महोत्तरीमा एक साता निषेधाज्ञा थप
नेपालबहस संवाददाता
असार १, २०७८ मंगलबार १६:२३:३३
१ असार,महोत्तरी । कोभिड–१९ महाव्याधिको संक्रमण बढ्न नदिन महोत्तरीमा थप एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । गत वैशाख २२ गते पहिलोपटक जारी निषेधाज्ञा पटक–पटक अवधि थपिँदै अहिले पाँचौँपटक जारी गरिएको हो । गए मध्यरातदेखि लागू पछिल्लो निषेधाज्ञा अवधि एक साता कायम रहने जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।
जिल्लामा यसपालि २०७८ प्रारम्भ भएयता कोभिड–१९ संक्रमणले गत वैशाख १४ गते पहिलो मृत्यु भएको थियो । महाव्याधिले जेठ मसान्तसम्म ८१ जनाको ज्यान लिइसकेको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । यसअघि २०७७ को वैशाखदेखि कात्तिक मसान्तसम्म महामारीले १८ जनाको मृत्यु भएको थियो ।
यसपालि अहिलेसम्म दुई हजार ५६७ जना यो महाव्याधि संक्रमणमा परेका छन् । अहिलेसम्म एक हजार २३० जना निको भएका कार्यालयका कोभिड–१९ सङ्कट व्यवस्थापन स्रोतव्यक्ति तथा जनस्वास्थ्य निरीक्षक प्रतिभा सिंहले जानकारी दिइन् । जिल्लामा हाल नौ जना अक्सिजन सुविधासहित अस्पतालको सघन उपचारमा छन् । अन्य एक हजार २४७ संक्रमित स्वास्थ्यकर्मीको परामर्शमा होमआइसोलेशनमा छन् । यसअघि २०७७ को वैशाखदेखि कात्तिकसम्म दुई हजार १४१ महाव्याधि संक्रमणमा परेका थिए ।
जिल्लामा पाँचौँपटक जारी गरिएको निषेधाज्ञा केही खुकुलो बनाइएको छ । यसअघि बिहान तीन घण्टामात्र किराना पसल सञ्चालनको अनुमति रहेको थियो । अहिले भने साँझ पनि तीन घण्टा अत्यावश्यक सामग्रीका पसल खुल्ने जनाइएको छ । यद्यपि सुरक्षाका लागि स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने जारी निषेधाज्ञा आदेशमा उल्लेख छ । यस अवधिमा भारतीय सीमावर्ती नाका पूर्ण बन्द रहने र सार्वजनिक यातायात, हाटबजार, समूहमा हिँडडुल र विद्यालय बन्द नै रहने निमित्त प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार