भक्तपुरका खाद्यान्न स्टोरमा म्याद गुज्रेको सामान फेला
नेपालबहस संवाददाता
जेठ ३१, २०७८ सोमबार २२:५२:११
३१ जेठ,भक्तपुर । भक्तपुर नगरपालिका अनुगमन समितिले आज जिल्लाका विभिन्न खाद्यान्न स्टोर एवं मिनीमार्टमा गरेको अनुगमनमा अधिकांश पसलमा म्याद गुज्रेको सामान फेला परेको छ । समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा भएको अनुगमनमा देग ग्रोसरी मार्ट, स्वःनिग मिनिमार्ट, महालक्ष्मी ट्रेडर्स, गोसाई स्टोर, एस आर स्टोर, वेलकम मार्केट दर्ता नगरी सञ्चालन भएको र म्याद गुज्रेको खाद्य पदार्थ बिक्रीमा राखेको पाकेजिङ सामानमा लेबल नराखी बिक्री गरेको पाइएको छ ।
खुर्सानीको धुलो, बिस्कुट, पिठो, बिभिन्न खाद्य एवं पेय पदार्थ, ल्याक्टोजेन दुध, वेशन, हाइजेनिक मःमः, पिठो, चाउचाउ, पापड ३२ किलो ८०० ग्राम जफत गरी नष्ट गरिएको समितिका संयोजक गोराले जानकारी दिए ।
त्यसैगरी साख मल्टी स्टोर मिनिमार्ट दर्ता नगरी सञ्चालन गरेको, म्याद गुज्रेका विभिन्न ब्राण्डका विस्कुट ४८ प्योकट फ्रुट, केक, तेल, ग्लुकोज डी, डिडिसी ध्यू, भुटेको तेललगायत सामानहरु जपत गरी नष्ट गरेको छ । बजार अनुगमनका क्रममा अधिकांश पसलहरु अनियमितत तरिकाले सञ्चालनमा रहेको पाइएको छ ।
प्याकेज गरिएका सामानमा लेवल नराखेकाले म्याद गुज्रेको सामानहरु खाद्य विभागमा अनुज्ञा पत्र लिई लेबल राखेर मात्रै बिक्री गर्न र म्याद नाघेको सामानहरुलाई बिक्री कक्षमा नराख्न, तराजु नापतौल विभागमा नवीकरण गर्न, सरसफाइमा ध्यान दिई पसल व्यवस्थित गर्न, बिल दिने व्यवस्था गर्न निर्देशन दिएको अनुगमन समितिका रामकृष्ण प्रजापतिले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार