बिर्तामोडमा फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई
नेपालबहस संवाददाता
जेठ ३१, २०७८ मंगलबार ०:१५:२६
३१ जेठ,बनियानी । झापाको बिर्तामोड नगरपालिकाले नगर क्षेत्रको फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिएको छ । नगरपालिकाले निराकार सरसफाई सेवा प्रालिलाई नगरमा उत्पादित फोहोर व्यवस्थापनको जिम्मा दिएको हो । नगरपालिका परिसरमा आज आयोजित कार्यक्रममा नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले प्रालिका प्रतिनिधि रविन भट्टराईलाई सम्झौता पत्र हस्तान्तरण गरे ।
प्रालिले आगामी असार एक गतेदेखि आगामी तीन वर्षसम्म नगरक्षेत्रको फोहोर व्यवस्थापनको काम गर्ने भएको छ । नगरपालिकाले फोहोर व्यवस्थानमा प्रयोग गर्दै आएको चार वटा सवारी साधान र १४ जना जनशक्ति समेत प्रालिलाई जिम्मा दिएको छ ।“नगरपालिकाले फोहोर व्यवस्थापनमा प्रयोग गर्दै आएको सवारी साधन र कर्मचारी प्रालिलाई जिम्मा लगाएको छ”, उनले भने, “कर्मचारीलाई नगरपालिकाले दिँदै आएको सेवासुविधा नघटाइ दिने र सवारी सधान प्रयोग गरेवापत रकम दिने सहमति भएको छ ।”
विभिन्न देश भ्रमणका क्रममा त्यहाँको फोहोर व्यवस्थापनमा निजी क्षेत्रले काम गरेको देखेको र फोहोर व्यवस्थापन प्रभावकारी भएको पाएकाले सोही अनुरुप नगरसभाबाटै पारित गरेर निजी क्षेत्रलाई फोहोर व्यवस्थापनको जिम्मा दिएको नगरप्रमुख शिवाकोटीले जानकारी दिए । केही व्यक्ति तथा संस्थाले फोहोर व्यवस्थापनको नाममा रकम लिएर सडक किनारमा फाल्ने काम गरेको पाइएको र नगरपालिकालाई बद्नाम गर्ने काम भएको बताउँदै उनले भने, “त्यस्ता व्यक्ति पत्ता लगाएर २५ हजार रुपैयाँ जरिवाना समेत गराएका छौँ, त्यस्तो काम कोही कसैबाट भए कडा कारबाही गर्छौं ।” उनले नगरको फोहोर व्यवस्थापनमा सहयोग गर्न सबैलाई आग्रह समेत गरे ।
नगरपालिकाले तयार पारेको फोहोर व्यवस्थापन कार्यविधि अनुरुप सो प्रालिले नगरको फोहोर व्यवस्थापनको काम गर्ने कार्यालयका प्रमुख प्रशासकीय अधिकृत गणेश दाहालले बताए । “स्वच्छ र हराभरा नगर बनाउने अभियानमा हामी एक कदम अघि बढेका छौँ”, उनले भने, “टोलटोलमा, घरघरमा सरसफाइ अभियान चलाइनेछ ।”नगरपालिकाले प्रालिसँग रू १० लाख धरौटी समेत लिएको छ । सरसफाई गरेवापत नगरपालिकाले तोकेको दरमा प्रालिले नगरबासीबाट रकम लिने छ ।
घर, स्कूल, पसल, अस्पताल, उद्योग, कलकारना लगायतका २१ वटा शीर्षकमा रू १९० देखि रू १० हजार मासिक शुल्क लिन पाउने जनाइएको छ । प्रालिका प्रतिनिधि भट्टराईले वातावरणविद्सँग परामर्श गरी नगर क्षेत्रको फोहोर व्यवस्थापन गर्ने बताए । उनले आफूले १४ वर्षदेखि फोहोरमैला व्यवस्थापन सम्बन्धी काम गर्दै आएकाले नगर क्षेत्रको सबै प्रकारका फोहोर व्यवस्थापन गर्ने प्रतिवद्धता जनाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
मंसिर ६, २०८१ बिहिबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार