तपाईको आजको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता
असार १, २०७८ मंगलबार १०:५५:२०
वि.सं.२०७८ साल असार ०१ गते । मंगलबार । ईश्वी सन् २०२१ जुन १५ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेठ शुक्लपक्ष । तिथि–पंचमी, ३६ घडी १६ पला, बेलुकी ०७ बजेर ४० मिनेट उप्रान्त षष्ठी । नक्षत्र– अश्लेषा,३५ घडी ०९ पला,बेलुकी ०७ बजेर १३ मिनेट उप्रान्त मघा । योग– व्याघात,०५ घडी ४१ पला, बिहान ०७ बजेर २६ मिनेट उप्रान्त हर्षण । करण–बव,बिहान ०७ बजेर ७८ मिनेट उप्रान्त बालव,बेलुकी ०७ बजेर ४० मिनेट उप्रान्त कौलव । आनन्दादिमा–आनन्द योग । चन्द्रराशि–कर्कट,बेलुकी ०७ बजेर १३ मिनेट उप्रान्त सिंह । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ०९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५९ मिनेट । दिनमान ३३ घडी ३४ पला । आषाढ सक्रान्ती ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- राजनीति तथा समाजसेवामा परिश्रम गरे अनुसार पद प्रतिष्ठा पाईने हुनाले मन प्रशन्न हुनेछ । कृषि तथा पशुपालन व्यवसायमा समय लगानि गर्नेहरुले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । मायाप्रेममा नजिक हुने समय रहेको छ भने पतिपत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ । बिद्या तथा प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरी देख्न पाउदा मन प्रशन्न रहनेछ । विवादित बिषयहरुको नतिजा तपाई आफ्नै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । परिवारका साथ रहेर मिष्टान्न भोजन लिने अवसर मिल्नेछ । तपाईले सुरु गरेको कामको दाजुभाई तथा छिमेकिबाट उच्च मुल्याङकन हुने ग्रहयोग रहेकोेछ । कृषि तथा पशुपालन व्यवसायमा लगानी गरि राम्रै आम्दानी गर्न सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :- पहिले गरेका कामबाट मनग्गे आम्दानी हुनेछ । बिद्या तथा प्रतिस्पर्धीहरु हार खानेछन् । परिवारका साथ रमाईलो वातावरण तथा हासखेलमा समय बित्नेछ । पढाईलेखाईमा थोरै समय दिदा पनि उत्कृष्ट नतिजाको अपेक्षा गर्न सकनेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- राजनीति तथा कल्याणकारी कामबाट समाजबाट नाम तथा दाम कमाउन सकिनेछ । पढाईलेखाईमा अरुभन्दा एक कदम अगाडी बढी नतिजा हात पार्न सकिनेछ । प्रेममा एक अर्कालाई बिश्वास गर्न सकिनेछ भने जीवनसाथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- विदेशमा भूमिमा बसेर काम वा अध्ययन गर्नेरुका लागी समय उत्तम रहेको छ । क्षमता प्रदशन गरेर नाम तथा दाम दुबै कमाउन सकिनेछ । अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडी छोडेर अग्रपंतिमा आउन सकिनेछ सुख दुःखमा साथ दिनेहरु प्रशस्त भेटिनेछन् । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- बुवाको धन परिचालन गरी लाभ लिन सकिनेछ । दाजुभाईको सहयोगले सवारीसाधन जोड्न सकिनेछ भने प्रेम तथा मित्रतामा आत्मियताको विकास हुनेछ । अध्ययनमा सुधार भएर जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाई वा लेखहरु जनमानसमा लैजान सकिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- राज्य भावमा गोचर गर्ने चन्द्रमाले समाजसेवा तथा कल्याणकारी काम गर्न सकिने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि हुनेछ । नोकरीमा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । मायाप्रेममा सामिप्यता बढेर जानेछ भने पतिपत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ । अध्ययन अध्यापनमा चाहेजस्तो प्रगती गर्न सकिनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- समयले साथ दिने हुँदा सानो प्रयत्नले राम्रा तथा परिणाममूखि काम गर्न सकिनेछ । धर्म तथा धर्म विस्तारको लागी समय दिनु पर्नेछ भने सस्कार परिवर्तनमा तपाईको भूमिका महत्वपूर्ण हुनेछ । प्रशासनिक क्षेत्रमा तपाईको उच्च स्तरको सहभागिता रहनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- कुटुम्ब तथा आफन्तसँगको आर्थिक कारोबारमा मिलाउदै नयाँ कामको थालनी गर्न सकिने छ । अध्ययनमा ध्यान जानेछ भने कार्यक्षेत्रमा राम्रा काम गर्न सकिनेछ । पुराना समस्याहरु हल भएर जानेछन् । अध्ययन तथा कामको लागी यात्राकोे योग रहेको छ । आफन्त तथा दिदिबहिनीबाट तपाईको कामका सहयोग पाईनेछ । उपहार प्राप्तीको योगलाई नकार्न सकिदैन ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- पढाईलेखाईमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरु खुशि रहनेछन् । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । मायाप्रेममा सामिप्यता बढेर जानेछ भने पतिपत्नीबीच मायाको डोरो कसिलो हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- विवाद तथा प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । पुराना समस्या तथा रोगहरु स्वत हल भएर जानेछन् । आर्थिक अवस्था सुदृड बनाउने चालिने कदमहरु स्वत स्फूर्त रुपमा सकारात्मक दिशामा अगाडी बढ्नेछ । पढाईलेखाईमा भनेजस्तो सफलता हात लाग्ने योग रहेकोछ । मायाप्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडी बढ्न सकिने तथा जीवनसाथिसँग रमाईलो यात्राको प्रशस्त सम्भावना रहेको छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- अध्ययनमा प्रशस्त समय दिन सकिनेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । तपाईको ईमान्दारिताको कदर सबैले गर्नेछन् । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । अप्ठ्यारा तथा असजिला परिस्थितिलाई सहजै बुद्धिमतापुर्वक निराकरण गर्न सकिनेछ । प्रेममा सामिप्यता बढ्ने तथा उपहार प्राप्तीको योग रहेको छ । सन्तान तथा आफन्तबाट सहयोग रहने हुनाले मन प्रशन्न रहनेछ । तपाईको दिन शुभ रहोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ तपाईको आजको राशीफल ?
भदौ ६, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २२, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २०, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेलाई बयानका लागि शनिबार काठमाडौं ल्याइने
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
काठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार