आफूले पालेको गाईको किरिया बसेका दाहाल
नेपालबहस संवाददाता
जेठ ३१, २०७८ मंगलबार ०:२५:५९
३१ जेठ,झापा । आफ्ना प्रियजनका अवसानमा काजकिरिया गर्ने हिन्दू परम्परा रही आएको छ । यहाँ आफूले पालेको गाईलाई आमा मानेर मेचीनगर नगरपालिका वडा नं २ का ५३ वर्षीय खगेन्द्र दाहालले मरेको गाईको काजकिरिया गरिरहेका छन् ।
उनी गाई मरेका दिनदेखि विधिपूर्वक किरियापुत्री बनेका छन् । उनले पालेको लहिनो जर्सी गाई सात दिन अघि कालगतिले मरेको थियो । पहिलो बेतको उक्त गाईको मर्ने बेलामा दाम्लो खोलिएको थिएन । दाम्लो नखोलिएका गाई मर्दा मानिसको मृत्युसरह काजकिरिया बार्ने हिन्दू चलन छ । “हिन्दू धर्ममा गाईलाई आमाको रुपमा पूजिन्छ । धर्म र करकापले किरिया बारेको नठानिदिनुहोला,” उनले भने– “जन्म दिने आमाको दुध बढीमा दुई वर्षसम्म खाइन्छ । गौमाताको दुध जीवनभर खाने गरिन्छ । मनैदेखि श्रद्धा जागेको हुँदा दश दिने काजकिरिया गरिरहेको हुँ ।”
मानिस मर्दा गरिने दशगात्र कर्मसरह सेतो वस्त्र धारण गरेर किरिया बार्दै आएका उनले दश दिनका दिन ब्राह्मण बोलाएर विधिपूर्वक कर्मकाण्ड गर्ने जानकारी दिए । अहिले उनी गाईको थलामा नै कोरामा बस.का छन् । कसैले नछोउन् भनेर अलग्गै बस्नु भएको उनको कम्मरमा कुशको दाम्लो बेरिएको छ । किरियापुत्री सरह एक छाक अलिनो खाने गरेको उनले बताए । मरेको गाईलाई थला नजिकै गाडिएको छ । दश दिने किरिया सकेर कोकामा लगेर दाम्लो सेलाउने उनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
मंसिर ६, २०८१ बिहिबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
पुस ११ देखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य
मंसिर ११, २०८१ मंगलबार