पर्सामा लगातारको झरीले धानको बिउमा क्षति
नेपालबहस संवाददाता
असार १, २०७८ मंगलबार २१:२३:३२
१ असार,वीरगञ्ज । केही दिनयता मनसुन सक्रिय भएपछि लगातारको झरीले गर्दा पर्सा जिल्लाका किसानहरुले ब्याडमा लगाएको धानको बिउमा क्षति पुगेको छ । किसानहरुले धान खेती गर्नको लागि ब्याडमा बिउ राखेको भएपनि लगातारको झरीको कारण बिउ उम्रिन समस्या भएको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ ।
पर्साका ८० प्रतिशत किसानले धानको बीउ राखिसकेका छन् । लगातारको झरीको कारण २० प्रतिशत बिउ नष्ट भएको कार्यालयका निमित प्रमुख मुनिलाल प्रसादले बताए । भर्खरै बिउ राखिएका कारण टुसा नलागेकाले क्षति हुन गएको बताइएको छ । पर्सामा चैते धान तीन हजार ५०० हेक्टर, भदैया धान आठ हजार ५५० हेक्टर र अगहनी धान ३५ हजार हेक्टर गरी ४७ हजार ५० हेक्टरमा धान खेती हुँदै आएको छ ।
यसैगरी मनसुनको कारण लगातारको झरीबाट पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा तरकारी बाली पनि नष्ट भएको छ । वर्षाको कारण ग्रामीण क्षेत्रका बाटोघाटोहरु हिलाम्य भएकाले आवतजावतमा समस्या भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार
व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी
मंसिर ११, २०८१ मंगलबार
दाङमा तोरीको उत्पादन बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
पुस ११ देखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य
मंसिर ११, २०८१ मंगलबार