सुध्रिएन खर्च प्रणाली, रोकिएन असारे विकास
नेपालबहस संवाददाता
असार १, २०७८ मंगलबार १४:४३:४२
१ असार,काठमाडौं । हरेक आर्थिक बर्षको अन्त्यतिर विकास बजेट खर्च गर्ने असारे विकास प्रवृति यसपटक पनि दोहोरिने देखिएको छ । कोभिड महामारीकाबीच विकास निर्माणको काम जारी राखेको सरकारले आर्थिक बर्षको अन्तयतीर आइपुग्दा मात्र विकास बजेट खर्चको आकार बढाउन लागि परेको हो । यसले असारमा बजेटको ठूलो हिस्सा खर्च हुने निश्चित छ ।
चालु आर्थिक वर्षको बजेटमा विकास निर्माणका लागि ३ खर्ब ५२ अर्ब ९५ करोड रुपैया छुट्याइएको थियो । महालेखा नियन्त्रक कार्यालयका अनुसार सोमबार सम्म जम्मा १ खर्ब ४३ अर्ब करोड अर्थात ४० दशमलव ५४ प्रतिशत मात्र खर्च गरिएको छ ।
यो तथ्याङ्क अनुसार अबको ३० दिनमा झण्डै ६० पतिशत विकास खर्च गर्नु पर्ने देखिन्छ यो भनेको दैनिक ८ अर्ब बढी हो । जबकि सोमबार विकास बजेट २१ करोड मात्र खर्च भएको तथ्यांक छ ।
त्यसो त ११ महिनामा ४० प्रतिशत मात्र विकास बजेट खर्च भएको यो पहिलो पटक होइन । हेरेक बर्ष यो प्रवृति दोहोरिने गरेको छ । सरकारले विकास देखाउन आर्थिक बर्षको अन्त्य तिर विकास खर्च धेरै खर्च गर्ने गरेको पाइन्छ । सरकारी संयन्त्रको कमजोर आयोजना तथा ठेक्का व्यवस्थापन र निर्माण व्यवसायीको अक्षमताले यस्तो विकासको प्रतिफल भने टिकाउ हुने देखिदैन ।
विगतमा पनि विकास निर्माणका लागि विनियोजित पुँजीगत बजेटको ठूलो हिस्सा असारमा मात्रै खर्च हुने गरेको थियो। पछिल्ला ९ वर्षको तथ्यांकअनुसार कुल वार्षिक पुँजीगत बजेटको झन्डै आधा बजेट (४०–५० प्रतिशत) असारमै खर्च हुने गरेको छ।
कमजोर सरकारी खर्च प्रणालीका कारण असारमा मात्रै आधा रकम खर्च हुने गरेको छ। आर्थिक वर्षको सुरुवाती महिनामा खर्च गर्न नसक्दा र आर्थिक वर्षको अन्तिममा जथाभावी रकमान्तर गर्ने प्रवृत्तिले खर्च प्रणाली कमजोर बनाउदै लगेको छ ।
त्यसो त विकास निर्माणका लागि छुट्टयाइएको रकम खर्च हुन नसकेर सरकारी ढुकुटीमै बस्नु राम्रो मानिदैन। तर, आर्थिक वर्षको अन्तिममा जथाभावी खर्च गर्नु वित्तीय अनुशासनविपरीत भएको अर्थविदहरुले बताउने गरेका छन् । बजेटको कार्यान्वयनमा समस्या प्रक्रियाको नभइ कार्यान्वयन संस्कार एवम् प्रवृत्तिको भएको कार्यान्वयन प्रणालीमा सुधार गर्नुपर्ने उनिहरुको सुझाब छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
चार महिनामा ८४ अर्ब थपिएर जीडीपीको ४४ प्रतिशत पुग्यो सरकारी ऋण
मंसिर ५, २०८१ बुधबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
अफगानिस्तानमा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
बारुती सुरुङ खतराका लागि सबैभन्दा जोखिम युक्त देश म्यानमा : राष्ट्रसंघ
मंसिर १०, २०८१ सोमबार
शे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
तस्करीमा पर्सा प्रहरीको कारबाही, ६८ लाखको सामान बोकेको ट्रक नियन्त्रणमा
मंसिर १०, २०८१ सोमबार
विमान चालकको समस्या छिट्टै समाधान हुन्छः वायुसेवा निगम
मंसिर १०, २०८१ सोमबार