सडक विस्तारले घरबास विहीन भएकी सखिया
नेपालबहस संवाददाता
असार १, २०७८ मंगलबार २३:१४:१९
१ असार,जलेश्वर । महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–४ चकवा गाउँ बस्ने ७५ वर्षीया एकल महिला सखिया देवी हार गुहार गरे पनि उनको बिलौना कसैले सुनेन ।
करिब २० वर्षअघि पति गुमाएकी र सन्तानको कोही नभएकी सखिया विपन्न हुन् । गाउँघरमा सानो तिनो मजदुरी गरेर खाने सखियाले अहिले आफ्नो थातथल्लो समेत गुमाउनुपर्दा दिनरात रुने कराउने मात्र गरेकी छिन् । खर र माटोले बनाएको सखियाको दुईकोठे घर एक झट्कामै भत्काइएपछि उनी विगत १२/१५ दिनदेखि उनी घरबास विहीन भएकी हुन् ।
सोही ठाउँ बस्ने रामकृपाल यादव छोरा, बुहारीसहित चार जनालाई नै कोरोना संक्रमण भयो र घरमै आइसोलेशनमा बसिरहेका थिए । उनको पनि चार कोठे कच्ची घरलाई डोजरले तानेर बाटोमा ल्याइदियो । अहिले सो परिवारका बिरामी तथा सबैको विचल्ली भएको छ ।
बिरामीले थलिएका ९२ वर्षीय बुवालाई झुप्रोमा सुताएका उनले बुवालाई पनि त्यहाँबाट निकाले । रामकृपालले देशमा निषेधाज्ञाको अवस्थाका कारण घरमा खानपानको समस्या रहेको र त्यसमाथि पनि परिवारका चार जना कोरोना संक्रमित भएको अवस्थामा आएर आफ्नो घर भत्काइदिएको भन्दै बिलौना गरे ।
त्यस्तै अवस्था स्थानीय जितेन्द्र झाको पनि छ । उनले आफ्नो निजी र नम्बरी जग्गाभित्र निर्माण गरेको घर र घरसँगै निर्माण गरेको पक्की शौचालय एक्कासी आएको डोजरले भत्काइदिएर बाटोमा झारिदिँदा उनी सपरिवार समस्यामा परेका छन् ।
पिता पुर्खाको पालादेखि नै जोतभोग गर्दै आएको सडकभन्दा निक्कैभित्र रहेको आफ्नो नम्बरी जग्गामा बनाएको घर र शौचालयमा डोजर लगाएर भत्काइएपछि घरका सबै सदस्यलाई शौचालयको समस्या सिर्जना भएको जितेन्द्रले बताएका छन् । त्यस्तै आफ्नो निजी जग्गामा फर्निचर उद्योग सञ्चालन गरेका स्थानीय कमलेश ठाकुरको उद्योगको एक चौथाई भाग पनि डोजरले सडकमा मिलाएको छ । उनले आफूले अमिन बोलाएर नाप जाँच गराइदिँदा पनि नमानेको र साबिकको सडकमा पर्याप्त ठाउँ हुँदाहुँदै पनि आफ्नो व्यक्तिगत जग्गामा जबर्जस्ती ठेलेर सडक निर्माण गरेको सुनाए ।
उनले साविक सडकको बीचबाट दुवैतिर समानरुपमा सडक निर्माण गर्न अनुरोध गरेको तर त्यो नसुनेर आफू गाउँमा अल्पसङ्ख्यक भएकै कारण हेपिएको र सडक बनाउन पर्याप्तरुपमा सार्वजनिक जग्गा हुँदाहुँदै पनि केही व्यक्तिको स्वार्थ र रिसइबीका कारण आफ्नो व्यक्तिगत जग्गा हडपिएको दुखेसो गरे ।
स्थानीय हरिओम यादवको पीडा पनि यस्तै छ । उनले साबिक सडकको दुवैपट्टि अझैपनि पर्याप्त जग्गा हुँदाहुँदै पनि व्यक्तिको जबरजस्तीले गर्दा आफूजस्ता दर्जनौ अल्पसङ्ख्यक र निमुखा जनताले दुःख पाएको बताउछन् । आफ्नो व्यक्तिगत सम्पत्तिमा पाँचदेखि १० फिटसम्म बाटो विस्तार गरी क्षति पु¥याउँदा पनि बोल्न नपाएको र बोलेमा गाली बेइज्जति र कुटपिट सहनुपरको उनको दुखेसो रहेको छ ।
