बहुमत देखाउन ठाकुरले थपे कार्यकारिणी समितिमा १७ जना
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_HgwwVYKEck.jpeg
)
नेपालबहस संवाददाता
असार २, २०७८ बुधबार १५:१९:७
![](https://nepalbahas.prixacdn.net/media/albums/Mahanta-Thakur_8K4V2gIecG.jpg)
२ असार काठमाडौं । पार्टीको कार्यकारिणी समितिमा आफ्नो पक्षको बहुमत देखाउन जनता समाजवादी दलका अध्यक्ष महन्थ ठाकुरले आफूनिकट १७ जनालाई मनोनित गरेका छन् ।
पार्टीको कार्यकारिणी समितिमा अल्पमतमा रहेका ठाकुरले आफु निकट ११ र अर्का नेता राजेन्द्र महतो निकट ६ जना गरी १७ जना कार्यकारिणी समितिमा मनोनित गरेका हुन्।
समितिमा ठाकुरको रोजाईमा पर्नेहरुमा डा. विजयसिंह, सुरेन्द्र झा, विमल श्रीवास्तव, राजीव झा, उमाशंकर अरगरैया, इकबाल मिया, परमेश्वर साह, सत्रदीप यादव, सुरेश मण्डललगायत रहेका छन् ।
ठाकुरले यादवनिकट कार्यकारिणी समितिका सदस्यलाई हटाएर त्यसको ठाउँमा आफूनिकट नेतालाई मनोनित गरेका हुन् ।
निर्वाचन आयोगले ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादव दुवैले एकले अर्कोलाई गरेको कारवाहीलाई मान्यता नदिएपछि कार्यकारिणी समितिमा अल्पमतमा रहेको ठाकुर पक्षले राहत महसुस गरेको छ भने उपेन्द्र पक्ष अदालत जाने बताएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार