निषेधाज्ञाको मोडालिटीमा परिवर्तन: के-गर्न पाइन्छ, के-पाइँदैन ?
नेपालबहस संवाददाता
जेठ ३१, २०७८ मंगलबार ०:३२:२८
३१ जेठ, काठमाडौं । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले डेढ महिनादेखि लागु गरेको निषेधाज्ञालाई फेरि एक साता थप गरेको छ । काठमाडौं उपत्यकामा संक्रमण दर उच्च भएपछि नियन्त्रणका लागि मध्य वैशाखबाट निषेधाज्ञा लगाउन थालिएको थियो । काठमाडौं उपत्यकामा १६ वैशाखबाट निषेधाज्ञा लागू गरिएको थियो । अहिले काठमाडौं, भक्तपुर र ललितपुरमा निषेधाज्ञा लम्ब्याएर ७ असारसम्म पुर्याइएको छ। उपत्यकामा भने खुकुलो गर्न थालिएको छ।
गृह मन्त्रालयका अनुसार, सोमबारसम्म देशका ७५ जिल्लामा निषेधाज्ञा जारी छ । धेरैजसो जिल्लामा आज राति १२ बजे निषेधाज्ञा सकिँदै छ। केही जिल्लाले निषेधाज्ञा थप्ने निर्णय गरिसकेका छन् ।
अहिलेसम्म १६ जिल्लामा एक साता थपेर ७ असारसम्म निषेधाज्ञा जारी गरिएको छ । जसमा काठमाडौं, भक्तपुर, ललितपुर, बागलुङ, डडेल्धुरा, उदयपुर, कालिकोट, स्याङ्जा, कपिलवस्तु, ताप्लेजुङ, नवलपरासी पूर्व, तनहुँ, बारा, इलाम, मुस्ताङ र अछाममा निषेधाज्ञा थपिएको गृह मन्त्रालयले जनाएको छ।
त्यस्तै, दार्चुलामा १० असारसम्म निषेधाज्ञा थपिएको छ । गोरखामा ५ असार, पर्सामा ६ असार, चितवनमा ३ असार, सल्यान र रामेछापमा २ असारसम्म निषेधाज्ञा जारी रहेको छ। अहिलेसम्म मनाङ र खोटाङमा मात्रै निषेधाज्ञा हटेको छ। अन्य जिल्लामा भने फेरि थप्ने तयारी भइरहेको जनाइएको छ।
पछिल्लो पटक वैशाख १६ बाट जारी निषेधाज्ञा जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरिएको थियो । यसपटकको निषेधाज्ञाको मोडालिटीमा परिवर्तन गर्दै केही सहज बनाइएको छ ।
आइतबारको निर्णय अनुसार होटल रेष्टुरेन्टले अब ‘टेक अवे’ सेवा शुरु गर्न पाउने भएका छन् । अनलाईनमार्फत अर्डर लिएर विहान ७ बजेदेखि टेक अवे सेवा दिन पाउने निर्णय गरिएको छ । त्यस्तै, खाद्यान्न, डिपार्टमेन्ट स्टोर र फलफुल पसल विहान ११ बजेसम्म खोल्न दिने निर्णय गरिएको छ । गत जेठ १४ बाट निषेधाज्ञालाई थप कडा पारिएको थियो ।
जेठ १४ बाट उपत्यकामा बन्द गरिएको खाद्यान्न, किराना तथा डिपार्टमेन्ट स्टोर जेठ २१ बाट पुन: बिहान ९ बजेसम्म मात्र खोल्न दिइएको थियो । काठमाडौं उपत्यकामा दिउँसो ४ बजेबाट हार्डवेयर सामाग्री बेच्ने पसल खोल्न दिने निर्णय गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
राष्ट्र बैंकको दावीः औसत मूल्यवृद्धि ४.८२ प्रतिशत, तलब र ज्याला ३.३६ प्रतिशतले बढ्यो
मंसिर ४, २०८१ मंगलबार
एक महिनाभित्रै औषधिको मूल्य समायोजन गर्छौँः मन्त्री पौडेल
मंसिर ४, २०८१ मंगलबार
तीन महिनाको रेमिट्यान्स ४ खर्ब ७ अर्ब, असोजमा मात्रै आयो १ खर्ब ४४ अर्ब
मंसिर ४, २०८१ मंगलबार
पर्यटकीय गन्तव्य बन्दै दाङको धारापानी
मंसिर ४, २०८१ मंगलबार
दुर्गा प्रसाईंलाई साइबर क्राइम, कागजात किर्ते र मानहानी कसुरमा मुद्दा चलाइने
मंसिर ४, २०८१ मंगलबार