राम्रो उत्पादन भएपछि चैते धानतर्फ किसान आकर्षित
नेपालबहस संवाददाता
असार १, २०७८ मंगलबार १९:२१:१२
१ असार,बाँके । बाँकेका बैजानाथ गाउँपालिका—८ झिंगौराका किसान अजितकुमार सुनार यस वर्षको परीक्षणमा पहिला पटक चैते धान फलाउन सफल भएका छन् । बर्खे धानभन्दा उत्पादनमा दोब्बर वृद्धि भएको अन्य किसानहरूबाट सुनेपछि सुनारले पनि चैते धान लगाएका हुन् ।
उत्पादन राम्रो भएपछि अर्को वर्षदेखि थप जमीनमा पनि चैते धान रोप्ने उनले सोच बनाएका छन् । कृषि ज्ञान केन्द्र बाँकेले किसान उनलाई प्रोत्साहन गर्न यो वर्ष चैते १ जातको धान बिउ उपलब्ध गराएको थियो । पश्चिम तराईको बाँके र बर्दिया जिल्लालाई अन्नको भण्डार भनेर चिनिदै आएको छ । बर्दियाका किसानले एक दशकदेखि नै चैते धान लगाउँदै आएका छन् । यस वर्ष बाँकेका किसानले पनि चैते धान फलाउन सफल भएका छन् ।
सिक्टा सिँचाइ आयोजनाअन्तर्गत नहरमा पानी आउन थालेपछि चैते धान लगाउन किसान उत्साही भएका हुन् । नहरमा बाहै्र महिना पानी आउन थालेपछि किसानलाई कृषि ज्ञान केन्द्र बाँकेले मल र धानको बिउ उपलब्ध गराएको थियो । यस्तै कोहलपुर नगरपालिका १५ चौधरिया गाउँका किसान ज्ञानबहादुर नेपालले पनि ११ कट्ठा जमीनमा चैते लगाएका छन् । किसान नेपालले असार पहिलो हप्तासम्म चैते धान थन्क्याएर बर्खे धान लगाउने तयारी गरेको बताए । परीक्षणका रूपमा उनले हल्दीनाथ ३ र चैते धान ५ नामक धानको बिउ रोपेका छन् ।
लामो समयदेखि कृषि पेसामा आबद्ध नेपालले सिक्टा सिँचाइको नहर घर नजिकै पुगेपछि चैते धानको खेती लगाएका हुन् । एक वर्षमै शुरुमा बर्खे धान, त्यसपछि हिउँद्मा मसुरो र चैतमा चैते धान खेती गरेको नेपालले बताए । सिँचाइ सुविधा पुगेपछि अन्य खेतीपाती पनि राम्रो हुन थालेको उनको भनाइ छ ।
धान लगाउनका लागि ज्ञान केन्द्रले किसानलाई निःशुल्क परामर्श र मल, बिउसमेत उपलब्ध गराएको केन्द्रका अधिकृत दिनेश भट्टराईले बताए । अर्को वर्ष थप किसानलाई चैते धान रोपाइँको कार्यक्रम ल्याउने उनले जानकारी दिए । बाँकेमा चैते धान फल्ने खेतमा गहुँ, मकै र तरकारीको खेती गर्ने चलन छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
मंसिर ७, २०८१ शुक्रबार
माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित
मंसिर ६, २०८१ बिहिबार
तनहुँमा बीस रोपनी जमिनमा रायो सागखेती
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार