चालु आर्थिक वर्षको १० महिनामा एक खर्ब निर्यात
नेपालबहस संवाददाता
जेठ ३१, २०७८ मंगलबार ४:१२:२७
३१ जेठ, काठमाडौं । मुलुकको कूल वस्तु निर्यात रु एक खर्ब माथि पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको विवरणमा कुल वस्तु निर्यात रु एक खर्ब आठ अर्ब ४८ करोड बराबर पुगेको उल्लेख छ । यसले क्रमशः नेपालको वस्तु निर्यात बढ्दै गएको देखिएको छ ।
यो गत आवको सोही अवधिको तुलनामा ३२.२ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ४.५ प्रतिशतले मात्रै वृद्धि भएको थियो । बैंकका अनुसार गन्तव्यका आधारमा भारततर्फ ३५.८ प्रतिशतले र अन्य मुलुकतर्फ २५.३ प्रतिशतले निर्यात वृद्धि भएको छ । यस्तै, चीनतर्फको निर्यातमा भने १८.४ प्रतिशतले कमी आएको छ ।
वस्तुगत आधारमा सोयाविन तेल, अलैंची, जुटका सामान, धागो ‘पोलिष्टर तथा अन्य’, ऊनी गलैंचा लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, तार, चोकर लगायतका वस्तुको निर्यात घटेको बैंकको विवरणमा उल्लेख छ ।
आर्थिक वर्ष २०७७/७८ को दश महिनामा कुल वस्तु आयात २२.३ प्रतिशतले वृद्धि भएको छ । बैंकका अनुसार रु १२ खर्ब ५४ अर्ब ११ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३.० प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट २९.८ प्रतिशत, चीनबाट १७.२ प्रतिशत र अन्य मुलुकबाट ६.२ प्रतिशतले वृद्धि भएको छ ।
वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, चामल, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, पेट्रोलियम पदार्थ, भिडियो, टेलिभिजन तथा पार्टपूजा, चाँदी लगायतका वस्तुको आयात घटेको छ ।
निर्याततर्फ तातोपानी, कन्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ तातोपानी र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा वृद्धि भएको छ । चालु आवको दश महिनामा कुल वस्तु व्यापार घाटा २१.५ प्रतिशतले वृद्धि भई रु ११ खर्ब ४५ अर्ब ६३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १४.२ प्रतिशतले घटेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छआजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ५, २०८१ शुक्रबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
‘घुम्न जाऊँ बर्दिया’ अभियान सुरु
पुष ५, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार
यु–१९ एसिया कप: नेपाल बङ्गलादेशसंग भिड्दै
पुष ५, २०८१ शुक्रबार
म्याग्दीमा आलु प्रवर्द्धन कार्यक्रम : आठ सय रोपनीमा खेती विस्तार
पुष ५, २०८१ शुक्रबार