पुल्चोक क्याम्पसमा अमेजन वेब सर्भिसेज एकेडेमीको सुरुवात

नेपालबहस संवाददाता
असार १, २०७८ मंगलबार १७:२८:३७

१ असार, काठमाडौं । अमेजन वेब सर्भिसेज (AWS) एकेडेमीको सुरुवात त्रिभुवन विश्व विद्यालयको इन्जिनियरिङ प्रतिष्ठान पुल्चोक क्याम्पसमा शनिबार भएको छ। यसको सुरुवात यूकेएडको रोजगारीका लागि सीप कार्यक्रम ‘सीप’ र जीनीस सोलुसनले गरेका हो ।
नेपालमा पहिलोपटक सुरुवात भएको एकेडेमीले हजारौँ विद्यार्थीहरुलाई क्लाउड कम्प्युटिङका विधाहरूका उदीयमान र तीव्र गतिले वृद्धि भइरहेका रोजगारीका पदहरूमा सीप विकास तथा प्रमाणीकरणको अवसर प्रदान गर्नेछन्।
सन् २०१९ देखि बजारमा आधारित तरिकाहरूको उपयोग गरी यूकेएडले निजी तथा सार्वजनिक क्षेत्रहरूसँग रूपान्तरणकारी साझेदारीहरू स्थापित गराउन सहजीकरण गरिरहेको छ। यसले प्राथमिकता तोकिएका क्षेत्रहरूमा रोजगारी तथा उद्यमशील अवसरहरूको वृद्धि हासिल गर्नको लागि जीनीस सोलुसन लगायतकाहरूसँग काम गरिरहेको छ।
यस एकेडेमीको सुरुवात भर्चुअल माध्यमबाट गरिएको थियो जसमा इन्जिनियरिङ प्रतिष्ठान, यूकेएड सीप तथा जीनीस सोलुसनका उच्च अधिकारीहरू सहभागी थिए। कार्यक्रममा देशमा हाल भैरहेका सीप विकास तथा रोजगारी सिर्जनालाई विस्तार गर्ने, द्रूत गतिमा बढाउने बारेमा भएको भविष्यमुखी छलफलमा विभिन्न शैक्षिक संस्था, उद्योग, दातृ निकाय, सञ्चार माध्यमका विविध नेतृत्व तथा पेशाकर्मीहरू र रोजगार अपेक्षीहरूको सहभागिता थियो।यूके एडका टिम लिडर बलजित भोरा ले भने,“यूकेएड सीपको जीनीस जस्ता संस्थाहरूसँगको साझेदारीले आर्टिफीसीयल इन्टेलिजेन्स्, क्लाउड कम्प्युटिङ,ई (मोबिलिटी सोलुसनलाई एकीकृत गर्ने स्थानीय क्षमता अभिवृद्धि गरी विभिन्न उद्योगहरूमा उत्पादकत्व वृद्धि गर्ने तथा नयाँ रोजगारीका अवसरहरू सिर्जना गर्न मद्दत गर्दछ ।”
यूकेएड सीपको सहयोगमा जीनीस सोलुसनले सीप विकासको पहलको नेतृत्व गर्दै आएको छ जसलाई शिक्षकहरूको थप क्षमता विस्तार गर्न तथा विद्यार्थीहरूको रोजगारी पाउने योग्यतालाई वृद्धि गरिएको छ ।
यस पहल अनुसार एडब्लूएस तथा क्लाउडमा आधारित अन्य समाधानहरूको प्रयोग, नेपाली उद्योगहरूले गरेका छन्। जीनीस सोलुसनका प्रमुख विश्व प्रविधि अधिकृत अन्जनी फुँयालले भनिन, “जीनीसको सहयोगले सस्तोडिल, सानिमा बैंक, सिटिजन बैंक, एपीसीए नेपाल, लिपफ्रग तथा बुद्ध एयर जस्ता नेपालका नेतृत्वदायी संस्थाहरूले क्लाउडमा आफ्ना व्यवसायका तथ्याङ्क तथा जानकारीहरू सारेका छन्।
” यूकेएड सीप र जीनीसको साझेदारीले नेपालभरका ५० साझेदार कलेजहरूको क्षमतामा सुदृढीकरण भएको छ र २,१०० भन्दा बढी विद्यार्थीहरूलाई भविष्यमा पनि रोजगारी पाइराखिने सीपको विकास गराएको छ।
आफ्ना तथ्याङ्क तथा जानकारीहरूलाई क्लाउडमा उपलब्ध समाधानहरूमा सार्ने नेपाली तथा विश्वभरका उद्योगहरूको गतिलाई कोभिड – १९ को महामारीले तीव्र बनाएको छ ।
त्यो भनेको क्लाउड कम्प्युटिङको विज्ञता माग गर्ने बदलिँदो रोजगारी बजारमा उपलब्ध अवसरहरूलाई ग्रहण गर्न तथा प्रतिक्रिया जनाउन सक्ने मानव संसाधनको बढ्दो आवश्कयता भएको अमेजन वेब सर्भिस एकेडेमीका दक्षिण एसियाका नेतृत्व लोकेश मेहराले भने।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामुदायिक विद्यालयका शिक्षकलाई प्रविधिमा दक्ष बनाइँदै
फागुन ७, २०८१ बुधबार
यस वर्षको कक्षा १२ को परीक्षा वैशाख ११ देखि सुरु हुने
फागुन १, २०८१ बिहिबार
विद्यालय शिक्षा ऐन जारी गर्न मागगर्दै नेपाल शिक्षक महासंघले गर्यो आन्दोलन घोषणा
माघ १७, २०८१ बिहिबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
नेपालमा पहिलो पटक विद्यालयस्तरीय ह्याकाथुन प्रतियोगिता सम्पन्न
फागुन ८, २०८१ बिहिबार
जुम्लामा १२ वडा बालविवाह मुक्त घोषणा
फागुन ८, २०८१ बिहिबार
युएसआईडीको पैसा धर्म प्रचारमा प्रयोग गरेका छैनौं : मह जोडी
फागुन ८, २०८१ बिहिबार
दिल्लीमा चौथो महिला मुख्यमन्त्रीको शपथ लिँदै रेखा गुप्ता
फागुन ८, २०८१ बिहिबार
ट्राफिक सचेतनाका लागि महोत्तरीमा एक हजार साइकलको सडक यात्रा
फागुन ८, २०८१ बिहिबार
आज तोलामा ५ सय बढेर १ लाख ७१ हजार पुग्यो सुन
फागुन ८, २०८१ बिहिबार