सडकमा कोरोना बिर्साउने गरी ट्राफिक जाम: नागरिकको चहलपहल उस्तै !
नेपालबहस संवाददाता
असार १, २०७८ मंगलबार १८:३७:११
१ असार, काठमाडाैं । कोभिड–१९ संक्रमण घट्न थालेपछि काठमाडौं उपत्यकामा आजदेखि लागू निषेधाज्ञालाई केही खुकुलो बनाइएको छ। लुज खालकाे निषाेधाज्ञाका कारण सडकमा कोरोना बिर्साउने गरी ट्राफिक जाम बढेकाे छ भने यतिबेला सडकमा नागरिकको चहलपहल उस्तै छ ।
तीन वटै जिल्लामा एकैसाथ लागू भएको निषेधाज्ञा असार ७ गते राति १२ बजेसम्मका कायम रहनेछ । काठमाडौं उपत्यकाकाको तीन जिल्ला ‘काठमाडौं, ललितपुर र भक्तपुर’ का प्रजिअसहित जेठ ३० मा बसेको संयुक्त बैठकले निषेधको आदेशलाई खुकुलो बनाउँदै असार १ देखि सात गतेसम्म थप्ने निर्णय गरेको थियो ।
निषेधाज्ञा खकुलो भएकोले उपत्यकाका सडकमा भिडभाड र सवारीसाधनको चाप बढेको छ । यता ट्राफिक प्रहरीले निषेधाज्ञा लुज भएपछि सवारी चाप बढेको बताएको छ । काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा अघिल्लो पटकभन्दा केही खुकुलो बनाइएको छ । यसकै मौका छोपी काठमाडौं उपत्यकाका सडकमा नागरिकले चहलपहल बढी देखिएको ट्राफिक प्रहरीले जनाएकाे छ ।
आजदेखि होटल, रेष्टुराँहरुलाई टेकअवे सेवा सन्चालन गर्न अनुमति दिइएको छ भने तरकारी तथा खाद्यान्न पसल खुल्ने समय पनि बिहान ११ बजेसम्मका लागि बढाइएको छ । औषधि, तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्याँस पसल, किराना पसल, डिपार्टमेन्टल (ग्रोसरी) खोल्न पाइने भएपछि नागरिकको चहलपहल पनि बढेको हो ।
आजैदेखि सरकारले नयाँ शैक्षिक सत्रको भर्नासमेत खुला गरेकोले पनि नागरिक चहलपहलसहित सवारी साधनको चाप बढेको छ । उपत्यका मुख्य सडक र चोकमा कोरोना बिर्साउने गरी ट्राफिक जामसमेत भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
राष्ट्र बैंकको दावीः औसत मूल्यवृद्धि ४.८२ प्रतिशत, तलब र ज्याला ३.३६ प्रतिशतले बढ्यो
मंसिर ४, २०८१ मंगलबार
एक महिनाभित्रै औषधिको मूल्य समायोजन गर्छौँः मन्त्री पौडेल
मंसिर ४, २०८१ मंगलबार
तीन महिनाको रेमिट्यान्स ४ खर्ब ७ अर्ब, असोजमा मात्रै आयो १ खर्ब ४४ अर्ब
मंसिर ४, २०८१ मंगलबार
पर्यटकीय गन्तव्य बन्दै दाङको धारापानी
मंसिर ४, २०८१ मंगलबार
दुर्गा प्रसाईंलाई साइबर क्राइम, कागजात किर्ते र मानहानी कसुरमा मुद्दा चलाइने
मंसिर ४, २०८१ मंगलबार