
लकडाउनकै समयमा विभिन्न नाकाबाट स्थानीय व्यापारीलाई पोके व्यापारीमार्फत दिउँसो र रातीको समयमा आफै गस्ती गरेको बाहानामा भन्सार छली गराउन सहयोग गरिरहेका एसपी पाण्डेको ध्यान सट्टेवाजतर्फ गएको देखिदैन । स्रोतका अनुसार गए राती एकैजना व्यापारीले १० लाखसम्म्को बाजी लगाएका थिए । त्यस्तो त धेरैजना रहेकाले पनि उनीहरुले दैनिक करोड भन्दा बढीको कारोवार गर्ने गरेका छन् ।
तर प्रवक्ता खनाले भने यो कुरा मान्न तयार छैनन् । उनले नेपालबहससँग भने, “विगतमा क्रिकेट शूरु हुँदा सट्टेबाजी भएजस्तै यूरोकपमा पनि सट्टेबाजी भयो होला भनेर अनुमानको भरमा कसैले भनेको होला । यस्तो भयो होला भन्ने अनुमान होला तर यहाँनेर, फलानोले खेलायो भन्ने सूचना दियो भने पर्सा प्रहरीले रेस्पोन्स गरिहाल्छ ।”
बीरगञ्जमा निषेधाज्ञाका बेला तस्करी व्यापक फस्टाएको समाचार आईरहेको बारे ध्यानाकर्षण गराउँदा उनले तस्करीको चलखेल बारे आफूलाई जानकारी नभएको तर पहिले भन्दा बढी नै तस्करीका समान समाएर नियन्त्रण गरेको दावी गरेका छन् । पर्सा प्रहरीको दावीलाई आधार मान्दा पनि बीरगञ्जमा पछिल्लो समय तस्करीले व्यापकता पाएको र केही हदसम्म प्रहरीले तस्करीका विभिन्न सामान पक्राउ गरेर जारी गरेको विज्ञप्ति हेर्दा पनि प्रष्ट हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार