मेलम्चीमा बाढी र पहिरोकाे वितण्डा: ५० जनाभन्दा बढी बेपत्ता !
नेपालबहस संवाददाता
असार २, २०७८ बुधबार १३:२४:१५
२ असार,काठमाडौं । मेलम्ची नगरपालिका हेलम्बु–१ स्थित नाकोटे मंगलबार राति पहिरो गएको छ । पहिरोले मेलम्चीको खोला थुनिएपछि स्थानीयवासीहरु भागाभाग भएकाे छन् । मेलम्ची र ईन्द्रावती नदीमा आएको भिषण बाढीले ५० औँ जना बेपत्ता भएका छन् ।
मंगलबार साँझ आएको बाढीले हेलम्बुमा रहेको शसस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको क्याम्प बगाएको छ। बाढीले मेलम्ची बजारमा धेरै क्षति पुर्याएको छ। मेलम्ची र ईन्द्रावती नदीमा आएको लेदोसहितको बाढीले घर र पुलमा क्षति पुर्याएको छ।
पहिरोले माथिल्लो भेगमा खोलाहरू थुनिएर आएको लेदोसहितको बाढीले मेलम्ची बजारका घरमा क्षति पुर्याएको छ । मेलम्ची र ईन्द्रावती नदीमा आएको बाढीले घर, पुललगायत संरचनामा क्षति पुर्याएको स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले पनि बताएका छन्।
उनकाअनुसार मेलम्ची खानेपानी ड्याममा केही क्षति पुगेको, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजारका घरहरूमा क्षति पुगेको छ।
यसैगरी नाकोते पुल, तिम्बु पुल, फट्टे पुल, मेलम्ची पुल, बाहुनेपाटी पुल, ढाँडखोला पुलमा क्षति पुगेको मन्त्री तामाङले उल्लेख गरेका छन्।
नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएको छ। उनले पीडितहरूलाई आजै सरकारले राहत उपलब्ध गराउने पनि बताएका छन्।
मेलम्ची र ईन्द्रावतीको बाढीले घरहरूमा क्षति पुर्याएको र मानिसहरूलाई उद्धार गर्नुपर्ने हुन सक्ने भएकोले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक मातहत उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको छ।
मेलम्चीमा बसपार्क र नदी आसपासका क्षेत्रमा रहेका घर, टहरा बगाएको विवरण प्राप्त भएको र त्यसतर्फ टोलीसमेत परिचालन गरिएको छ ।बाढी र माटोको लेदोले मेलम्ची क्षेत्रका पक्की घरका संरचनामा पनि क्षति पुगेका छन्। बाढी र ठाउँठाउँमा झरेका पहिरोले सडकहरूमा पनि क्षति पुर्याएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
दुई वर्षपछि क्यानाडाबाट नेपाल फर्किए, घर नपुगी होटलमै पासो लगाएर आत्महत्या गरे
मंसिर ९, २०८१ आइतबार
छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनः जनसङ्ख्या र विकासका सवाल
मंसिर ९, २०८१ आइतबार
जोर्डनस्थित इजरायली दूतावास नजिकै गोली चल्दा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ९, २०८१ आइतबार
म्याद थप गर्न दुर्गा प्रसाईंलाई अदालत लगियो
मंसिर ९, २०८१ आइतबार
कोप–२९ सम्मेलनः धनी देशले प्रतिवर्ष कम्तीमा ३०० अर्ब अमेरिकी डलर तिर्ने सहमति
मंसिर ९, २०८१ आइतबार