सातै प्रदेश सरकारले आज प्रदेश सभामा बजेट पेश गर्दै
नेपालबहस संवाददाता
असार १, २०७८ मंगलबार १२:५५:७
१ असार, काठमाडौं । सातै प्रदेश सरकारहरुले आज प्रदेशसभा समक्ष आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै छन् । असार १ गते प्रदेशसभा समक्ष बजेट पेश गर्ने कानूनी व्यवस्था अनुसार सातै प्रदेशले प्रदेशसभामा आगामी आर्थिक बर्ष ७८.८९ बजेट प्रस्तुत गर्न लागेका हुन ।
प्रदेश सरकारहरुले आगामी आर्थिक बर्षको बजेटमा कोरोना महामारीको रोकथाम नियन्त्रणकालागि प्रदेश र स्थानीय तहका सह लगानीमा स्वास्थ्य पुर्वाधारको विकास, जनशक्तीको क्षमता अभिवृघि, रोजगारी सृजना र आर्थिक पुनउत्थालाई प्राथमिकतामा राखेका छन् ।
यसैगरी प्रदेशस्तरका ठुला आयोजना, कृषिको आधुनिकरण, युवा लक्षित कार्यक्रम, सामाजिक सुरक्षा सेवाको सहज उपलब्धता, खाध्य तथा फलफुलमा प्रदेशको आत्मनिर्भरता अभिवृद्धि गर्ने कार्यक्रमहरुमा बजेट केन्द्रित गरिने प्रदेश सरकारहरुले बताएका छन् ।
यस बर्ष सङ्घीय सरकारबाट प्रदेश सरकारले पाउने समानीकरण अनुदान र विशेष अनुदान कम हुनुका साथै चालू आवको बजेटमा बचतसमेत कम हुने देखिएकाले आगामी आवको बजेटको आकार चालु आर्थिक बर्षको हाराहारीमा ल्याउने तयारी प्रदेश सरकारहरुले गरेका छन् ।कोभिड महामारीका कारण जारी राखिएको निषेधाज्ञा र त्यसले अर्थतन्त्रमा पारेका प्रभाव कारण बजेटको स्रोत ब्यवस्थापनकोँ चुनौति प्रदेश सरकारहरु पनि परेका छन् ।
स्रोत ब्यवस्थापनका लागि प्रदेश सरकारले पनि ऋणको सीमा बढन सक्ने देखिएको छ ।आगामी आर्थिक बर्षको बजेटमा राजश्वको योगफलको १२ प्रतिशत नबढने गरी आन्तरिक ऋृण प्रदेश सरकारहरुले उठाउन सक्ने सिफारिस बित्त आयोगले गरेको छ । अघिल्लो बर्ष आयोगले यो सीमा १० प्रतिशत सीमा निर्धारण गरेको थियो ।
अघिल्ला बर्षहरुको बजेट खर्च गराई हेर्दा सीमीत स्रोत साधन र कर्मचारी अभावका बीच पनि प्रदेश सरकारको बजेट परिचलान संघको तुलनामा सन्तोषजनक रहेको वित्त आयोगले जनाएको छ ।आयोगका अनुसार संघको तुलनामा प्रदेश सरकारको पुजीगत खर्च बढी देखिएको चालुगत खर्चकम देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीन भ्रमणबारे छलफलपछि ओलीले बोलाए मन्त्रिपरिषद्
मंसिर १०, २०८१ सोमबार
बीआरआइबारे देउवाले भने, प्रधानमन्त्रीले चीनसँग अनुदानको कुरा गर्नुहुन्छ, ऋण होइन
मंसिर १०, २०८१ सोमबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
निःशुल्क विशेषज्ञ डाक्टरको सेवा पाउँदा दुर्गमका नागरिक खुसी
मंसिर १०, २०८१ सोमबार
लिथुआनियामा विमान दुर्घटना हुँदा एक जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणबारे छलफलपछि ओलीले बोलाए मन्त्रिपरिषद्
मंसिर १०, २०८१ सोमबार
सन् २०२३ को अक्टोबर देखि एघार हजार भन्दा बढी प्यालेस्टिनी हिरासतमा
मंसिर १०, २०८१ सोमबार
बीआरआइबारे देउवाले भने, प्रधानमन्त्रीले चीनसँग अनुदानको कुरा गर्नुहुन्छ, ऋण होइन
मंसिर १०, २०८१ सोमबार
लोप हुन थालेको ‘बुट्टेनली’ संरक्षणको प्रयास
मंसिर १०, २०८१ सोमबार