महोत्तरीको चकवा गाउँका स्थानीयको पीडा हो यो । चकवा गाउँदेखि छिमेकी गाउँ थरुवाहीसम्मको सडक ढलानका लागि यसरी उनीहरुका बासस्थान भत्काइएको छ । सो सडक विस्तार गर्दै पक्की ढलान गर्ने कार्यक्रम रहेकोले सडक छेउमा रहेका घर टहरा भत्काइएको छ ।
कोरोना महामारीका बेला जिल्लामा गत वैशाख २२ गतेदेखि नै जिल्लाभरि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ र यही समय पारेर सकड विस्तार गर्ने नाउँमा जथाभावी कयौँ व्यक्तिलाई घरबारविहीन बनाइएको स्थानीयको गुनासो छ ।
उनीहरुले चकवादेखि थरुवाहीसम्मको ५०० मिटर बाटोमा ढलान गर्ने कार्यका लागि जिल्लाको निर्वाचन क्षेत्र नं ३ ‘ख’बाट निर्वाचित प्रदेश सभासदस्य रानी कुमारी तिवारीको रु २५ लाख बजेट सहयोगमा यो सडक निर्माणको काम थालिएको हो ।
स्थानीय नागेन्द्र यादवको अध्यक्षतामा उपभोक्ता समिति बनाएर गाउँमा सडक विस्तार र ढलान गर्नेकार्य भइरहेको छ । सडक विस्तार र निर्माणका लागि सार्वजनिक भेला गर्नुपर्ने, सबैको सहमति र सहकार्यमा योजना बनाएर सकभर कसैको व्यक्तिगत सम्पति नष्ट नहुने हिसाबमा जानुपर्नेमा यहाँ त्यसो नगरिएको पीडितको गुनासो छ ।
निर्माणाधीन चकवा थरुवाही सडक १८ फिट कायम गरिएको र गाउँमा सो सडक आऊजाऊ गर्न पर्याप्त रहेको अवस्थामा जबरजस्ती सो सडक विस्तारको काम थालिएको स्थानीय रामकृपाल यादवको गुनासो छ ।
पीडितले सकड विस्तार नै गर्ने भए साबिकको सडकको बीचबाट दुवैतिर समानरुपमा लिएर जाऊ भन्दा उपभोक्ता समितिले नसुनेको र एकतर्फी पूर्वपट्टिबाट मात्रै लिएर सडक निर्माण गरेको स्थानीय रामबाबु ठाकुरले बताए ।
उपभोक्ता समितिले एकतर्फी ९पूर्वपट्टी मात्रै० सडक विस्तार गरेर दर्जनौँ व्यक्तिलाई घरवारविहीन बनाएको छ भने अर्कोतिर एक वर्गलाई सार्वजनिक जग्गा निजी बनाइदिएको स्थानीय कमलेश ठाकुरको आरोप छ ।
उता स्थानीय उपभोक्ता समितिका सचिव गणेश रायले आफू नक्साको आधारमा सडक निर्माण गर्न लागेको बताए । उनले आफूहरु समाजकै मागअनुसार यस सडकलाई १८ फिटबाट २५ फिट विस्तार गरेर बनाएको र कसैको व्यक्तिगत जग्गा अतिक्रमण नगरेको सबै सार्वजनिक जग्गा नै रहेको दावी गरे ।
एकडारा गाउँपालिकाका अध्यक्ष रामछविला यादवले भने आफूले १७ फिटमा मात्रै ढलान गर्न र कसैको पनि व्यक्तिगत सम्पत्तिमा क्षति नपु¥याउन भनेको बताए । प्रदेशसभा सदस्य रानी कुमारी तिवारीले भने आफूले जनताको मागअनुसार बजेट ल्याएर दिएको र राम्रो गुणस्तरीय सडक निर्माण गर्न भनेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
सन् २०२३ मा ८५ हजार महिला तथा बालिकाको हत्या : राष्ट्रसंघ
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
सर्वोच्चको बोर्डमा कालो छ्यापेपछि बिनु यादव पक्राउ
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार